भेनेजुएला । अमेरिकाले आज भेनेजुयलामाथि आक्रमण गरी भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई कब्जामा लिएको छ । अन्तरराष्ट्रिय संचारमाध्यमहरुका अनुसार उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्ट गरेका छन् । अमेरिकी सेनाको डेल्टा फोर्सले मादुरोलाई पक्राउ गरेको भनिएकोछ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई पाँच करोड डलर पुरस्कार घोषणा गरेको थियो । मदुरो अहिले अमेरिकी नियन्त्रणमा भएकाले भेनेजुएलामा थप कारबाही नहुने अमेरिकी पक्षको भनाईसार्वजनिक भएको छ । भेनेजुएलामा अहिले संकटकाल लगाइएको छ ।

भेनेजुएलाको सरकारले उक्त आक्रमण वासिङ्टनले गरेको बताउँदै अमेरिकी आक्रामकतालाई नस्वीकार्ने बताउँदै राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ । यसअघि राष्ट्रपति मदुरोले अमेरिकाले आफ्नो देशको तेल र खनिज पदार्थ खोस्ने प्रयास गरिरहेको बताउँदै आइरहेका थिए । युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले समूहले भेनेजुएलाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र संयम अपनाउन आह्वान गरेको बताइन् ।
अन्तरराष्ट्रिय संचारमाध्यम अल जेजिराका अनुसार क्युबाले भेनेजुएलामा अमेरिकी आक्रमणलाई आपराधिक आक्रमणको संज्ञा दिंदै निन्दा गरेको छ । अमेरिकाले आश्चर्यजनक सैन्य कारबाहीमा वामपन्थी राष्ट्रपति निकोलस मादुरोलाई “कब्जा” गरेको दाबी गरेपछि क्युबाले भेनेजुएलाका जनता विरुद्धको “राज्य आतंकवाद” को निन्दा गरेको छ । शनिबार जारी गरिएको एक विज्ञप्तिमा, क्युबाको राष्ट्रपति कार्यालयले शान्तिको क्षेत्रमा क्रूर आक्रमण भइरहेको बताएको छ, किनकि यसले भेनेजुएलामा आपराधिक अमेरिकी आक्रमणको बारेमा अन्तर्राष्ट्रिय समुदायबाट प्रतिक्रियाको माग गरेको छ ।
विश्वभरबाट अमेरिकी आक्रमणको घोर निन्दा एवम् भत्र्सना भइरहेको छ ।































