काठमाडौं । जेनजी विद्रोहपछि गठित सुशिला कार्की नेतृत्वको कठ्पुतली सरकारलाई विघटन गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधानको माग गर्दै संघर्षमा होमिएका ६ कम्युनिस्ट पार्टीले फागुन २१ को घोषित निर्वाचनको बहिस्कार गर्ने निर्णय गरेका छन् । र, संयुक्त रुपमा संघर्षका कार्यक्रम अगाडि बढाइरहेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मंसिर १६–१७ को चितवन बैठकबाट निर्वाचन बहिस्कारको निर्णय गरेपनि पौष २५ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा जनपक्ष, ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी, समाजवादी कम्युनिष्ट पार्टी नेपालले संयुक्त रुपमा संघर्षको कार्यक्रम घोषणा गरेका थिए । ६ वटै कम्युनिस्ट पार्टीका नेताहरुले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवलाई संयुक्त संघर्ष समितिको संयोजक बनाएर संघर्षमा होमिएका हुन् ।
यो संघर्ष समितिले पौष २८ गते निर्वाचन बहिस्कारको आव्हान गर्दै देशैभरि मशाल जुलुस प्रदर्शन ग¥यो । मशाल जुलुस प्रदर्शनको क्रममा काठमाडौं उपत्यकामा निर्वाचन बहिस्कारका लागि भोलिको बन्द सफल पारौं भन्ने आव्हानका निकालिएको मशाल जुलुस प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरी असन क्षेत्रबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम तथा ९ नं ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागर, पोलिटब्यूरो सदस्य रामबहादुर बुढा, पोलिटब्यूरो सदस्य तथा कार्यालय सचिव गंगा पौडेल, हाँक टुडेकी सम्पादक मनु विक, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केस पेशल दाहाल, राम नेपाली, मंगल तामाङलाई गिरफ्तार गरेको थियो ।
त्यसैगरी काठमाडौंको कोटेश्वर क्षेत्रबाट वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष हिमांशु, केन्द्रीय सदस्य अच्युत कालिकोटे र क्रान्तिकारी दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक टेकबहादुर विकलाई गिरफ्तार ग¥यो भने ललितपुरको लगनखेलबाट वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरु बुद्धलक्ष्मी महर्जन, फूलमती, बमबहादुर विश्वकर्मा, साया किरण, सरल र क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता शिव धिमाललाई पक्राउ ग¥यो ।
त्यसैगरी काठमाडौंको कलंकी क्षेत्रबाट अखिल (क्रान्तिकारी) का अध्यक्ष बिरेन्द्र शाह, उपाध्यक्ष रुपा बुढामगर, महासचिव उषाकिरण आजाद, सचिवालय सदस्यहरू सर्जन पाण्डे, पारस राहादी मगर र छत्र विक, केन्द्रीय सदस्यहरू लक्ष्मी पाण्डे, सक्षम विक, सुप्रिया नेपाली, बजिरसिंह नेपाली, समिर विक, स्वस्तिक अधिकारी र सञ्जु राई, साथै क्याम्पस जिल्ला सह–सचिव लोकराज शाही र जिल्ला सदस्य कमराज पाण्डे गरी जम्मा १६ जनालाई प्रहरीले गिरफ्तार ग¥यो ।
उता चावहिलबाट नेकपा (जनपक्ष)का प्रवक्ता दिनेश बर्तौला, जनपक्षीय ट्रेड युनियन महासंघका अध्यक्ष कुमार, महासचिव राजेन्द्रलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
त्यसैगरी प्राप्त समाचार अनुसार विराटनगरमा निकालिएको मशाल जुलुसमा हस्तक्षेप गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका विविएम सुरेन्द्र भण्डारी, केस विमल निरौला, सुमन पराजुली, नेकपा (बहुमत)का कृष्ण चौलागाई, सुमन पौडेल चतुरलाल राई र नकपा सतिलाल चौधरी लगायतलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
