यदि कुनै गल्तीले तपाइको स्मार्ट फोनको प्याटर्न लक अथवा पिन नम्बर विर्सनु भयो भने तपाइँ के गर्नु हुन्छ ?
यस्तो जो कसैलाई पनि हुन सक्छ । जब कोही धेरै लामो समयसम्ममा कसैले तपाइको पासवर्ड बदल्न सक्छ ।
अहिलेसम्म फिंगरप्रिन्ट पासवर्ड अर्थात औंलाको फिंगरको पासवर्ड त्यति लोकप्रिय भएको छैन । फ्रि एप हुने भएकाले पनि स्मार्ट फोनमा आफ्नो डेटा सुरक्षित राख्नका लागि पनि यो तरिका ठीक छैन ।
तपाइँ पासवर्ड, पिन कोड अथवा प्याटर्न विर्सनु भयो भने तपाईको साथमा स्मार्ट फोनको कम्पनीमा गइ रिसेट गर्ने एक विकल्प हुन्छ ।
तपाईँलाई मोबाइलमा भएको डेटा भन्दा पनि आफ्नो मोबाइलको चिन्ता हुन्छ भने कम्पनीमा रिसेट गर्दा कुनै फरक पर्दैन । कम्पनीले पनि तुरुन्तै काम गर्दिन्छ । तर तपाईको स्मार्टफोनमा स्टोर गरिएका सामग्रीहरु डिलेट हुन सक्छ । तर चिन्ता नलिनुस् कि यो समस्याको पनि समाधान गर्ने अरु पनि तरिका हुन सक्छ ।
पासवर्ड विर्सिएको अवस्थामा एन्डेइड डिभाइस म्यानेजर तपाइँलाई काम लाग्छ । स्मार्ट फोनमा तपाईँले आफ्नो गुगल अकाउन्ट लग इन गर्नु भएको छ भने त्यसको मद्दतबाट आफ्नो एन्डेइड डिभाइसको ब्यवस्था गर्न सकिन्छ । स्क्रिनमा देखिने लक बटनको क्लिक गर्नुस, त्यसपछि तपाईँको नयाँ पासवर्डको विकल्प देखाउँछ । उक्त विकल्प तपाइ टाइप गुर्न भयो भने पाँच मिनेटमा तपाइँको काम हुन्छ ।
यस्तै तपाइ आफ्नो प्याटर्न लकको ब्यवस्था गर्नु हुन्छ भने एन्डेइड डिभाइसमा फरगेड प्याटर्नको एक विकल्प हुन्छ । पाँच पटकसम्म तपाईले गलत प्याटर्न खोल्ने प्रयास गर्नु भयो भने टइ अगेन ३० मिनेट लेखेको देखाउँछ । त्यो बेला त्यसको तल फरगेट प्याटर्न लेखेएको पनि देखाउँछ । त्यसलाई क्लिक गर्नुहोस् अनि तपाइँको आफ्नो गुगल अकाउन्टको डिटेल इन्टर गर्नुपर्छ । तपाइको प्याटर्न लकको बारेमा गुगलबाट तपाइको कुनै पनि इमेल आउँदैन । सेफ मोडमा स्मार्ट फोनको बुट गरेर पनि तपाइको लक भएको स्क्रिन खोल्न सक्ुनु हुन्छ ।