सिमरामाअन्तरक्रिया कार्यक्रम सम्पन्न

सिमरामाअन्तरक्रिया कार्यक्रम सम्पन्न

२ माघ सिमरा ।
सिमरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । क्रान्तिकरी कम्युनिस्ट पार्टी नेपालका स्थाई समिति सदस्य रामसिंह श्रीष पार्टीका केन्द्रीय बक्ता रहेको उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता वैज्ञानिक समाजवादीका धनबहादुर श्रेष्ठले गर्नु भएको थियो भने नेकपा बहुमतका दुर्गाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
सहीदप्रति एक मिनट मौनधारण गरेर संचालन गरिएको उक्त कार्यत्रक्रमा कर्णबहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । नेकपा का अनिल भण्डारीको पनि उपस्थिति रहेको थियो ।
केन्द्रीय बक्ताले विषय प्रस्तुत गरेपछि पत्रकारहरु र हाउसबाट प्रश्न उत्तरको कार्यक्रम रहयो र केन्द्रीय बक्ताले हलमा उठेका प्रश्न तथा जिज्ञासाहरुको उत्तर दिएपछि अनिदव्दारा प्रतिवद्धताबाचन ेपछि अध्यक्षबाट सभा विसर्जन गरिएको थियो ।