उता नेपालगञ्जमा निकालिएको मशाल जुलुसमा पनि प्रहरीले हस्तक्षेप गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम दिपक शाही, केस गुणनिधि आचार्य लगायतलाई पनि पक्राउ गरेको थियो ।
शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा राज्यले गरेको फासिवादी दमन र गिरफ्तारीको संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेल गौरवले वक्तव्य निकालेर घोर विरोध गर्दै गिरफ्तार नेता कार्यकर्ताहरुको रिहाइका लागि जोडदार माग गर्नुभएको थियो । उपत्यका बाहिरका गिरफ्तार नेता कार्यकर्ताहरुलाई उही दिन साँझ अबेर छाडेपनि उपत्यकामा गिरफ्तार नेता कार्यकर्ताहरुलाई भने पौष २९ गते बेलुका मात्र रिहा गरेको थियो ।
पौष २९ गते विहान उपत्यका बन्दको आव्हान गर्दै र निर्वाचन बहिस्कारसम्बन्धी पर्चा वितरण गर्दैगर्दा प्रहरीले लछारपछार गर्दै पाँच बर्षकी बच्चीसहित ७ जनालाई प्रहरीले पक्राउ ग¥यो । पक्राउ पर्नेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा संगठनका केन्द्रीय संयोजक सूर्य तिमिल्सिना, पार्टीका केन्द्रीय सदस्यहरु शोभा सेन्चुरी र झनक श्रेष्ठ रहनु भएको थियो ।
पर्चा वितरणमा हस्तक्षेप गरी महिलाहरुलाई पुरुष प्रहरीले लछारपछार पार्न थालेको फोटो खिचेको भन्दै प्रहरीले झनक श्रेष्ठलाई आफ्नी पाँच वर्षकी छारीसहित पक्राउ गरेको थियो । सोही क्रमामा संयुक्त संघर्ष समितिका सदस्यहरुमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरु लक्ष्मी सुनार, रुपा सुनार र भवन सेन्चुरीलाई पनि पक्राउ गरेको थियो । उहाँहरुलाई सोही दिन बेलुका मात्र रिहा गरिएको थियो ।
सीपी गजुरेलको संयोजकत्वमा गठित केन्द्रीय संयुक्त संघर्ष समितिमा रामसिंह श्रीस, शारदा महत, धर्मेन्द्र बास्तोला, दीपक चलाउने, रूपा बुढा, आहुति, राजेश्वरी सुवेदी, रुपा सुनार, महिन्द्र मल्ल, दिनेश बर्तौला, इन्दिरा अधिकारी, ऋषि कट्टेल, खेमनारायण ढुङ्गाना, शशी घिमिरे, समरजंग र समिर सिंह सदस्य रहनुभएको छ ।
केन्द्रीय संयुक्त संघर्ष समितिको नाममा संयोजक सीपी गजुरेलले यसअघि नै प्रेस वक्तव्यमावर्लत् संघर्षका कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
घोषित कार्यक्रमअन्तर्गत माघ २ गते इटहरी, जनकपुर, सिमरा, चितवन, पोखरा, बुटवल, दाङ, नेपालगन्ज र धनगढीमा निर्वाचनको औचित्यहीनताबारे अन्तक्र्रिया गोष्ठी सम्पन्न गरिएको छ ।
घोषित कार्यक्रम अनुसार नै माघ ५ गते देशव्यापी विरोध प्रदर्शनको आयोजना गरिएको छ । कार्यक्रमका लागि ६ वटै पार्टीको गरियो कार्यविभाजन समेत गरिएको थियो ।
केन्द्रीय संयुक्त संघर्ष समितिले संघर्षका कार्यक्रमहरु कार्यान्वयनका लागि संयोजन र अन्तरक्रियाका कार्यक्रमका लागि नेताहरुको कार्यविभाजन गरेको थियो ।
जस अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पाँचथर, भोजपुर, ओखलढुंगा, सर्लाही, बारा, सिन्धुली, दोलखा, रसुवा, नुवाकोट, धादिङ्, लमजुङ्, गोरखा, बागलुङ्, गुल्मी, प्युठान, परासी, रुपन्देही, रोल्पा, रुकुम पूर्व, दाङ्, सल्यान, दैलेख, कालीकोट, बाँके, कंचनपुर, डडेलधुरा, अछाम, भारत, जापानलगायतका जिल्ला र स्थानमा संयोजन गर्ने, नेकपा (बहुमत)ले ताप्लेजुङ्, इलाम, सप्तरी, पर्सा, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, कास्की, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम, सुर्खेत, जुम्ला, मुुगु, बर्दिया, डोटी, बैतडी जिल्लामा संयोजनको भूमिका