काठमाडौ। सिमरामा निर्वाचन बहिस्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम २०८२ माघ २ गते सम्पन्न गरिएको छ । क्रान्तिकरी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस पार्टीका केन्द्रीय वक्ता रहनु भएको थियो । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता वैज्ञानिक समाजवादीका धनबहादुर श्रेष्ठले गर्नु भएको थियो भने नेकपा बहुमतका दुर्गाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । नेकपाका अनिल भण्डारी अतिथिको रुपमा उपस्थित रहनु भएको थियो ।सहीदप्रति एक मिनट मौनधारण गरेर संचालन गरिएको उक्त कार्यत्रक्रमा कर्णबहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
केन्द्रीय वक्ताले विषय प्रस्तुत गरेपछि पत्रकारहरु र हाउसबाट प्रश्नउत्तरको कार्यक्रम पनि रहेको थियो ।र केन्द्रीय वक्ताले हलमा उठेका प्रश्न तथा जिज्ञासाहरुको उत्तर दिएपछि अनिले प्रतिवद्धता वाचन गर्नु भएको थियो ।
अन्तमा अध्यक्षबाट कार्यक्रमको समापन भएको थियो ।




























