स्वास्थ्य वीमा वोर्डले उपचार सहयोग घटाउने

स्वास्थ्य वीमा वोर्डले उपचार सहयोग घटाउने

 

काठमाण्डौ । स्वास्थ्य वीमा वोर्डले विमितहरुको उपचारको रकम घटाएको छ । १ लाखसम्मको स्वास्थ्य उपचार सेवा पाउने विमितहरुलाई २०८२ फागुन १ गतेदेखि लागू हुने गरी २५ हजार बराबरको मात्रै उपचार पाउने स्वास्थ्य वीमा वोर्डले जनाएको छ । वोर्डले पहिला दिँदै आएको ८ प्रकारका घातक रोगहरुको रकमको बारेमा भने यथावत राखेको जानकारी सबै सूचिकृत सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई गराएको छ ।
नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो ।कैलाली जिल्लाबाट शुरु गरिएको थियो । हाल सम्म आउँदा नेपाल भर यो कार्यक्रम लागू भएको छ । स्वास्थ्य वीमा कार्यक्रममा सहभागीहरुको संख्या ६८ लाख सम्म पुगेको अवस्था छ ।
५ जना सम्मको परिवार भएको विमितले प्रतिवर्ष ३ हजार ५ सय रुपैया प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत १ लाख बराबरको औषधी उपचार सरकारले तोकेको अस्पतालमा गर्न पाउने व्यवस्था छ । पाँच जना भन्दा माथि सदस्य भएमा प्रति सदस्य ७ सयको दरले रकम थप गरेर २० हजारदेखि १ लाख सम्मको उपचार सहुलियत प्राप्त गर्ने व्यवस्था रहेको थियो । स्वास्थ वीमा वोर्डले सेवा प्रदायक अस्पतालहरुलाई ११ अर्ब बराबरको रकम भुक्तानी गर्न बाँकी नै रहेको जनाएको छ भने अस्पतालहरुले स्वास्थ्यवीमा कार्यक्रम स्थगन गरिएको भन्दै जानकारी गराउँदै आएका छन् ।