मुख्य निर्वाचन अधिकृतको कार्यालय परासीमा क्रान्तिकारी युवा संघको कालो ब्यानर !

मुख्य निर्वाचन अधिकृतको कार्यालय परासीमा क्रान्तिकारी युवा संघको कालो ब्यानर !

स्वाधीन संयुक्त सरकार माग

नवलपरासी ०४ माघ : क्रान्तिकारी युवा संघ नेपाल नवलपरासीले सदरमुकाम परासीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कालो ब्यानर टागेर बिरोध जनाएको छ ।साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनले राजनैतिक निकास दिन नसक्ने बताउदै संघले स्वाधीन संयुक्त सरकारको माग गरेको हो ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघले दलाल एवं भ्रष्ट संसदीय ब्यवस्था अन्तरगत हुने निर्वाचन जनताको अधिकार् सुनिश्चित नहुने प्रष्ट पारेको छ ।