कम्युनिस्ट भन्नेले नै कम्युनिस्टको बाटो छेकिरहेका छन्

कम्युनिस्ट भन्नेले नै कम्युनिस्टको बाटो छेकिरहेका छन्

 

 

 

डिल्ली जंग तमु नेपाली कम्युनिस्ट आन्दोलनमा एक सुपरिचित नाम हो । वि.सं. १९९४ माघ २ गते बुबा नरे सुब्बा र आमा सनी रनीको कोखबाट डिल्लीजंगको जन्म भएको थियो । उहाँको जन्मस्थल उहाँको पुख्र्यौली थलो मनाङ जिल्लाको धारापानी गाउँ (हाल धारापानी गाउँपालिका) मा भएको थियो । बुबा आमाका डिल्लीजंग जेठो छोरो हुनुहुन्छ । उहाँका माहिला भाइ मानजंग, साहिलो भाइ देवीजंग र कान्छा भाइ धिरजंग हुनुहुन्छ । उहाँका दुईटी बहिनी हुनुहुन्थ्यो । कान्छी बहिनीको नाम कन्यादेवी थियो । जेठी बहिनीको नाम उहाँले बिर्सिसक्नु भएको छ । उहाँका माहिला भाई मानजंग र साहिलो भाई देवी जंगको मृत्यु भइसकेको छ । मनाङमा मानजंग र देवीजंगका सन्तानहरुसित बस्नु हुन्छ । काठमाडौं आउँदा डिल्ली जंग तमु कान्छ भाइ धिरजंगको साथमा बस्नुहुन्छ । उहाँका श्रीमती र सन्तान छैनन् । भाई धिरजंग भक्तपुर गठ्ठाघरमा एउटा स्कूलको क्यान्टिन चलाउनु भएको छ । धिरजंग क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध हुनुहुुन्छ र डिल्लीजंग पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमै आबद्ध हुनुहुन्छ ।
करिव ५ वर्ष पहिले डिल्ली जंगलाई प्यारलाइज ९पक्षघात० ले हान्यो । त्यसकारण उहाँको बोलीमा प्रष्टता छैन । तैपनि जेनतेन उहाँ सम्वाद गर्न सक्नुहुन्छ । डिल्लीजंग मनाङ जिल्लाको कम्युनिस्ट आन्दोलनको संस्थापक सेक्रेटरी हुनुहुन्छ । उहाँले औपचारिक शिक्षा लिनु भएको छैन । तर उहाँले आधा दर्जन भन्दा बढी पुस्तक लेख्नु भएको छ । यस पटक हाँक साप्ताहिले डिल्लीजंग तमुसित गरेको कुराकानी सान्दर्भिक रहेकोले यहाँ साभार गरी प्रस्तुत गरिएको छ :
पुरानो जमानाको मानिस हुनुहुन्छ । यहाँले शिक्षा कहाँ, कसरी प्राप्त गर्नुभयो ?
–मैले स्कूलमा पढ्न पाइन किनभने त्यतिबेला मनाङमा स्कूल नै थिएन । मेरो गाउँ धारापानी हो । अहिले पनि धारापानीको नाथे भन्ने गाउँमा मेरो जन्म भएको हो । तर मैले अध्ययन गरेको गाउँ बडार गाउँ हो । गाउँमा स्कूल थिएन । गाउँलेहरु मिलेर बडारगाउँमा लमजुङबाट एक जना ब्राम्हणलाई केटाकेटी पढाउनका लागि मास्टर ९शिक्षक० का रुपमा लगिएको थियो । एक महिनामा एक विद्यार्थीले रु। १० तिर्ने गरी उनलाई शिक्षक राखिएको थियो । एक वर्षमा ६ महिना पढाएर उनी घर फर्कन्थे । मैले ६÷६ महिना गरी २ वर्ष पढेको थिएँ ।
बाँकी त मेरो स्वअध्ययनबाट मात्र मैले जाने बुझेको हुँ ।
राजनीतिप्रति यहाँको चासो कसरी पलायो ?
२०१८ सालतिरको कुरा हो म र गणेशबहादुर गुरुङ चितवनको नारायणघाट गएका थियौं । पंचायती व्यवस्था आइसकेको थियो । म त्यतिखेर २४ वर्षको उमेरको थिएँ । त्यहाँ मनाङ जिल्ला चामे गाउँको मान्छेको होटेल थियो । गुरुङ भनेपछि कांग्रेस ठानेर पंचायतले गोली हान्न सक्छ । के जातिको हो भनेर सोधेमा “भोटे” हुँ भन्नु गुरुङ नभन्नु भनेर चितवन बस्ने हाम्रो साथी नुर्बुले भन्यो । हामी युवालाई रिस उठ्यो । यदि हामीलाई “गुरुङ” हौं भन्दा गोली हान्छ भने हामीले उसलाई पनि मारिदिन सक्छौं भन्ने आक्रोश हामीमा जाग्यो । मेरो विचारमा त्यतिबेलादेखि नै ममा राजनीतिक चेतना जागृत भएको हुनुपर्दछ ।
कम्युनिस्ट पार्टीप्रतिको तपाईको झुकाव कसरी बन्यो ?
