यही फागुन १६ गते शनिबार तदनुसार २८ फेब्रुअरी २०२६ का दिन बिहान इजरायलका प्रधानमन्त्री जो-बाइडेन बेन्जामिन नेतन्याहुको नेतृत्वमा अमेरिका र इजरायलले संयुक्तरूपमा इरानमाथि हवाई आक्रमण गरेका छन् । उनीहरूले “अपरेसन लायन्स रोअर” वा “अपरेसन इपिक फ्युरी” नामक सैन्य अभियान अन्तर्गत इरानमाथि भारी हवाई र मिसाइल आक्रमण गरेका हुन् ।
इरानका सैन्य परमाणु तथा मिसाइल क्षमताहरूलाई नष्ट गर्नु र इरानी उच्चस्तरीय नेतृत्वलाई भौतिकरूपमा नै समाप्त गरेर दीर्घकालीन रणनीतिक लाभ उठाउनु इजरायल र अमेरिकी साम्राज्यवादको उद्धेश्य हो ।
यस आक्रमणले तेहरान , स्पहान, कोम लगायतका विभिन्न सहरहरूका कैयौं किल्लाहरूमा धक्का पुर्याएको भनी प्रतिवेदनहरु बाहिर आएका छन् ।
१. यस राजनीतिक र सामरिक आक्रमणबाट भएको परिणामले नेतृत्व र सत्ता संरचनामा भयंकर गहिरो प्रभाव पारेको छ र इरानी शासन कक्षमा पनि प्रत्यक्षरूपमा ठूलो असर पुर्याएको छ। किनभने अहिले साम्राज्यवादीहरुको यो आक्रमणबाट इरानी शासनमा प्रभावित गर्न सबैभन्दा बढी मानवीय क्षति पुर्याएको छ ,जहाँ सन् १९८९ देखि सत्ता संहालेका ईरानका सर्वोच्च नेता आयतुल्ला अलि खामेनेइ र रक्षामन्त्री आजिज नासिर्जादेह ,सैन्य कार्यालय प्रमुख मोहम्मद शिराजी,सैन्य मुख्यालयको खुफिया प्रमुख सालेह असादी, इरानी रिभोलुसनरी गार्डका ब्रिगेडियर जनरल बहरान हुसेनी मोतलग लगायत कैयौँ उच्चस्तरीय नेताहरूको मृत्यु भएको छ ।आतंककारीको त्योभन्दा अझ बढी निन्दनीय र अमानवीय क्रूर ब्यवहार त के भने एउटा प्राथमिक विद्यालयमा गरेको प्रत्यक्षआक्रमणबाट १६५ जना कलिला बालबालिकाहरुको बीभत्स हत्या भएको छ । यस्तो उच्च नेतृत्व सहित विद्यालयमा अध्ययन गरिरहेका अन्जान बालबालिका समेतको क्षतिबाट भएको देशभित्रको राजनीतिक शून्यताले , सुरक्षा निकायहरूबीचको प्रतिस्पर्धा र शक्तिको पुनः वितरणको लागि झन् ठूलो संघर्ष उत्पन्न भएको बेला खामेन्याईको उत्तराधिकारी उनको माइलो छोरा मोज्क्ताब खामेइनी इरानको सर्वोच्च नेताको रूपमा बहाली भएको बताइएको छ ।
इरानको प्रतिशोध र सङ्कट विस्तारबारे कुरा गर्दा इरानले प्रतिउत्तरमा मिसाइल तथा ड्रोन हमलाहरू चलाइरहेको छ, जसले इजरायली तथा अमेरिकी साझेदार तथा मध्यपूर्वका देशहरूमा थप तनाव उत्पन्न गराएको छ। नवनियुक्त सर्बोच्च नेता मोज्क्ताब खामेनेइले आफ्नो पिताको खुनको बदला लिने दृढ प्रतिज्ञा ब्यक्त गरेका छन् ।
इजरायल र अमेरिकाको इरानसितको लडाईमा भएको अहिलेसम्मको स्थिति बताउनुपर्दा इरानका ४००० सैन्य लक्ष्यहरू (एयर डिफेन्स, मिसाइल बेस, सैन्य मुख्यालय)मा बमबारी गरेका छन् । प्राप्त भएका केही रिपोर्ट अनुसार २००० भन्दा बढी अमेरिकी, १५०० भन्दा बढी इजरायलीहरुको मृत्यु भएको छ। । तेहरान लगायत धेरै सहरमा भीषण बमवारी भएको छ।
