महान् सर्वहारा सांस्कृतिक क्रान्ति अंग्रेजीमा ग्रेट प्रोलेटरियन कल्चरल रिभुलुशन(संक्षिप्तमा जीपिसिआर) अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा खासगरी माक्र्सवादको विकासमा माओका अनेकौ योगदानहरुमध्ये एउटा महत्वपूर्ण योगदान हो । विश्व कम्युनिस्ट आन्दोलनमा स्तालिनको मृत्युपछि जव रुसमा ख्रुश्चेभको नेतृत्वमा नव संशोधनवादको उदय भयो, चीनको कम्युनिस्ट पार्टीमा पनि लिउ शाओची र देङ्ग शियाओ पिङग जस्तै ख्रुश्चेभवादीहरुको बाहुल्यता बढदै गएको अवस्थामा चीनमा कसरी पुँजीवादको पुनस्र्थापनलाई रोक्ने भन्ने प्रश्नमा माओले केही सवालहरूमा जोड दिनु भएको थियो । तीमध्ये प्रथम समाजवादी समाजकोे अवधिभरीे वर्ग संघर्षको निरन्तरताको आवश्यकताको मान्यतालाई जोड दिनु आवश्यक थियो, दोस्रो क्रान्तिलाई अगाडि बढाएर लैजानका लागि जनसमूह(मास लाइन)¬¬मा आधारित भएर अडिनु आवश्यक थियो, र जनसमूहलाई सहासकासाथ र जन आन्दोलनहरूलाई एउटा ठूलो स्केलमा उठाउनु आवश्यक थियो ।
माओले माथि उल्लेखित पहिलो सवालको आवश्यकतामाथि सर्वप्रथम सुरूदेखि अन्त्यसम्म समाजवादी समाजकोे अवधिभरीे वर्ग संघर्षको निरन्तरताको आवश्यकताको मान्यतालाई जोड दिनु भयो । उहाँले वर्णन गर्नु भयो कि उत्पादनको माध्यमको स्वामित्वमा परिवर्तन, त्यो भनेको आर्थिक मोर्चामा समाजवादी क्रान्ति आफैमा अप्रयाप्त छ । उहाँले जोड दिनु भयो कि हामीले क्रान्तिलाई एकत्रित गर्नका लागि राजनीतक र वैचारिक मोर्चाहरूमा समाजवादी क्रान्तिमार्फत भएर जानु पर्दछ र यो क्रान्ति सर्वहाराको अधिनायकत्व अन्तरगत निरन्तर चलिरहनु पर्छ ।
दोस्रो सवाल जसलाई माओले वारम्वार जोडदिनु भएको के थियो भने यो क्रान्तिलाई अगाडि बढाएर लैजानका लागि मास लाइनमा अडिनु आवश्यक थियो, र जनसमूहलाई सहासकासाथ र जन आन्दोलनहरूलाई एउटा ठूलो स्केलमा उठाउनु आवश्यक थियो । यसका लागि पार्टीले समाजवादका साझा शत्रुहरूका विरूद्ध संघर्षमा जनसमूहसित एकतावद्ध हुने, जसले जनसंख्याको ९५ प्रतिशत भाग ओगटेको छ, उनमाथि भरपर्ने, विजय प्राप्त गर्ने गर्नु पर्दछ । माओले “शहरहरू र ग्रामीण क्षेत्रहरूमा गहन तरिकाले समाजवादी शिक्षा आन्दोलनलाई वारम्वार सञ्चालन गर्नलाई” आवश्यकतामा जोड पनि दिनु भयो । यी निरन्तरका आन्दोलनहरूमा जनतालाई शिक्षीत गर्नका लागि माओले “समाजवाद विरोधी, पुँजीवादी र सामन्ती शक्तिहरू विरूद्ध एउटा तिखो, जस्तालाई