मिसिसिपीको बगरेगिद्द

मिसिसिपीको बगरेगिद्द

कविता

ओठ सजाउँछन् सजाउनेहरूले
नानाथरी रङ दलेर
कसैले बेसुर बेसार घसेर
कसैले निलो चिमको आभा खोसेर ।

सौकको बजारमा
सौककै लागि
ओठमा
लाली पोतेर रगतको
बडो शानसँग बेग मार्दैछ
अहिले एउटा मिसिसिपे गिद्द
र, मसान बगरमा
घरज्वाइँ बनेर
पढाउँदै छ नैतिक शिक्षा ।

दुर्गन्धित थुतुनोमा
एक मुठी अलैंची फाँको हालेर
मानव अधिकारको
निकोलसकी आमाको प्यान्टी थुत्दैछ
२, माघ २०८२