निर्वाचन बहिस्कार आन्दोलनको क्रममा गिरफ्तार नेता कार्यकर्ताहरु रिहा

निर्वाचन बहिस्कार आन्दोलनको क्रममा गिरफ्तार नेता कार्यकर्ताहरु रिहा

काठमाडौँ। निर्वाचन बहिष्कार आन्दोलनका क्रममा पौष २८ गते पर्चा वितरण र मसाल जुलुसका क्रममा देशभर दर्जनौं कार्यकर्ताहरु गिरफ्तार भएका थिए । गिरफ्तार नेता तथा कार्यकर्ताहरु रिहा भएका छन ।

पौष २८ गते साँझ काठमाडौँको बाङ्गेमुडाबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीबीएम तथा ९नम्बर ब्युरो इन्चार्ज दिनेश शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीबीएम रामबहादुर बुढा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीबीएम गङ्गा पौडेल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केस मनु विक, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी संयुक्त मोर्चा काठमाडौँका जिल्ला संयोजक राम नेपाली, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य तथा काठमाडौँ महानगर समितिका सचिव पेशल दाहाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौँ जिल्ला सदस्य मङ्गल तामाङ ७ जनालाई गिरफ्तार गरेको थियो ।

असनबाट क्षेत्रपाटीतर्फ मसाल जुलुस गर्दै गइरहेका बेला प्रहरी प्रशासनले बाङ्गेमुडामा हस्तक्षेप गरी गिरफ्तार गरेको थियो।गिरफ्तारीमा परेका आन्दोलनकारीहरूलाई प्रहरीले भद्रकाली स्थित काठमाडौँ प्रहरी परिसरको हिरासतमा लिएको थियो। पौष २८ गते नै साँझ चाबहिल चोकबाट मसाल जुलुस निकाल्न थालेका नेकपा ९जनपक्ष०का नेता कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको थियो। नेकपा जनपक्षका प्रेसिडियम कमिटी सदस्य दिनेश बर्तौला, नेकपा जनपक्षका के।स। टीका परेल ,नेकपा जनपक्षका मजदुर मोर्चाका अध्यक्ष कुमार घताने, महासचिव राजेन्द्र सापकोटा,मजदुरहरू बुद्धिमान तामाङ, हेम कुमार सापकोटा र महेश खवास थारु सातजनालाई चाबिलचोकबाट गिरफ्तार गरी काठमाडौँ भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा प्रहरीले लिएको थियो ।
काठमाडौँ भद्रकाली स्थित प्रहरी परिसरको हिरासतमा राखिएका १४ जना आन्दोलनकारीहरूलाई २९ गते राति ९ बजे रिहा भएका थिए ।

पौष २८ गते, बेलुकी काठमाडौँको कलङ्कि चोकबाट नेकपा बहुमतसम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष वीरेन्द्र शाह उपाध्यक्ष, रूपा बुढा मगर, महासचिव उषा किरण आजाद, सचिवालय सदस्यहरु, पारस रहादी मगर, सर्जन पाण्डे छत्र बिक,हस्त बि। क , केन्द्रीय सदस्यहरू लक्ष्मी पाण्डे, सक्षम बि क, सुप्रिया नेपाली, समिर क्रान्ति ,स्वस्तिक अधिकारी,सन्जु चाम्लिङ राई, बजिर सिंह, क्याम्पस जिल्ला सह सचिव लोकराज शाही, विद्यार्थी कमलराज पाण्डेलाई गिरफ्तार गरेको थियो।

पौष २८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध दलित मोर्चाका संयोजक टेकबहादुर विश्वकर्मा, कार्यालय सदस्य शोभा सेन्चुरी, कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध नौ नम्बर ब्युरो सदस्य झनक श्रेष्ठ, पाँच वर्षीय छोरी सहितलाई प्रहरीले गिरफ्तार गरेर कोटेश्वर प्रहरी चौकीमा राखिएको थियो ।

 

ललितपुर

२८ गते बेलुकी ललितपुरको लगनखेल पसाल जुलुसका क्रममा ६ जना आन्दोलनकारीहरूलाई गिरफ्तार गरेको थियो जसमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध उद्योग व्यापार संघका संयोजक शिव धिमाल वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका बुद्धलक्ष्मी महर्जन ठूलोमती बमबहादुर विश्वकर्माया किरण र सरल रहनुभएको थियो। बाट गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरूलाई जाउलाखेलको प्रहरी परिसरको हिरासतमा राखेको थियो। गिरफ्तार छ जनालाई २९ गते साँझ मात्र प्रहरीले रिहाइ गरेको थियो।

 

बाँके

पौष २८ गते साँझ जुलुस गर्ने क्रममा आठ जना नेता तथा कार्यकर्ताहरूलाई प्रहरी प्रशासनले गिरफ्तार गरेको गरेको थियो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल का वैकल्पिक ब्युरो सदस्य तथा तीन नम्बर ब्युरो इन्चार्ज दिपक शाही ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य गुणनिधि आचार्य,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध अखिल क्रान्तिकारीका बाँके जिल्ला संयोजक प्रकाश विक ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध अखिल क्रान्तिकारीका विनोद ऐरी,केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज विष्णु परियार, नेकपा बहुमतका बाँके जिल्ला सचिव तिलक गिरी, नेकपा बहुमतका प्रवास संयोजक दीपक तिरुवा नेकपा बहुमतकै मोहम्मद हसन आठ जनालाई चोकतर्फ मसाल जुलुस गर्दै जाने क्रममा नेपाल एयरलाइन्सको कालालाई अगाडि आन्दोलनकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो गिरफ्तार नेता तथा कार्यकर्ताहरूलाई राति अबेरतिर सोही दिन रिहा गरेको थियो।

मोरङ
पौष २८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सदस्य तथा १६ नम्बर ब्युरो इन्चार्ज सुरेन्द्र भण्डारी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा १६ नम्बर ब्युरो सचिव बिमल निरौला, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य सुमन पराजुली, नेकपा बहुमतका सिर्जन पौडेल, कृष्ण चौलागाई, होमनाथ खतिवडा,ऋषि कट्टेलले नेतृत्व गरेको नेकपाका चतुरमान राई लाई विराटनगरबाट गिरफ्तार गरेको थियो।उहाँहरुलाई त्यसै बेलुकी रिहा गरेको थियो ।