अहिलेसम्मको मानवीय क्षतिमा इरानको आफ्नो प्रतिवेदन अनुसार करिब १३०० भन्दा बढी मानिस मारिएका छन् र सयौं घाइते भएका छन्। यद्यपि इजरायलले ३६०० मारिएको बताएको छ । इरानको प्रतिकारमा करिब १५ जना मारिएका छन् र सयौं घाइते भएको कुरा आक्रमणकारीहरुको तर्फबाट आएको प्रतिवेदनमा जनाइएको छ । संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ।
इरानले गरेको प्रतिकारको प्रतिवेदनमा इजरायलतर्फ दर्जनौं मिसाइल र ड्रोन आक्रमण भएका छन्। अमेरिकी सैन्यअखाडा भएका देशहरू युएई , कुवेत, साउदी, कतार, अबुदाबी आदि लगायतका देशहरूमा ड्रोन हमला भएको छ। मध्यपूर्वका विभिन्न स्थानहरूमा इरान समर्थित समूहले हमला बढाएका छन् ।
यो लडाईँको कारणले गर्दा पुरै मध्यपूर्वमा युद्ध फैलिने जोखिम बढेर गएको छ। हिजबुल्लाह, लेबनान ,इरान समर्थित मिलिसिया र इराक सक्रिय रहेका छन् । खाडी देशहरूमा सुरक्षा सङ्कट छ। हर्मुज जलडमरु क्षेत्रमा तेल आपूर्ति प्रभावित भएको छ,जहाँबाट २०% तेल आपूर्ति हुन्छ । विश्वव्यापी तेल मूल्य र व्यापारमा असर परेको छ ।
इजरायलको आन्तरिक अवस्थाबारे कुरा गर्दा देशभर आपदकाल घोषणा भएको छ। सबै विद्यालयहरु बन्द भएका छन् । सार्वजनिक जमघटमा रोक लगाइएको छ । सेनाको रिजर्भ फौज परिचालन गरिएको छ। इरानले प्रतिक्रिया जारी राखेको छ । युद्ध क्षेत्रीय युद्धमा परिणत हुने जोखिम बढेर गएको छ।
२. क्षेत्रीय अस्थिरता र भूराजनीतिक परिणामको कारण यो आक्रमणको प्रभावबाट मध्यपूर्वमा भीषण द्वन्दको बिस्तार हुनपुगेको हो।
इरानको प्रतिक्रिया र साझेदार देशहरूको समर्थनले क्षेत्रीय द्वन्दलाई अझ गहिरोरूपमा बिकास गर्दै जाने देखिएको छ।
इस्लामिक रिभलुसनरी गार्ड क्रप्स र इजरायली सेनाबीचको सिधा भिडन्तले सिरिया, लेबनान, इराक, यमनमा संक्रमणको जोखिम झन्झन् बढ्दै गएको छ। जसले तत्काल युद्धबाट नियन्त्रित प्रोक्सी द्वन्दहरूसम्म द्वन्द फैलाउने सम्भावना पनि बढ्दै गएको छ।
३.अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू
युनाइटेड नेशन्स र अन्य धेरै देशहरुले अत्यधिक हिंसात्मक स्वरूपमा मानव अधिकारको उल्लंघन गर्ने इजरायल र अमेरिकालाई गम्भीर चेतावनी दिंदै आएका छन् ।
सोभियत रूसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै सार्वभौमिक राष्ट्रमाथि आक्रमण गरेको भन्दै कडा निन्दा सहितको प्रतिक्रिया जनाएको छ । रुसका अधिकारीहरूले मध्यपूर्वलाई ठूलो युद्धतर्फ धकेल्ने खतरनाक कदम रोकेर तत्काल युद्धविराम गरी वार्ता गर्नुपर्ने कुरा बताएका छन्। रूसले इरानलाई कूटनीतिक समर्थन दिने संकेत पनि दिएको छ । रुसी नेतृत्वले यो हमलालाई “अमान्य”, “अप्रत्याशित आक्रमण” भनेको छ र शान्ति पुनर्स्थापनाको प्रयासहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आक्रमणकारीहरुलाई गम्भीर चेतावनी दिएको छ ।
चीनले पनि यो साम्राज्यवादी आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै युद्ध तु. रोकेर कूटनीतिक समाधान खोज्नुपर्ने बताएको छ । विशेषगरी मध्यपूर्वको स्थिति बिग्रने खतरा हुनुका साथै विश्व ऊर्जा आपूर्तिमा हुन जाने असरबारे चीनले चिन्ता व्यक्त गरेको छ।