त्यस्तै संघर्ष सञ्चालन गर्न” क्रान्तिकारी शक्तिहरूलाई संगठित गर्ने आवश्यकतामा फेरी जोड दिनु भयो । यसरी माओले स्पष्टताका साथ देख्नु भयो कि कि जनसमूहहरूको गहन सहभागिता पुँजीवादको पुनःस्थापनालाई रोक्नका लागि एउटा अति आवश्यक पूर्वावस्था थियो । यो माओको अनुभव यसमा आधारित थियो कि कसरी पार्टीको नेतृत्वमा आफैभित्रबाट संशोधनवाद आयो, जो पुँजीवादको पुनःस्थापना ल्याउन मुख्य तत्व बन्न गयो । माओका यी उल्लेखित सिद्धान्तहरू र ठोस कार्यक्रमको कार्यान्वयनलाई बलियो अवरोध चीनीयाँ कम्युनिष्ट पार्टी आफैभित्र लिउ साओ–चीले नेतृत्व गरेको उच्च स्तरबाट थियो ।
यद्धपि ‘समाजवादी सांस्कृतिक क्रान्ति’ १९६२मा भएको आठौ केन्द्रीय समितिको दशौ प्लेनरी सेशनमा औपचारिक रूपले सरकारी स्तरमै स्विकृत गरिएको थियो, तर यसको कार्यान्वयन आधा–मनले र माओले दिएको लाइनको विपरित दिशामा गरिएको थियो । किनभने पार्टी ब्युरोक्रेसी, लिउ साओ–चीको अन्तरगत थियो । पेङ ते–हुईजस्ता पुँजीवादी बाटो लिइरहेकाहरूमाथि लिएको कार्यवाहीको विरोध गर्दै माओको उहाँले लिन कोशिस गरेको कार्यको आलोचना सुरू गरियो ।
यो आलोचना तिनीहरूले प्रेसमा लेखहरू र नाटकहरू र अन्य सांस्कृतिक मञ्चहरूमार्फत गरे, जुन उनीहरूको पूर्ण नियन्त्रणमा थिए । तिनीहरूको नियन्त्रण यस्तो थियो कि माओले पेकिंगमा प्रेशमा आफूलाई रक्षा गर्दै एउटा पनि लेख छाप्न सक्नु हुँदैननथ्यो । यस्तो एउटा लेख माओलाई र उनका नीतिलाई रक्षा गर्दै अन्त्यमा नोभेम्वर १९६५मा शांघाई प्रेशमा प्रकाशित गरियो, जुन पेकिंग भन्दा अझ ज्यादा रेडिकल्र केन्द्र थियो । यसैलाई माओले पछि माहान् सर्वहारा क्रान्तिको ‘संकेत’ भन्नु भयो, जसले पार्टी ब्यूरोक्रेसीको आलोचनाको एउटा शिलशिला र मिडिया र सांस्कृतिक क्षेत्रमा माओको लाइनको समर्थन सुरू ग¥यो । त्यहाँ प्रमुख आरोपीहरूद्धारा आत्मआलोचनाका लागि मागहरू पनि बढे । पार्टी ब्यूरोक्रेसीले तै पनि यो आन्दोलनलाई एउटा मास चरित्र लिनबाट रोक्न उनीहरूले सक्ने जति कोशिस गरे । सांस्कृतिक क्रान्ति समूह, जसलाई यसको पहल र निर्देशन गर्नलाई सोचिएको थियो, वास्तवमा भगुवाहरूलाई नियन्त्रणमा लिन र यसलाई प्राज्ञिक लाइनहरूसित मिलान गर्ने कोशिस गरियो ।
