राष्ट्रिय झण्डालाई दुरुपयोग नगर्न क्रान्तिकारी युवा संघ नेपालको आग्रह

राष्ट्रिय झण्डालाई दुरुपयोग नगर्न क्रान्तिकारी युवा संघ नेपालको आग्रह

 

 

काठमाडौं । राष्ट्रिय झण्डालाई दुरुपयोग नगर्न क्रान्तिकारी युवा संघ नेपालले आग्रह गरेको छ । क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय संयोजक दोर्जे शेर्पाले २०८२ माघ १८ गते एक प्रेस वक्तव्य जारी गरी सो आग्रह गरेका हुन् । वक्तव्य यस प्रकार छ –

“सम्पूर्ण नेपाली जनताको राष्ट्रिय पहिचान, आत्म गौरव , गरिमा, साँस्कृतिक महत्वको प्रतिक राष्ट्रिय झण्डालाई अहिले विभिन्न पार्टी, संगठन, आन्दोलन, तथा अभियानमा, चुनाव प्रचार , प्रसार जस्ता कार्यक्रममा चरम दुरुपयोग भएको हुनाले झण्डाको महत्वलाई आत्मसात गर्दै यस्तो गतिविधि तुरुन्त रोक्न सम्बन्धित पक्षलाई जानकारी गराउँदछौं । साथै नेपाल सरकार समक्ष यस प्रकारको गतिविधिलाई तुरुन्त बन्द गर्न तथा कानुन बमोजिम आवश्यक कार्वाही गर्न जोडदार माग गर्दछौं । ”