माक्र्सको समयदेखि र आजसम्म पनि कम्युनिज्मबिरोधीहरूले यो भन्दै आएका छन् कि कम्युनिस्टहरुको नैतिकता नै हुँदैन । कम्युनिस्ट समाज नैतिकताबिहीन समाज हो । त्यसका पछाडि उनीहरूको यो तर्क रहदै आएकोछ कि उनीहरू (कम्युनिस्टहरू) व्यक्तिको कुनै मूल्य हुँदैन भन्छन् र यसैकारण उनीहरू आचार, सम्मान र चेतनाका पछाडि रहेको “प्रेरक शक्ति”को कुनै प्रवाह गर्दैनन् ।
पुँजीवादी समाज र समाजवादी समाज दुई विपरित समाज व्यवस्था हुन यद्यप ती एक–अर्काका पूरक र बिरोधी शक्ति हुन । यी दुवैका आ–आफ्ना नैतिक सिद्वान्त र आचार विचार छन् । कम्युनिस्ट नैतिकता मानवजातिको नैतिक प्रगतिको उच्चस्तरको उदाहरण हो । सोभियतसंघको कम्युनिस्ट पार्टीको कार्यक्रममा भनिएको छ –“कम्युनिस्ट एक यस्तो व्यवस्था हो जसको अन्तरगत स्वतन्त्र व्यक्तिको योग्यता र क्षेमताहरू र उसको समग्र नैतिक गुणहरू पूर्णरूपमा फुल्ने र उद्घाटीत हुने गर्दछ ।”
जब मानिसमा नैतिक गुण हुन्छ अनि उसलाई नैतिकवान व्यक्तित्व भनिन्छ । तर नैतिक गुण र नैतिक व्यक्तित्व फरक फरक युगहरूमा फरक फरक अर्थ लाग्दछ । समाज र उसको नैतिक चेतना निरन्तर परिवर्तित र बिकसित हुदै गएकोछ । पुरानो युगको तुलनामा वर्तमान युगको कम्युनिस्ट नैतिकता र व्यक्तित्व समृद्व बन्दै गएको छ किन कि उच्चस्तरको नैतिकता सिद्वान्त र नियमहरू प्रतिपादीत हुदै गएका छन् ।
यो प्रश्न उठाउने गरिन्छ कि कम्युनिस्ट नैतिकता मानवजातिको नैतिक प्रगतिको उच्चतर चरण हो भनेर कसरि भन्ने ? यसवारे लेनिनको निम्न भनाई उल्लेखनीय छ “ कम्युनिस्ट नैतिकताको आधार कम्युनिज्मलाई सुदृढ गर्ने र यसलाई पूर्णता तर्फ लैजाने सङ्घर्ष हो ।” वर्तमानमा कम्युनिस्ट नैतिकताका सिद्वान्त र नियमहरू आजको सामाजिक विकासको वास्तविक मागको अभिव्यक्ति हो । कम्युनिज्म समस्त मानवजातिको मुटुको ढुकढुकी हो । यसैकारण यसको नैतिक सिद्वान्त र नियम अनुसारको नैतिक जीवनको प्रगतिको निम्ति सङ्घर्ष गर्नु हो । कम्युनिस्ट नैतिकता अनेक दौरबाट गुज्रदै आएको छ , गुज्रीसकेको छ , जब यो सर्वहारा नैतिकता थियो उ अन्य नैतिकता भन्दा कहि उच्च थियो । ऐगेल्सले सर्वहारा नैतिकताको तुलना मध्ययुगीन इसाई नैतिकता र पुँजीवादी नैतिकतासँग गर्नु भएको थियो । उहाँले लेख्नु भएकोछ “त्यसो भए साँचो नैतिकता कुन हो त ? अन्तिम र पूर्ण अर्थमा भन्ने हो भने ती मध्ये कोहि पनि होइनन । तर त्यस नैतिकतामा निश्चय नै अधिकतम, स्थायी आशावादिता निहीत छ जो आज वर्तमानलाई बदल्न र भविस्यलाई बनाउनको निम्ति कृत्यसंकल्प छ । त्यो भनेको सर्वहारा नैतिकता नै हो ”