–खगेन्द्रजंग गुरुङको नाम सुन्नु भएकै होला । उहाँको घर मनाङ र लमजुङ दुवै ठाउँमा थियो । यही २०८२ सालमा केही महिना पहिले ९३ वर्षको उमेरमा उहाँको मृत्यु भयो । उहाँ आफ्नो समयको टाठोबाठो मानिस हुनुहुन्थ्यो । म पनि लामिछाने गुरुङ, उहाँ पनि लामिछाने गुरुङ, साइनो लाग्दथ्यो । राजाले उहाँलाई चीन भ्रमणमा पठाएको रहेछ । राजा महेन्द्रको चिठी लिएर चीनमा माओलाई भेट्न गएका थिए । चिनियाँ पुस्तकहरु “रातो लालटिन”, “ओ याङ्ग हाइको गीत” जस्ता पुस्तकहरु उहाँले घर ल्याउनु भएको रहेछ । उहाँले हामीलाई ती किताव पढ्न दिनुभयो । कम्युनिस्ट भनेको धनी र गरिव नहुने, सबैले काम गर्ने, सबैले खान लाउन पाउने व्यवस्था हो र यो राम्रो व्यवस्था हो भन्ने छाप हाम्रो दिमागमा प¥यो । चीनबाट आएका ती किताबहरु निकै जाँगरले पढियो । नबुझेका कुरा कलमले चिन्ह लगाइन्थ्यो र अरुसित छलफल गरिन्थ्यो । चीनबाट आएका किताबले कम्युनिस्ट पार्टीप्रति झुकाव बढायो ।
कम्युनिस्ट पार्टीमा कसरी आबद्ध हुनुभयो ?
निर्मल लामा पार्टीका महासचिव भएका बेला अनेरास्ववियुका केन्द्रीय नेता तारा न्यौपाने मेरो घर मनाङ पुगेका थिए । तारा न्यौपाने लमजुङका थिए । तारा न्यौपाने मेरो घर पुग्नुभन्दा पहिले हामी कम्युनिस्ट सिद्धान्तप्रति आस्थावान भइसकेका थियौं । तर कमिटीमा आबद्ध थिएनौं । मनाङबाट फर्किए पछि तारा न्यौपानेले पार्टीका नेताहरुलाई भनेछन्, “मनाङमा कम्युनिस्टहरु रहेछन् । खै तपाईहरु के हेरेर बसेको पार्टीका नेताहरुले रु पार्टीमा संगठित गर्नुपर्दैन ?”
निर्मल लामा महासचिव ९२०३४–२०३६० भएका बेला मनाङमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । केन्द्रीय नेता चित्रबहादुर के।सी। सहित ३ जना मनाङ पुग्नु भएको थियो । मेरो गाउँ सोध्दै उनीहरु मनाङको ताचे पुगेर बास बसेछन् । अर्को दिन मेरो घर पुगे । चित्रब। के।सी। समेतको उपस्थितिमा ३ जनाको नेकपा मनाङ जिल्ला संगठन समिति बनेको थियो । जसको सेक्रेटरी म थिए भने अरु दुई जना खड्वीर गुरुङ र गणेशबहादुर गुरुङ थिए । निर्मल लामाले हामीलाई गोरखपुर बोलाउनु भएको थियो । पंचायतकालमा हामी गोरखपुर पुगेर प्रशिक्षण लिएका थियौं ।
२०४० मा पार्टी विभाजन हुँदा तपाई कतातिर लाग्नुभयो ?
म निर्मल लामाको पक्षमा रहेँ ।
तपाईपछि मनाङमा पार्टीमा कोको आए ?
– खड्विर गुरुङ, गणेशबहादुर गुरुङ, धिरजंग गुरुङ, मेघलाल गुरुङ, कपिल लामा, बेदे गुरुङ लगायत मनाङको कम्युनिस्ट पार्टीमा आए । देवराज गुरुङ विद्यार्थी कालदेखि नै पार्टीमा लागेका हुन् । बुढो हुँदै जाँदा पुराना कुरा पनि बिर्सिइने रहेछ । उनीहरु अहिले प्रचण्डको पार्टीमा छन् ।
निर्वाचनमा उम्मेदवार बनेको अनुभव पनि छ । सुनाउनु न ?