खेल्ने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सुनसरी, महोत्तरी, सिराहा, खोटाङ्, उदयपुर, सोलु, रौतहट, चितवन, रामेछाप, भक्तपुर, नवलपुर, कैलाली, बझाङ, बाजुरा, कोरिया, हङकङ, युरोप, मलेसिया, कतार, युएइमा संयोजनको काम गर्ने, नेकपा (जनपक्ष)ले झापा, धनकुटा, मकवानपुर, अर्घाखाँची, हुम्ला, दार्चुलामा संयोजन गर्ने, नेकपाले मोरङ र ललितपुर र समाजवादी कम्युनिस्ट पार्टीले पाल्पा, जाजरकोटमा संयोजनको काम गर्ने निर्णय गरिएको थियो । र, सोही अनुसार ती जिल्लाहरुमा मशाल जुलुस, अन्तरक्रिया र विरोध प्रदर्शनका कार्यक्रमहरु भएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
त्यसैगरी माघ २ गते (शुक्रबार) सम्पन्न अन्तरक्रिया कार्यक्रमका लागि स्थान र कार्यक्रमको नेतृत्व गर्ने नेताहरुको पनि कार्यविभाजन गरिएको थियो । प्राप्त जानकारी अनुसार इटहरि ः ऋषि कटेल, जनकपुर ः धर्मेन्द्र बास्तोला, सिमरा ः रामसिंह, चितवन ः आहुति, पोखरा ः वसन्त बोगटी, बुटवल ः सन्तबहादुर नेपाली, नेपालगंज ः समरसिंह, सुर्खेत ःदिपक चलाउनेको नेतृत्वमा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएका छन् ।
यसैबिच, संयुक्त संघर्ष समितिले जनसमुदायको नाममा एउटा अपिल समेत जारी गरेको छ । ‘अवस्था फेर्न व्यवस्था फरौं !’ शीर्षकमा जारी अपिलमा भनिएको छ, “ “भाद्र २३ र २४ को जेन जी विद्रोह पछिको नेपालको राजनैतिक स्थितिमा अहिले नयाँ मोड आएको छ । त्यस विद्रोहको मुख्य कारण २०६२ मंसिरमा कांग्रेस, एमाले लगायतका दलहरूका प्रमुख नेतृत्व र तत्कालीन नेकपा (माओवादी) को नेतृत्व बीच दिल्लीमा भएको १२ बुँदे सम्झौताको जगमा स्थापित पुरानो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र यसका दलाल तथा नोकरशाही पूँजीपति वर्गका शासकहरू र विदेशी प्रतिक्रियावादीहरूले आम नेपाली जनताका जनजीविका, जनतन्त्र र राष्ट्रियताका समस्याहरू समाधान गर्न नसक्नु हो । कांग्रेस, एमाले र तत्कालीन माओवादीको बहुसंख्यक नेताहरुको दलाल तथा नोकरशाही पूँजीपति वर्गमा वर्ग परिवर्तन हुनु र यसका बहुसंख्यक कार्यकर्ताहरु पनि त्यस वर्गको चाकर तथा अनुयायीहरूमा वर्ग परिवर्तन हुनुले २०६३ देखि २०८२ सम्म सरकार र सत्तामा हालिमुहालि चलाएका यी ३ दल तथा त्यसका प्रमुख नेताहरूका विरूद्ध जन आक्रोश विस्फोट हुनु स्वभाविक थियो । भदौ २३ र २४ को जेन जी विद्रोहले अभिव्यक्त गरेको परिवर्तनको आकांक्षा र नेपाली जनताले लामो समय देखि नयाँ अग्रगामी राजनीतिक व्यवस्थाका निम्ति गर्दै आएको पहलकदमीको आधारमा बहुसंख्यक जनताको हित गर्ने जनपक्षीय राजनीतिक व्यवस्था स्थापना गर्नु जनआकांक्षा हो ।
जनताको पक्षमा सुशासन, भ्रष्टाचार नियन्त्रण र तीब्र गतिमा आर्थिक क्रान्ति गर्दै स्वदेशमै लाखौ संख्यामा रोजगारी श्रृजना गर्नु आम नेपाली जनताको मुख्य माग हो । केन्द्रीय संयुक्त संघर्ष समिति जनताको यही का पुरा गर्न नयाँ जनपक्षीय र देशभक्तिपूर्ण राष्ट्रिय सहमतिका लागि हार्दिक अपिल गर्दछ । वर्तमान प्रधानमन्त्री र राष्ट्रपति तथा अमेरिकी साम्राज्यवाद र भारीतय प्रतिक्रियावादी शासक वर्गले नेपालमा जेन जी विद्रोहमा अभिव्यक्त जनताका जायज मागहरूलाई अपहरण गरेर दलाल तथा नोकरशाही पूँजीपति वर्ग र साम्राज्यवादको सेवा गर्ने पुरानै जनविरोधी अर्थ राजनैतिक प्रणाली ९व्यवस्था० लाई फागुन २१ को चुनाव मार्फत नयाँ रूपमा पुनस्थापना गरी आम नेपाली जनतामाथि नयाँ र पुराना दलाल तथा नोकरशाही पूँजीपतिहरूको शासन लाद्ने षडयन्त्र गरिरहेका छन । यस षड्यन्त्रलाई असफल पारिएन भने पुरानै जनविरोधी राजनीति र पुरानै जनविरोधी अर्थनीतिले नयाँ रूप रंगमा नेपाली जनतामाथि शासन गर्नेछ र राष्ट्रियता समेत खतरामा पर्ने हुन सक्दछ । केन्द्रीय संयुक्त संघर्ष समिति र त्यसको समर्थनमा उभिने सबै दल त्यसको घोर भत्र्सना गर्दछौं ।
