काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाण्डौ जिल्लाको आयोजनामा निर्वाचन बहिस्कार गर्न अनुरोध गर्दै काठमाण्डौको बाङ्गेमुढामा कोण सभा सम्पन्न भएको छ । कोण सभाको संचालन सुरेश तामाङको रहेको थियो भने कार्यक्रममा सम्बोधन फणिन्द्र कार्कीको रहेको थियो । फणिन्द्र कार्कीले सम्बोधनको क्रममा फागुन २१ गतेको लागि घोषणा गरिएको निर्वाचनलाई जनस्तरबाट बहिस्कार गर्न अनुरोध गर्नु भयो । वहाँले यो निर्वाचनले जनताको समस्याहरु समाधान गर्ने भन्दा पनि राष्ट्रियता कमजोर पार्ने भन्दै यो निर्वाचन बहिस्कार गरेर स्वाधिन संयुक्त सरकार गठन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । वहाँले क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पूर्ण बहादुर खड्कालाई माघ १६ गते सिन्धुलीको दूधौलीमा शान्तिपूर्ण कार्यक्रम सम्पन्न गरेर फर्किदै गर्दा राज्यले गिरफ्तार गरेको घटना प्रति गम्भीर आपत्ति जनाउँदै वहाँलाई तत्काल रिहाइको माग गर्नु भयो ।






























