आइतबार टोकियोमा ‘मोना नाईट’ सांगीतिक कार्यक्रम

आइतबार टोकियोमा ‘मोना नाईट’ सांगीतिक कार्यक्रम

Mona Nightटोकियो । जापानको टोकियोमा आइतबार ‘मोना नाइट’ को आयोजना गरिने भएको छ ।

म्याग्देली प्रवासी नेपाली संघ (मोना) जापानले आगामी आइतबार २६ तारिखका दिन सांगीतिक कार्यक्रम मोना नाईटको आयोजना गर्न लागेको हो ।

नेपालको म्याग्दी जिल्लालाई निःशुल्क वाईफाई जिल्ला बनाउने अभियानमा लागेका आइटी विज्ञ डा.महावीर पुनको अभियानमा सघाउनका लागि कार्यक्रमको अायाेजना गर्न लागिएको हो ।

पुन एसियाको नोबेल पुरस्कारको रुपमा परिचित म्यागसेसे पुरस्कार विजेता नेपाली हुन् । मोना नाईटका लागि चर्चित कलाकारहरुलाई आमन्त्रण गरिएको मोना जापानले जनाएको छ ।

कार्यक्रमका लागि मिना लामा, शान्ति सुनार, चिजा तामाङ र सुमन परियार जापान आउन लागेका हुन् । कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहनेछ ।

मोना जापानले विविध कारणबस कार्यक्रमबारे जानकारी गराउँन ढिला भएको जानकारी दिँदै म्याग्दी जिल्लालाई निःशुल्क वाइफाई जिल्ला बनाई नेपालकै पहिलो र नमुना जिल्ला बनाउने अभियानमा सहयोग गर्न सम्पूर्ण जापानबासी नेपालीहरुमा अनुरोध समेत समेत गरेको छ ।

कार्यक्रम २६ तारिख आइतबार इकेबुकुरोस्थित तोसिमा कुमिन सेन्टरमा अपरान्ह साढे चारबजे देखि सुरु हुनेछ ।
टोकियो रोधी क्लवको बिशेष प्रायोजनमा हुने उक्त कार्यक्रमको टिकट दर भने दुई हजार येन राखिएको छ ।