दलाल तथा नोकरशाही पूँजीपति, ठूला भगौडा पूँजीपति र विदेशी पूँजीपतिहरूको सेवा गर्ने सरकार, सत्ता, राजनैतिक प्रणाली, अर्थनीति र चुनावी प्रणाली सबै यथावत राखेर यथास्थितिमा गरिने चुनावले देश र जनताका शत्रु वर्ग कै सेवा गर्ने प्रष्ट छ । त्यस्तो चुनावमा न त पुराना ञशासक संसदीय दलहरूको पूर्ण पराजय सम्भव छ, न त हौवा फैलाइए जस्तो नयाँ दलाल तथा नोकरशाही पूँजीपति वर्गको दल कै दुई तिहाई बहुमत आउने सम्भावना रहन्छ । संसदीय चुनाव लड्न करोडौं खर्च गर्नुपर्ने चुनावी प्रणालीमा गरिब मजदुर, किसान र मध्यम वर्गले बहुमत जित्न असम्भव छ । जनताको पक्षमा लड्ने र जनताको पक्षमा काम गर्ने पार्टीहरूले दुई तिहाई ल्याएर चुनावी माध्यमबाट जनताको पक्षमा संविधान बनाउने र जनताको सरकार बनाउने भन्ने कुरा असम्भव छ ।
यथास्थितिमा गरिने चुनावले पुराना दलाल तथा नोकरशाही पूँजिपति वर्गका ुश्री ३ु हरू र त्यसको नेतृत्वमा रहेको दलालहरूको ठाउँमा नयाँ अनुहारका दलाल तथा नोकरशाही पूँजीपति वर्गको सरकार त बन्न सक्छ तर आम नेपाली जनताको वास्तविक प्रतिनिधित्व गर्ने सरकार बन्न असम्भव छ । तसर्थकेन्द्रीय संयुक्त संघर्ष समिति यो आव्हान गर्दछ कि देश र जनताको पक्षमा नयाँ अग्रगामी राष्ट्रिय सहमति कायम गरेर जनताको स्वाधीन संयुक्त जनसरकार र जनसंविधान बनाएर मात्रै जनताको वास्तविक प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाको चुनाव हुन सक्दछ । यो नै सही बाटो र सही विकल्प हो । तसर्थ आगामी फागुन २१ को कथित चुनाव खारेज गरी अग्रगामी न्यूनतम राष्ट्रिय सहमति कायम गर्न संवादको थालनीको लागि अपिल गर्दछौं। यदि सरकारले यस आग्रहलाई अस्वीकार गर्दै यथास्थितिमा चुनाव गराउने तिर लाग्छ भने त्यस्तो जनविरोधी यथास्थितिवादी चुनाव बहिष्कार तथा खारेज गर्न सबै जनसमुदायमा आव्हान गर्दछौं ।
हामी जोडदार माग गर्दछौं कि जनताको स्वाधीन संयुक्त जनसरकार गठन र जन संविधान सुनिश्चित गर्ने अग्रगामी राष्ट्रिय सहमति कायम नगरी यथास्थितिमा कुनै पनि निर्वाचन नगरियोस । साथैकेन्द्रीय संघर्ष समिति, त्यसमा आबद्ध दल, त्यस नजिकका जन संगठन र वर्गीय संगठन तथा समस्त उत्पीडित नेपाली जनताले उठाएका मागहरु जस्तैः विदेशमा रहेका ५० औं लाख नेपालीको मताधिकार सुनिश्चित नगरी, मजदुर किसान, अर्ध बेरोजगार र बेरोजगारका समस्या समाधान हुने संवैधानिक व्यवस्था नगरी, मिटरब्याज, सहकारी एवं समग्र वित्तीय क्षेत्रबाट पीडित जनताका समस्या समाधान नगरी, सुकुम्बासी एवं प्रकृति पीडितका समस्या समाधान नगरी, आम जनताका लागि निशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था नगरी, ट्याक्सी, बस, ढुवानी मजदुर एवं व्यवसायीका समस्या समाधान नगरी, राष्ट्रिय औद्योगिकरणको नीति तय नगरी, नेपाली सेना, नेपाल प्रहरी र बहिगर्मित जनमुक्ति सेनाका समस्या समाधान नगरी र समग्रमा देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धि सुनिश्चित हुने संवैधानिक व्यवस्था नगरी यथास्थितिमा गरिने चुनावलाई बहिष्कार एवं खारेज गर्न केन्द्रीय संयुक्त संघर्ष समिति आम नेपाली जनतामा हार्दिक अपिल गर्दछ ।” –वर्गदृष्टि साप्ताहिकबाट




