उत्तर कोरियाले सबैभन्दा कडा प्रतिक्रिया दिएको छ । उसले भनेका मुख्य कुराहरू अमेरिका र इजरायलले आक्रमणकारी नीति लिएका छन् । इरानलाई आफ्नो सुरक्षा बचाउने अधिकार छ। यो घटना अमेरिकाको साम्राज्यवादी हस्तक्षेपको उदाहरण हो भन्दै उत्तर कोरियाले इरान प्रति पूर्ण समर्थन व्यक्त गरेको छ।
यो हमालले आर्थिक तथा वैश्विक प्रभाव पारेको छ । यसको बढी प्रभाव खासगरी तेल बजार र ऊर्जा सुरक्षामा परेको छ ।
४.युद्धको कारणले वैश्विक (ग्लोबल )तेल मूल्यमा भारी वृद्धि आएको छ । विशेषगरी स्ट्रेट अफ हर्मुजको बाटो रोकिएको कारण आर्थिक संकट उत्पन्न भएको हो।
हर्मुज मार्गमा हुन गएको जोखिमले अन्तर्राष्ट्रिय ऊर्जा व्यापार र आपूर्ति श्रृङ्खलामा अभाव सिर्जना गरेको छ र कैयौं अनिश्चितताहरु पैदा गरेको छ। जसले विश्वव्यापी मूल्यहरूलाई अनुचित रुपमा प्रभावित गर्न सक्छ।
यस घटनाबाट प्रभावित हुने आर्थिक वृद्धिदर र जोखिम सम्बन्धमा आर्थिक विश्लेषकहरूले संकेत गर्छन् कि यदि युद्ध दीर्घकालीन रह्यो भने , त्यसले अर्थतन्त्रको विकासमा कच्चा पदार्थ लागतको अभाव , वित्तीय बजारमा मुद्रा अस्थिरता र अनिश्चितता जस्ता असरहरु उत्पन्न हुन पनि सक्छन् ।
५.. दीर्घकालीन रणनीति र मानवीय परिणामहरूको कारणले गर्दा मानवीय संकट र बन्धकको स्थिति सिर्जना भएको छ ।
यो युद्धले ठूलो सङ्ख्यामा नागरिक जनधन, सेवा अवरोध, स्वास्थ्य सुविधामा क्षति जस्ता मानवीय चुनौतीहरू निम्त्याउने सम्भावना बढेको छ ।
युद्ध जारी रहँदा विस्थापितहरु, आपूर्ति सञ्जाल अवरुद्धता र आप्रवास जोखिमहरु पनि अझै बढ्नेछन् ।
दीर्घकालीन अन्तर्राष्ट्रिय सुरक्षा स्थिरताको बारेमा बिचार गर्दा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद र अन्य कुटनीतिक मञ्चमा यसले नयाँ सुरक्षा ढाँचा र नियमहरु स्थापित गर्न दबाब सिर्जना गर्दछ , जसले भविष्यमा अन्तर्राष्ट्रिय नियम, राज्य सार्वभौमिकता र आक्रमणको वैधता को पुनर्मूल्यांकन गर्न वाद्य बनाउँछ।
अहिलेसम्म इरानले प्रतिशोध स्वरूप इजरायलमाथि यति ठूलो हमला गर्यो कि शक्तिशाली मिसाइल प्रहार गरेपछि इजरायलका सहरहरू सुनसान जस्तो देखिएका छन् । प्रत्यक्षदर्शीका अनुसार सडकहरु खाली भएका छन् । धेरै नागरिक र बंकरहरू सुरक्षित आश्रयतर्फ भागेका छन्।
६.उत्तर कोरियाका सर्बोच्च नेता किम जंग अनले मध्यपूर्वमा बढ्दो तनावबीच कडा चेतावनी दिँदै बताएका छन् कि यदि इरानले औपचारिक रुपमा सहयोग मागेमा उत्तर कोरिया इजरायल विरुद्ध शक्तिशाली सैन्य सहयोग गर्न तयार रहनेछ। उनले भनेका छन् “इरानले आग्रह गरेमा आवश्यक परे एकै मिसाइल प्रहारले इजरायललाई गम्भीर क्षति पुर्याउन सक्छौं।”
अमेरिका इजरायलले युद्ध जारी राखेमा इरानले मध्यपूर्वका सबै आर्थिक केन्द्रहरू ध्वस्त पार्ने चेतावनी दिएको छ।
इरानका राष्ट्रपति मसुद पेजेस्किनले आफ्नो देशले विदेशी दबाब र धम्कीसामु कहिले घुँडा नटेक्ने उद्घोष गरेका छन् ।