अन्त्यमा माओको निर्देशनमा केन्द्रीय समितिले, १६ मे १९६६को एउटा सर्कुलर जारी ग¥यो, ‘पाच जनाको समूह’लाई विघटन ग¥यो, जस अन्तरगत सांस्कृतिक क्रान्तिलाई धोखा दिएको थियो, र प्रत्यक्ष पोलिटब्यूरो स्थाई समितिको अन्तरगत एउटा नयाँ ‘सांस्कृतिक क्रान्ति समूह’ गठन गरियो । यो मे १६को सर्कुलरले आलोचनालाई आव्हान ग¥यो र पुँजीवादी बाटो लिइरहेकाहरू खासगरी तिनीहरू जो पार्टीभित्र थिए, को अवरोधलाई तोडयो, । यो कार्यले माहान सर्वहारा सांस्कृतिक क्रान्तिको वास्तविक पहललाई अगाडि बढायो, र यसलाई लाखौ जनताको संलग्नता भएको एउटा मास प्रक्रिया बनाउन सफल भयो ।
मे २५मा पहिलो ठूला अक्षरमा लेखिएको पोष्टर पेकिंग विश्वविद्यालयमा उक्त विश्वविद्यालयका उपकूलपति र शिक्षा प्रणालीबारे आलोचना गर्दै टाँसियो । यो हजारौको संख्यामा पहिलो पटक यस्ता अत्यधिक पोष्टरहरू विद्यार्थीहरू र जनसमूहले देशभरी टाँसे जसमा तिनीहरूले समाजमा जे गलत भइरहेको थियो त्यसलाई तिनीहरूले आफ्ना विचारहरू प्रस्तुत गरे र आलोचना गरे । प्रदर्शनहरू र मास आलोचनाहरू प्रोफेसरहरू, पार्टी ब्युरो क्रयाटसहरू र अरूहरूलाई उनीहरूका गलत नीतिहरूलाई आलोचना गर्दै आयोजना गरिए । छिटै त्यहाँ विद्यार्थीको एउटा भागबाट प्रवेश परिक्षाहरूको खारेजीका लागि माग गरियो । जुनमा केन्द्रीय समितिले ६महिनाका लागि कलेजहरू र विश्वविद्यालयहरूमा नयाँ भर्नाहरू वन्द गर्ने भन्दै एउटा आदेश जारी ग¥यो, ताकि विद्यार्थीहरू र युवाहरूले माहान् सर्वहारा क्रान्तिमा पुरै भाग लिन सकुन । यद्धपि ६महिनाको अवधि ज्यादै छोटो सिद्ध भयो र विश्वविद्यालयहरू चार वर्षपछि मात्रै फेरी खुले ।
माओले पनि व्यक्तिगत रूपले माहान् सर्वहारा क्रान्तिमा भाग लिु भयो । जुलाई १७मा उहाँले अन्य दशौ हजार पौडिवाजहरूसित कैयो माइल लामो पौडी खेलेर याङत्से नदी पार गर्नु भयो । यो उहाँको सिम्बोलिक काम थियो, जुन उहाँले माहान् सर्वहारा क्रान्तिको बगिरहेको भेलमा सहभागी भइरहेको थियो । फेरी अगस्त ५मा, चीनीयाँ कम्युनिष्ट पार्टीको एघारौ प्लेनम बैठकका दौरान, माओले एउटा अझ फरक खालको सिंगनल दिनु भयो । उहाँले उहाँको आफ्नै ठूलो कयारेक्टर पोष्टर टाँस्नु भयो । उहाँको प्रमुख नारा थियो “हेडक्वाटर्समाथि बमबारी गर !” लिउ साओ–चीले नेतृत्व गरेको पार्टीमा पुँजीवादी बाटो लिएकाहरूको पुँजीवादी हेडक्वाटरहरू आक्रमणका लागि यो एउटा स्पष्ट आव्हान थियो । माओको आव्हानले आन्दोलनको कामहरू र दृढतालाई एउटा अर्को बल दियो ।
