काठमाडौं । प्रायजसो ईन्टरनेटको सुविधा भएका सबै एन्द्रोइड फोनहरुमा भाईरसको समस्या हुने गर्छ । भाइरसका कारण कतिपय अवस्थामा मोबाइलका महत्वपूर्ण डाटाहरु नै डिलिट हुने समस्याले तपाई पनि हैरानीमा पर्नु भएको होला ।
मोवाइलबाट भाईरस हटाउने विभिन्न उपायहरु छन् । ती मध्ये फ्याक्ट्री रिसेट गर्न सकिन्छ ताकी मोवाईलमा रहेको भाइरस लामो समयसम्म हटाउन सकियोस । तर यसले अन्य डाटा तथा फाईलहरुलाइ डिलिट गर्ने समस्या सिर्जना गर्न सक्छ ।
त्यस्तै अन्य तरिकाहरु पनि छन् जसले मोवाईलको भाइरस हटाउन सक्दछ । सबैभन्दा पहिले आफ्नो मोवाईल फोनमा गुगल प्लेस्टोर भन्दा अन्य डाउनलोड गरिएका ऐपहरु पत्ता लगाउने, त्यस पश्चात भाइरस इन्सटल गरी स्क्यान गर्ने मोवाइलको सेफ मोड क्लिक गरी मोवाइलमा रहेका फाइलहरु आवश्यक अनुरुप छानेर डिलिट गर्नु पर्दछ ।
मोवाइल सेफ मोडमा रहँदा मोबाइल सुरक्षित रहने गर्दछ । एन्ड्रोइड ४.० वा त्यस पछिका अपरेटिभ सिस्टममा सजिलैसँग स्मार्ट फोनलाई सेफ मोडमा लैजान सकिन्छ । उक्त सिस्टमका मोवाईललाई अफ गरि केहि समय अफ बटन दबाई राख्नुहोस ।
जब आफ्नो मोवाईलको लोगो देखापर्छ भोल्युमदेखि तल र माथि बटन दबाइराखौँ जबसम्म टेक डिभाइसको रिबुटिङ पूरा हुँदैन । त्यति बेलासम्म मोवाइल सेफ मोडमा रहन्छ ।
मोवाइलको अनअफ बटनलाई मोवाइलमा पप अप नआएसम्म दबाइराख्ने त्यसपछि मोवाईलको ओके बटन दबाउने जसले मोवाइललाई सेफ मोडमा बुट गराउदछ ।
त्यस पछि मोवाइलमा डाउनलोड गरिएका अनावश्यक फाइलहरुलाई हटाउनु पर्दछ । यसरी मोवाइलमा रहेको भाईरस हटाउन सकिन्छ ।