२०५१ मा पार्टी विभाजन हुँदा म निर्मल लामा भएकै पार्टीमा बसे । धेरैपछिसम्म नारायण काजी, अमिक शेरचन, लिलामणि आबद्ध भएकै पार्टीमा बसें । म संयुक्त जनमोर्चा नेपालको तर्फबाट एक पटक मनाङबाट सांसदको उम्मेदवार उठें । अरु सबै उम्मेदवारलाई पैसा दिएर नेपाली कांग्रेसका पाल्टेन गुरुङले उम्मेदवार नै नउठ्ने बनाएछन् । यहाँ पहाडको बाटो खन्ने जिम्मा पनि मेरो भयो । तपाईलाई मैले के सहयोग गर्नु पर्छ गर्छु । तर तपाई चुनावमा नउठ्नुस भनेर मलाई पाल्टेनले किन्न खोज्यो । म पैसामा किनबेच हुने मान्छे थिएन । पछि अमिक शेरचनले व्यक्तिगत भेटमा सोधेछन्, “हाम्रो मान्छेलाई कतिसम्म पैसा दिन खोज्नु भएको थियो रु” पाल्टेन गुरुङले भनेछन्, “पैसा खा भन्दा पनि खान नमान्ने । मैले २५ लाखसम्म उसलाई दिन खोजेको थिएँ । ऊ मान्दैन । त्यो त अचम्मैको मान्छे रहेछ । सुन जोखेर दिए पनि लिन्न भनेर भन्यो ।” चुनावमा उम्मेदवारको अनुभव यस्तै यस्तै छन् ।
जीवनको लामो कालखण्ड अमिक शेरचन र नारायणकाजीले नेतृत्व गरेको पार्टीमा रहनुभयो । तपाई यता वैद्यजीले नेतृत्व गरेको पार्टीमा लाग्नु भयो किन ?
–प्रचण्डसहित उनीहरु अव कम्युनिस्ट रहेनन् भन्ने मेरो मनले बुझ्यो । म वैद्य भनेर, प्रचण्ड भनेर पार्टीमा लागेको हैन । पैसा र पदको लोभले पनि पार्टीमा लागेको हैन । पार्टीमा लागेर भूमिगत जीवन बिताइयो । मनाङबाट रातारात हिंडेर काठमाडौं आएको पनि हुँ । देश र जनताले मुक्ति पाउँला भनेर कम्युनिस्ट पार्टीमा लागेको हुँ । यहाँ अहिले धेरै जसो आफ्नो स्वार्थमा मात्र ध्यान दिन्छन् । प्रचण्डले चुनवाङ बैठकबाटै दक्षिणपन्थी संशोधनवादको बाटो समाएका हुन् । अहिले त हुँदाहुँदा सिद्धान्तबाट माओवादलाई नै हटाएछन् । माओवाद नै छाडेछन् । कम्युनिस्ट भन्नेहरु सबै निजी स्वार्थपछि दौडिएको देख्छु । वैद्यले नेतृत्व गरेको पार्टी अरु भन्दा यही नै कम्युनिस्ट हो भन्ने लागेर म यो पार्टीमा लागें । अहिले कम्युनिस्ट भन्नेले नै कम्युनिस्टको बाटो छेकिरहेका छन् ।
अब अलि फरक प्रसंगमा कुरा गरौं । तपाई गुरुङ जातिको बारेमा अध्ययन गर्दै आउनु भएको छ । गुरुङहरुको उत्पत्ति कहाँबाट भयो ?
–चीन र मंगोलियाको बीचमा एउटा “कोकोनोर” भन्ने तलाउ÷सागर छ । मंगोलियन भाषामा र चिनियाँ भाषामा “को कोनुर” भन्छ । “नोर” र “नुर” जे भने पनि एउटै कुरा हो । नोरको अर्थ “लक्षिणको” भन्ने हुन्छ । हामी मंगोलियनहरु गुरुङ, मगर, तामाङ, राई, लिम्बु सबै त्यतैबाट आएका हौं । जाति, थरपछि छुट्टिदै गएका हुन् । मानिसहरु छुट्दिै जाँदा अलग अलग भाषा, अलग अलग लिपी, जाति, थरहरु बन्दै गएका हुन् । नेपालमा गुरुङ, तामाङ, थकाली, छन्त्याल भाषा, संस्कृतिका हिसावले नजिक देखिन्छन् । तर भेषभुषा, गीत, संगीतका हिसावले गुरुङ र मगर नजिक देखिन्छन् ।
तमु र गुरुङमा के फरक छ ?
