सूचना विभ्रमको बाढी र जनपक्षीय मिडियाको दायित्व

सूचना विभ्रमको बाढी र जनपक्षीय मिडियाको दायित्व

सूचना प्रविधिको क्षेत्रमा एआई प्रविधिको विकासँगै संसारभर सूचना विभ्रम, दुष्प्रचा।रको बाढी आएको छ । सामाजिक सञ्जालदेखि एआई प्रविधिसम्म सबै साम्राज्यवादीहरुको स्वार्थरक्षा निम्ति आविष्कार गरिएका हुन् । र, यी सूचना प्रविधिका औजारहरु मूलतः कम्युनिस्टहरुका विरुद्ध त्यसमा पनि ओरिजिनल कम्युनिस्ट अर्थात् माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्ने कम्युनिस्ट पार्टी र आन्दोलनका विरुद्ध परिलक्षित रहेको छ । साम्राज्यवादी शोषण, उत्पीडनका अनेकन रुपहरुको गहिरो अध्ययन, छलफल, अनुसन्धान तथा विमर्शबाट विमुख गराएर सतही ज्ञानमा अल्मल्याउने र समयको बर्बादी गर्ने अनि मानिसकको दिमागमाथि नै नियन्त्रण कायम गर्नेस्तरबाट यी औचारहरु विकसित तुल्याइएको छ । यसको अर्थ सर्वहारा श्रमजीवी वर्गको मुक्तिको वास्तविक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययनप्रति वितृष्णा पैदा गर्ने, विशुद्ध उपभोक्तावादी सोच चिन्तनको विकास गराउने, दीर्घकालीन हितहरुलाई तिलाञ्जली दिएर क्षणिक लभा हासिल गर्नमा लालायित बनाइदिने, निहित तुच्छ स्वार्थमा लिहिन गराइदिने, सामाजिक चेतना र सामूहिक दायित्वबाट बञ्चित गराइदिएर विशुद्ध व्यक्तिगत स्वार्थको वरिपरि गोलचक्कर मार्ने, आधुनिक बौद्धिक दासहरुको निर्माण गर्ने र समस्याको समाधान अर्कैतिर देखाइदिएर साम्राज्यवादी शोषणको जराहरुलाई अझ फराकिलो पार्ने पत्रे संरचनाहरुको निर्माण गरिदिएको छ ।
फेसबुक, एक्स र युट्युबका एल्गोरिदमहरूले मानिसलाई बढीभन्दा बढी समय अलमल्याउनका लागि विवाद र अतिरञ्जित क्रोध जस्ता कुराहरूलाई बढी प्राथमिकता दिन गर्दछन् ।
संसारभरको कच्चा पदार्थ, श्रम र पुँजीमाथि आफ्नो प्रभुत्व स्थापित गरेपछि बजारलाई पनि प्रबद्र्धन गर्न सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलिरहेको छ । संसारभरका सूचनाहरुको केन्द्रीकरण, वस्तुको उत्पादन र बजारीकरण, आफ्नो शोषण, लुट र उत्पीडनको करुप संसारलाई सबैभन्दा सुन्दर रुपमा प्रस्तुत गरेर संसारभरका अर्बौै शोषित उत्पीडित वर्ग र समुदायलाई दिग्भ्रमित तुल्याएको छ । श्रमजीवी शोषित उत्पीडित वर्गको मुक्तिका निम्ति आवाज उठाउने कम्युनिस्टहरुलाई चाहिँ ‘आतंककारी’को रुपमा प्रस्तुत गर्ने गर्दछ । आज घटनाक्रमले स्पष्ट पारिसकेको छ कि संसारको सबैभन्दा ठूलो आतंकको नाइके अमेरिकी साम्राज्यवाद हो । उसले संसारभर युद्ध आतंक फैलाइरहेको छ । खुल्लमखुल्ला कमजोर, अविकसित, अल्पविकसित देशमाथि हमला गरेर राष्ट्रपतिहरुलाई नै अपहरण गरेर बन्दी बनाइराखेको छ । स्वतन्त्र सार्वभौम राष्ट्रमाथि खुल्लेआम आक्रमणको धम्की दिइरहेको छ । यस्तो विषम परिस्थितिमा संसारभरका उत्पीडित राष्ट्रहरु, राष्ट्रियताहरु एकताबद्ध भएर सारा साम्राज्यावादी मिथ्या सूचनाको भण्डाफोरमा लाग्न जरुरी छ । समाजिक सञ्जाल तथा पब्लिक डोमेनमा आएका सबै सुचनाहरुलाई सही मान्ने स्थिति छैन । तसर्थ, चीन, उत्तरकोरिया, रुसले जस्तै नेपालले पनि मिथ्या सूचनाहरुलाई नियन्त्रण गर्न र सही सूचना आम श्रमजीवी जनतामा प्रवाह गर्न आफ्नै सूचना तथा सञ्चारमाध्यमहरुको प्रणाली विकास गर्न जरुरी छ । जनपक्षीय मिडियाहरु अहिलेको अवस्थामा निकै कमजोर अवस्थामा रहेका छन् । जनपक्षीय मिडियाहरुलाई सबल र प्रभावकारी बनाउन नेपाली श्रमजीवी तथा शोषित उत्पीडित वर्गले विशेष ध्यान दिन जरुरी छ । नेपालको सन्दर्भमा औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुर, किसान, भूमिहीन सुकुम्बासी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुश्लिम तथा उपक्षित क्षेत्रका आम शोषित उत्पीडित वर्ग र समुदायको वास्तविक मुक्तिको पक्षमा आवाज बुलन्द गर्नु नै जनपक्षीय मिडियाको आधारभूत दायित्व हो । सम्भावनाहरुको पहिचान र परिचालनका लागि तीक्ष्णता, चातुर्यता, व्यवस्थापकीय कुशलताको योग्यता निर्माण गर्नुपर्ने देखिएको छ ।