अगस्त १८मा माओ पेकिंगमा लाल रक्षकहरूको पहिलो ¥याली, जसमा लाखौ लाख सहभागी थिए, त्यसमा उपस्थित हुनु भयो । लाल रक्षकहरू हजारौ जनवर्गीय संगठनहरूका सदस्यहरू थिए जो माहान् सर्वहारा क्रान्तिमा भागलिनका लागि देशभरीबाट उर्लिएका थिए । पहिलो मास संगठनहरूमा मूलतः विद्यार्थीहरू र युवाहरू थिए, तर जब आन्दोलनले गति लिदै गयो यस्ता संगठनहरू मजदुरहरू, किसानहरू र कार्यालय कर्मचारीहरूबीचबाट बढदै आए । कहिले काही त राजधानीमा देशभरीबाट आएका दुई लाखभन्दा पनि बढता लाल रक्षकहरू जम्मा भएका हुन्थे ।
एघारौ प्लेनमले माहान् सर्वहारा क्रान्तिलाई “हाम्रो देशको समाजवादी क्रान्तिको विकासमा एउटा नयाँ, एउटा गहिरो र ज्यादा उच्च चरण” भनेर परिभाषित ग¥यो । माओले उहाँको प्लेनममा दिइएको समापन भाषणमा भन्नु भएको थियो, “ महान् सर्वहारा सांस्कृतिक क्रान्ति मर्ममा सर्वहाराद्धारा पुँजीपति र सबै अरू शोषक वर्गहरू विरूद्धको समाजवादी अवस्थाहरू अन्तरगत एउटा महान् राजनीतिक क्रान्ति हो । यो चीनीयाँ कम्युनिष्ट पार्टीले कुआमिंगताङ प्रतिक्रियावादीहरूका विरूद्ध लडदै आएको र यसको नेतृत्व अन्तरगत विशाल क्रान्तिकारी जनसमूहहरूको लामो संघर्षको निरन्तरता हो । यो सर्वहारा र पुँजीपति बीच संघर्षको निरन्तरता हो ।”
एघारौ प्लेनमले सांस्कृतिक क्रान्तिको १६रौ दफाका रूपमा प्रशिद्ध दफा (क्ष्हतभभल ब्चतष्अभिक या तजभ ऋगतिगचब िच्भखयगितष्यल)पास ग¥यो । तिनीहरूले मे १६को सर्कुलरलाई दोहो¥याउँदै भने कि वर्तमान क्रान्ति जनताको आत्मा( कयगकि) छुनलाई, मानिसलाई बदल्नलाई हो । पुराना विचारहरू, संस्कृति, चालचलनहरू, शोषक वर्गहरूका वानी व्यहोराहरूले अझै पनि पब्लीक ओपिनियनलाई आकार दिन्छ , वितेकाको पुनस्र्थापनाका लागि मलिलो भूमि प्रदान गर्दछ । मानसिक दृष्टिकोण रूपान्तरण गरिनु पर्दछ र नयाँ मूल्यहरू निर्माण गरिनु पर्दछ ।
यसले प्रमुख लक्ष्य यस रूपमा पहिचान ग¥यो “ ती जो पार्टीभित्र अधिकार प्राप्त छन् र पुँजीवादी बाटो लिइरहेका छन् ।” यसले क्रान्तिको प्रमुख शक्ति यस रूपमा पहिचान ग¥यो “ मजदुरहरू, किसानहरू, सैनिकहरू, क्रान्तिकारी बुद्धिजीवीहरू र क्रान्तिकारी कार्यकर्ताहरूका जनसमूहहरू ।”
