काठमाडौं । काभ्रे जिल्ला, पाँचखाल नगरपालिका कोट्याङ् निवासी पातली तामाङको हिजो विहान ८० वर्षको उमेरमा दुःखद निधन भन्दै मृतक पातली तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य सोनाम सिंह तामाङकी ममतामयी आमाको निधनको दुःखद् घडीमा सोमानसिंह तामाङ लगायत सम्पूर्ण शोकाकूल परिवार, साथीभाइ र आफन्तजनमा हार्दिक समवेदन व्यक्त गरेको छ ।
पार्टी महासचिव गौरवले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ, “उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य कमरेड सोमान सिंह तामाङकी ममतामयी आमा हुनुहुन्थ्यो । उहाँका ५ छोरा, ५ बुहारी, ५ नाति र ७ नातिनीहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी पातली तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, क. सोमान सिंह तामाङ लगायत सम्पूर्ण शोकाकूल परिवार, साथीभाइ तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”





