सर्वहारा नैतिकता पुँजीवादी नैतिकताको ठीक प्रतिलोम हो । पुँजीवादी नैतिकता, जो उत्पादनको साधनको निजी स्वामित्वमा आधारित छ र जसको सिद्वान्त मानवद्धारा मानवको शोषण र दमनको, मानव सम्बन्धमा अहंवाद र व्यक्तिवादलाई उचित सम्झने गर्दछ । पुँजीवादी समाजमा मानिसको जीवन एउटा खण्डित व्यक्तित्व हुन्छ, जसको कारण नैतिकताका नियमहरूको निरन्तर उलङघन भइरहन्छन् । यसमा त्यसले आफूलाई कुनै निश्चित समुदाय (राज्य वा राजनितिक वर्ग, राष्ट्र या समस्त समाज) को सदस्य मान्दछ । यसैकारण उसको भित्र आचारका अनेक समझदारी उत्पन्न हुन्छन् । यसको माग हुन्छ कि समान हितलाई ध्यानमा राखौ । अर्कोतर्फ निजी सम्पत्तीमा आधारित व्यवस्था अन्तर्गत हुनुको कारण र जसरी माक्र्सले भन्नु भएको छ “एक नागरिक समाजमा रहनुको कारण उ आफ्नो हितको निम्ति समाजको हितको विरोध गर्दछ, जसको अर्थ यो हुन जान्छ कि उ दोस्रोको हितको बिरोध गर्दछ र यसप्रकार हरेकका बिरुद्ध युद्ध छेड्दछ ।”
यो सही हो कि मानिसको वौद्धिक जीवनको कुनै प्रकारको प्रवृत्तिको भाँती पुँजीवादी नैतिकताको पनि ठोस ऐतिहाँसिक दृष्टिकोणद्वारा जाँचन आवश्यक छ । जुन समयमा पुँजीपति वर्ग सामन्तवादको विरुद्व लडिरहेको थियो, उसले घोषणा गरेको थियो, व्यक्तिगत हित र व्यक्तिको पहल सामाजिक जीवनको मुख्य स्रोत हो । यस्तो घोषणा सामन्तवाद र उसको मतवादबाट एक कदम अगाडि थियो । सामन्तहरुको आलश्य र पतनशीलताको विरूद्व पुँजीवादले मेहनत , मितव्ययीता जस्ता सद्गुणमा जोड दियो । त्यसवेलाको पुँजीवाद मानवतावाद र देशभक्तको विचारको समर्थनमा खडा भयो । क्रान्तिकारी पुँजीपति वर्गको सिद्वान्तकारहरूले आफ्नो वर्गको नैतिकतालाई महान वताएका थिए र यस्तो नैतिक सिद्वान्तको रचना गरेका थिए जो सङ्कीर्ण पुँजीवादी ढाँचामा फिट् हुन सक्दैनथ्यो ।
१८औ सताब्दीको जागरणकालमा नेताहरूको नीति र सिद्वान्तप्रतिको निष्टा र निरन्तरताको उदाहरण मिल्दछन् । हैलवैनिअसले विश्वास गरेका थिए कि मानव व्यवहार सामाजिक अस्तित्वद्वारा निश्चित हुन्छ र उनले जोडदिएर भने कि मनुस्यको गुण अवगुण केवल सामाजिक हितको प्रतिफल हुने गर्दछ । उस्को मानवपयोगी व्यक्तिगत र समाजगत हितको मेल हुन जरूरी छ , तर यो यस्तो विचार थियो जुन पुँजीवादी समाजमा लागु गर्न कठिन थियो, किनभने उसमाथि निजी सम्पत्तिको प्रभुत्व भईरहन्छ र निजी सम्पत्ति व्यक्तिगत र समाजगतमा निश्चय नै द्वन्दको विउ उमार्ने काम गर्दछ ।
पुँजीवादी नैतिकता र नैतिक सिद्वान्तको सकारात्मक तत्व जसले गर्दा उसलाई सामन्तवादी सिद्वान्त भन्दा श्रेयस्कर बनाएको थियो, शासकबर्गको जीवन उसै समयमा नै लुप्त हुन गयो जव पुँजीवादी पतनको युग शुरु भयो । किनभने तव उसको “काम केवल पुँजीको संचालन गर्नमा सीमित भयो ” जसले उसमा धन एकत्र गर्ने असिम प्यास जाग्यो । धन र वस्तु मनुस्यमा व्यक्तिगत र स्वार्थको सिमासम्म बढिरहेको छ उसलाई त्यो सिमा कहाँसम्म हो पहिचान गर्न कठिन र मुस्किल भएको छ ।
