इराक र मलेसियाको रोजगारी छाडेर स्वदेशमै व्यवसाय सञ्चालन

काठमाडौं । बेरोजगारीको कारण देखाउदै नेपाल छाड्ने युवाहरुको जमात अपत्यारिलो रुपले बढिरहेको छ ।

राजनीतिक, आर्थिक, र सामाजिक कारण देखाउँदै नौ जवान युवाहरु विदेशिएकाको ठूलो भिड यतिवेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ ।

नेपालमा केहि गर्न सकिदैन भन्ने आत्मविश्वास घटेकै कारण तन्नेरी युवा युवतीको विदेश पहिलो रोजाई बन्दै गएको छ । तर विदेश भन्दा स्वदेशमै दुःख गरे राम्रो आमदानी गर्न सकिन्छ भन्नेहरुको जमात पनि कम छैन् ।

यसकै पछिल्लो उदाहरण हो, पाल्पाका डिल्लीराज पोखरेल र हिमलाल पोखरेल । यी दुई दाजुभाईले नेपालमै राम्रो मेहनत गरेका छन् । ३३ वर्षीय दाजु डिल्लीराज पोखरेल र ३० वर्षीय भाई हिमलाल पोखरेल पनि नेपालमा रोजगारीको वातावरण नपाएपछि सन २००८ मा दाजु डिल्लीराज ईराक र भाई हिमलाल मलेसिया रोजगारीको खोजिमा उडे ।

दाईले इराकमा ३० महिना काम गरे भाईले मलेसियामा ४ बर्ष काम गरे तर सोचेको जस्तो कमाई गर्न सकेनन् । नेपालमा रोजगारी नपाएर बिदेशिएका दाजुभाईका लागि विदेश अभिसाप बन्न पुग्यो । दुःख गरे अनुसारको पारिश्रमिक नहुँदा दुवै दाजुभाई आफ्नै देशमा केहि व्यवसाय गर्ने सोच र जाँगर लिएर २०११ मा नेपाल फर्के ।

नेपाल फर्केका उनीहरुले तीन वर्ष देखि काठमाडौंमा व्यवसाय गर्दै आएका छन् । काठमाडौंको मैतिदेवी मन्दिर कर्नरमा सानो चिया पसल सुरुगरेका जोडी डि दाजुभाईले राम्रै आमदानी गर्ने गरेको बताए ।Temple Cafe

दाजु डिल्लीराज पोखरेलले सानो व्यवसाय भएपनि राम्रै आम्दानी हुने गरेको सुनाए । उनले भने, ‘स्वदेशमा रोजगारी नदेखेर बिदेशिन पुग्यौ आखिर नेपालमै रोजगारी गर्नु प¥यो ।

यसबाट हामी पुर्ण सन्तुष्ट छौं । हिजोबाट मात्रै कोरिया भाषा परिक्षा चलेको छ हजारौं युवा युवति विदेश जाने निर्णय लिएर परीक्षामा सहभागी बनेका छन्,’ उनले थपे, ‘विदेशमा भन्दा स्वदेशमै केहि गरे राम्रो आमदानी गर्न सकिन्छ ।’

१८ हजार भाडा तिरेर चिया पसल सञ्चालन गरेका पोखरेल दाजुभाईले ८ जनाको परिवार त्यहि चिया पसलबाट पालिरहेको बताए ।

नाकाबन्दीको समयमा समेत संयमित बनेर पुरानै दर भाउमा व्यवसाय चलाएका दाजुभाई नेपालमा भएको कालोबजारीको खुलेरै विरोध गर्छन । सरकारले कालोबजारीलाई प्रोत्साहन गर्दा आफूहरु जस्ता ईमान्दार व्यवसायी समेत बदनामी बन्नु परेको गुनासो उनीहरुको छ ।

ग्याँस र मट्टितेलको अभावका समयमा पनि दुई दाजुभाईले चिया चना लगायत कुनैपनि बस्तुको भाउ बढाएनन् । दैनिक ४०० कप चियाँ बिक्ने गरेको दाजु डिल्लीराज पोखरेलले सुनाए ।

उनी केहि गर्छु भन्ने भावना युवा वर्गमा भए पैसा कमाउन विदेश जानुनपर्ने बताउँछन् । बिदेशमा रहदा मासिक ५० हजार कमाउने उनीहरुले हाल मासिक २ लाख रुपैयाँ कमाउने गरेका छन् । यसलाई उनीहरुले सेवा संगसंगै आफूहरुको सफलता भएको पनि बताएका छन् ।