७.लस एन्जेल्स महानगर सहित संयुक्त राज्य अमेरिकाका ४० सहरहरूमा इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेको विरोधमा व्यापक जनप्रदर्शन भएको छ। कारबाही रोक्न माग गर्दै नारा लगाइएको छ। सहरको अटर्नी पदकी उम्मेदवारले सभामा इरानी जनताले आफ्नो नेता छान्न पाउने अधिकार रहेको बताएकी छिन् ।
यदि युद्ध लम्बिने हो र सङ्घर्ष शान्तिपूर्णतर्फ नजानेहो भने, यसले क्षेत्रीय सुरक्षा प्रतिस्पर्धा (जस्तै तुर्की, साउदी, रूस र चीन )को सन्तुलन पूर्ण रुपमा बदल्न सक्छ।
८. इजरायली र अमेरिकी साम्राज्यवादी आतंकवादका सेनाद्वारा संयुक्तरूपमा ईरानमाथि गरिएको आक्रमण केवल एक सैन्य घटना मात्र होइन, तर यो भूराजनीतिक, आर्थिक र मानवीय प्रणालीहरूलाई लामो समयसम्म प्रभाव पार्ने गहिरो संकटको सुरुवात हो। यसले मध्यपूर्वमा युद्धको “नयाँ चरण” खोलिदिने सम्भावना बढेर गएको छ , जसमा प्रतिशोध, बल र राजनीतिक प्रतिस्पर्धा एक अर्कामा जटिल रुपमा मिश्रित हुँदै छन्। नीतिनिर्माताहरूले अब दीर्घकालीन शान्ति ,कूटनीति र सुरक्षा निर्माणका लागि बहुपक्षीय प्रयासमा सन्तुलन कायम गर्न आवश्यक छ ।अन्यथा यसले वैश्विक (ग्लोबल ) संरचनालाई अनपेक्षित दिशा दिन सक्छ , जसले तेस्रो विश्वयुद्ध निम्त्याउने सम्भावना पनि बढेर गएको छ । यद्यपि अहिलेसम्म युद्ध हवाई आक्रमण मिसाइल आक्रमण , ड्रोन हमला र सामुद्रिक अवरोध मै केन्द्रित छ। पूर्णरूपमा स्थल युद्ध भने सुरु भएको छैन । तर क्षेत्रीय युद्ध फैलिने जोखिम भने धेरै छ ।
अन्त्यमा यसरी एक ध्रुवीय अमेरिकी साम्राज्यवादले विश्व आतंक सिर्जना गरेको छ। विश्व शान्तिको लागि यो साम्राज्यवादको अन्त्य हुन जरुरी छ । अझ विशेष गरेर साम्राज्यवादको वर्तमान नाइके डोनाल्ड ट्रम्पले आफ्नो पतनको बाटो समातेका छन् । उनको पतन त अवश्यम्भावी छ। यही मार्च ३१ मा मध्यावधि निर्वाचन हुँदैछ। ट्रम्पलाई हटाउन अहिलेसम्म दुई मत मात्र कमी भएको छ। निर्वाचनसम्म कमी मत पुरा भयो भने उनको समय समाप्त हुन्छ। यद्यपि ट्रम्पको समय समाप्त भएर मात्र साम्राज्यवादी आतंक बन्द हुँदैन। विश्वमा शान्ति छाउन साम्राज्यवादको अन्त्य र समाजवादको उदय हुनुपर्छ, जुन समाज विकासको प्रकृति विज्ञानको वैज्ञानिक नियम हो। वर्गसंघर्षको निरन्तरताबाट मात्रात्मक परिवर्तन हुँदै गुणात्मक परिवर्तनको फड्को मारेपछि यो समाजको स्थापना संभव छ ।एउटा देशमा मात्र समाजवाद स्थापना भएर पुग्दैन । विश्वाका सबै मुलुकमा समाजवाद स्थापना हुनुपर्छ ।तब मात्र साम्यवादतर्फ संक्रमणको बाटो खुल्दछ । वर्गीय समाजको अन्त्य हुन्छ । संसार वर्गविहीन साम्यवादी समाजमा परिणत हुन्छ । हेर्दा असंभव जस्तो देखिएला । समय एउटै रफ्तारमा अघि बढ्छ , तर पछि कहिल्यै फर्किन्न ।त्यहाँ पुग्ने समय निश्चित छ । धैर्य गरौं । अहिल्यै हाम्रो पिंढीको पालामा नहोला । तर हाम्रा सन्ततिले यो समाज अवस्य ब्यहोर्ने छन् । यो स्वयं सिद्ध तथ्य हो । यसलाई कसैले रोकेर रोकिँदैन ।
मिति:२०८२, फागुन २८ गते




