यो सम्झनु गल्ती हुन्छ कि पुँजीवादी समाजका हरेक समुदाय समानरूपमा पुँजीवादी नैतिकता प्रदर्शन गर्छन् । प्रथमत यो हो की पुँजीवादी समाज एउटा सम्यक वर्ग होइन । साम्राज्यवादी राज्यका पुँजीपति वर्ग र औपनिवेशिक, पराधिन या नयाँ स्वतन्त्र देशका राष्ट्रिय पुँजीपति वर्गमा अन्तर हुन्छ । दोस्रो तहका पुँजीपति वर्गको हित फेरी पनि केही सिमासम्म मजदुर वर्गको साथमा जोडिएको हुन्छ, किनभने त्यसले साम्राज्यवादी र देशभित्रका प्रतिक्रियावादी शक्तिका विरूद्व संघर्ष गर्दछ । यसैकारण उसले देशभक्ति जस्तो प्रगतिशील विचार अपनाउन सक्छ । तर यसको अर्थ यो होइन राष्ट्रिय पुँजीपति वर्ग शोषक वर्ग रहदैन । तब पनि उ मजदुर वर्गको साथ आफ्नो सम्बन्धमा नैतिकताको तिनै सिद्धान्तद्धारा प्रेरित हुन्छ, जो निजी सम्पत्तिजन्य सम्बन्धद्वारा पैदा हुन्छ । यसैगरी पुँजीपति वर्ग पुँजीवादी देशमा पनि एउटा मिलेजुलेको चित्र प्रस्तुत गर्दैन । दलाल पुँजीपति वर्ग मजदुर वर्गको हितविरुद्ध साथै मध्यम पुँजीपति वर्गसँग एक हुन्छ ।
व्यक्तिगत तथा समाजगत हितको विरोध जुन नीजि सम्पत्तिको स्वभावद्वारा उत्पन्न हुन्छ, नैतिकताको आधारलाई नै खतम पार्दछ । पुँजीवादी समाजलाई नैतिक सङ्कटमा झोक्ने काम गर्दछ । यो सङ्कट सर्वस्वीकृत तथ्य हो । वर्तमानमा अमेरिका पुँजीपति वर्गको नेता हो । त्यहाँका तथ्यहरूले प्रमाणित गर्छन कि पुँजीवादी नैतिकता वर्तमानमा लुटखसोट, अन्धाधुन्ध मुनाफाखोरी , स्वार्थपरकताको साम्राज्य कायम गर्दछ । मानिसको सर्वोत्तम गुण धन पुँजीको वलिवेदीमा चढाउदछ । धेरै पहिले अमेरिकी पत्रकार फ्रेड कुकले नेशन पत्रिकामा ‘भ्रष्ट समाज’ भन्ने शिर्षकमा एउटा लेख लेखेका छन् जसमा उनले पुँजीवादको गला दबाउदै त्यसको नैतिक सङ्कटको विशद व्याख्या गरेका छन् । कुक भन्दछन् आधुनिक अमेरिकी समाज “ नैतिकताको सागरमा होइन दलदलि जंगलमा बसेको छ र नैतिकताको सागर अनैतिकताको महासागर बनीसकेकोछ ।” पुँजीवादी सिद्वान्तकार यस सङ्कटबाट आत्तिएर भन्छन व्यक्ति वा समाजका बीचको सङ्घर्ष मेटन सकिदैन ।
मजदुर वर्गको नैतिकता कमरेड जस्तो एकजुटता,सर्वहारा सामुहिकता र अन्तर्राष्ट्रियवादको नैतिकता मजदुर वर्ग वा समाजको हितको एकता नै सर्वहारा र कम्युनिस्ट नैतिकताको आधार हो । यसको लक्ष्य हो उत्पादनका साधनको पुँजीवादी निजी स्वामित्वको जंजिरबाट समाजको मुक्तिका निम्ति उत्पादक शक्तिको,सामाजिक सम्बन्ध र बिज्ञान तथा संस्कृतिको विकासको पूर्ण सम्भावना पैदा होस । मजदुर वर्गको भौतिक अवस्थामा तीव्र सुधार साथै उनीहरुको हितको श्रमको बजारमा होड बाजी लगाएर होइन वरू पुँजीवादी समाजको सामाजिक र राजनीतिक व्यवस्थाको खिलाफ एकतावद्व भएर राजनैतिक, आर्थिक र सैद्वान्तिक सङ्घर्ष छेडदछन्, तब मात्रै शोषण र दमनबाट मुक्ति मिल्दछ । सर्वहाराको हित नै समस्त श्रमजीवी जनताको हितको धोतक हो । समाजवादी समाजमा मजदुर वर्गको नैतिकता नै कम्युनिष्ट नैतिकता हो । समग्रमा भन्दा व्यक्ति और समाजको हितमा आधारित नैतिकता नै कम्युनिष्ट नैतिकता हो । नैतिकताको आधार सिद्वान्त हो र नयाँ समाजवादी समाजको आधार नै क्रान्तिकारी सर्वहाराको नैतिकता हो । कष्लनजजगपगmटडघ२नmबष्।िअयm