–तमु हाम्रा पुर्खाहरुले भन्दै आएको पुरानो जातीय पहि
चान हो । गुरुङ पछि क्षेत्री, ब्राम्हणले राखिदिएको जातीय पहिचान हो ।
गुरुङमा पनि त ४ चार जाते र १६ जाते विभाजन छ नि । चार जाते भन्नाले लामा, लामिछाने, घले, घोताने भन्छन् । १६ जाते पनि त्यस्तै होला । यसबारे के भन्नुहुन्छ ?
–हिन्दु वर्णाश्रमले व्यवस्थामा तल्लो जात र उपल्लो जात हुन्छ । गुरुङहरु सबै बराबर हुन् । कोही ठूलो र सानो हुँदैन, छैन । तर गुरुङहरुलाई फाटो पार्न फरक फरक जातमा विभाजन गरिएको हो ।
घलेहरुले नै हामी गुरुङ भन्दा छुट्टै पहिचान सहित सूचीकृत हुन चाहन्छौं भनेको सुन्नु भएको छैन ?
–मैले भनिसके त गुरुङहरु सबै बराबर हुन् । घले कसरी अलग हुन सक्छ रु घले तपाईको जाति हो कि रु जात हो कि रु थर हो किरु के हो भनेर सोध्दा उहाँहरु अलमल पर्नु हुन्छ । उहाँहरु नै अस्पष्ट हुनुहुन्छ यो बेकारमा हामी गुरुङहरुलाई विभाजन गर्न खोजिएको हो ।
गुरुङहरुको भाषामा पनि त एकता छैन नि ?
–छैन । एकता छैन । जस्तै टोपीलाई लमजुङका गुरुङले मुलुक भन्छ । मनाङमा कुलु÷पुलु भन्छ, कास्की –स्याङजामा कुले भन्छ । फरक फरक ठाउँमा भाषामा भिन्नता छ । एउटै लिपी छैन । एउटै भाषाको रुपमा विकास गर्ने प्रयास पनि भएको छैन । खस भाषामा पनि त एकरुपता छैन । तर भाषाको विकास हुँदै जाँदा मूलतm एकरुपता कायम भएको देखिन्छ । त्यस्तै गुरुङ भाषालाई प्रयोग गर्दै विकसित तुल्याउँदै जाने हो भने एकरुपता आउन सक्छ ।
तपाईले लेखेको “गुरुङ जातिको लुकेको इतिहास” बारे बताउनुस् ?
–यो पुस्तकमा मैले गुरुङ जातिको इतिहास, गुरुङ जाति बसेको ठाउँको नाम, ठाउँको नामाकरण र त्यसको अर्थ, गुरुङ जातिको इतिहास, गुरुङ जातिको परम्परागत पेशाका बारेमा मैले चर्चा गरेको छु । यो मेरो पुस्तक अब चौथो संस्करण प्रकाशित हुन थालेको छ ।
अनि तपाईले लेखेको गुरुङ भाषाको शब्दकोष बारे ।
–आफ्नै मातृ भाषा भएकाले मलाई लेख्न गाह्रो भएन । आफ्नै भाषा लेखेको हुँ ।
नयाँ सरकार सुशीला कार्कीको नेतृत्वमा बनेको छ । आम चुनावको घोषणा गरिएको छ । यसबारे के भन्नुहुन्छ ?
–यसबारेमा मैले धेरै भन्नु छैन । मनाङमा चुनाव कस्तो हुन्छ भन्ने कुरा मैले अगाडि नै सुनाएँ । चुनाव पैसाको खेल हो । एउटा उम्मेदवारले अर्को उम्मेदवारलाई नै किनिदिन्छ भने मतदाता नकिन्ने त कुरै भएन । गत ०७९ को चुनावमा एउटा उम्मेदवारले हरेक मतका लागि २५ हजारका दरले पैसा खर्च ग¥यो भने अर्को उम्मेदवारले प्रत्येक मतका लागि २० हजारका दरले पैसा खर्च ग¥यो । मनाङ जिल्लामा त्यसै पनि मतदाता कम छन् । ९नोटः १५ सय ÷१६ ससय मत लि सक्नेले प्रतिनिधिसभाको सांसद जित्दछ मनाङमा   कम भएकाले धेरै धेरै पैसा खर्च गरेर मत किन्ने गरिन्छ । तर हाम्रो परिवारले पैसा खाएन । यसपाली पनि विगतमा ज स्तै मत खरिद गर्ने हुन् जित्ने वाला सांसदले फेरि भ्रष्टाचार गर्ने हुन् । यस्तो चुनाव देखिरहेकै हो । जहाँसम्म नयाँ सरकारको कुरा छ । म त के भन्छु भने एकथरी चोरले देश खायो र देश खानका लागि फेरि अर्को थरी चोर आएको छ ।