क्रान्तिको उद्येश्य “ अधिकारमा रहेका ती व्यक्तिहरू जसले पुँजीवादी बाटो लिइरहेका छन्, तिनका विरूद्ध संघर्ष र तिनलाई ध्वस्त पार्नु, आलोचना गर्नु र प्रतिक्रियावादी पुँजीपति प्राज्ञिक ‘अधिकारीहरू’सित सम्वन्ध विच्छेद गर्नु र पुँजीपतिको विचार र अन्य सबै शोषक वर्गहरू र शिक्षा, कला र साहित्य र सबै अन्य उपरिसंरचनाका भागहरू जो समाजवादी आर्थिक आधारसित मेल खादैनन्, ताकि समाजवादी प्रणालीको एकत्रितकरण र विकासलाई सहजीकरणका लागि रूपान्तरण गर्नलाई ” थियो । क्रान्तिको रूप जनसमूहरूलाई लाखौको संख्यामा उनीहरूका विचारहरूलाई खुल्ला आकाशमा स्वतन्त्रता पूर्वक भन्न लगाउने, ठूला क्यारेक्टर पोष्टरहरू लेख्ने, र महान् बहसहरू आयोजना गर्ने ताकि सत्तामा रहेका पुँजीवादी बाटो लिएकाहरूलाई भण्डाफोर गरिने छ र उनीहरूका पुँजीवाद पुनःस्थापना गर्ने योजनाहरू ध्वस्त गरिने छ ।
सांस्कृतिक क्रान्तिको अतिआवश्यक पक्ष माओको मास लाइनको विकास र त्यसको प्रयोगात्मक कार्यान्वयन थियो । यो केबल समाजवादप्रति शत्रुतापूर्ण सोंच राख्ने तत्वहरू खतम पार्ने मात्रै लक्ष्य थिएन्, बरू मजदुर वर्गलाई ‘प्रत्येक चीजमा नेतृत्व अभ्यास गर्नलाई प्रशासनको कमाण्डमा राजनीति राख्नलाई, र यो निश्चित गर्नका लागि कि प्रत्येक जो कर्मचारीका रूपमा सेवा गर्दछ ‘सामान्य जनतामध्ये एक भएर रहोस’ भन्ने हो । यी लक्ष्यहरू प्राप्त गर्नका लागि, पुँजीपति विचार विरूद्ध सबैतिरबाट आक्रमक भएर सुरू गर्नु आवश्यक थियो । यस्तो तरिकाले कि जनसमूह सक्रियातापूर्वक संलग्न हुन सकून ।
यसरी, एघारौ प्लेनमको प्रस्तावले निर्देश ग¥यो “ माहान् सर्वहारा सांस्कृतिक क्रान्तिमा, एक मात्रै तरिका भनेको जनसमूहरूका लागि आफैलाई मुक्त गर्ने हो, र कुनै पनि तरिका जो उनीहरूको तर्फबाट गर्ने गरिन्छ त्यसको प्रयोग गरिनु हुँदैन् ।”
“जनसमूहरूमाथि विश्वास गर, तिनीहरूमाथि भर पर र उनीहरूका पहललाई आदर गर । डरलाई हटाउँ । अस्तव्यस्तादेखि न हडबढाउँ । यो माहान् क्रान्तिकारी कार्यमा जनसमूहरूलाई तिनीहरू आफै शिक्षित हुन, र सही र गलत के हो छुट्टयाउन र चीजहरू गर्दा ठिक र बेठिकबीच छुट्टयाउन ”देउ“ । जब जनसमूहरू क्रान्तिमा पूर्ण शक्तिमा प्रवेश गरे तिनीहरूले एउटा नयाँ संगठनात्मक आकार–क्रान्तिकारी समिति निर्माण समेत गरे । यो ‘तीन–मा–एक’को समिश्रणमा आधारित थियो ः त्यो भनेको, यसका सदस्यहरू, जो निर्वाचित गरिए, प्रत्यआव्हान , र जनताप्रति प्रत्येक्ष उत्तरदायी, पार्टीबाट ल्याइएका, जन मुक्ति सेनाका, र जनवर्गीय संगठनहरू (लाल रक्षकहरू जसको सदस्यता तीस लाख संख्यामा पुगेको थियो)। तिनीहरू सबै स्तरहरूमा उम्रिए, कारखाना अथवा कम्युनबाट प्रान्तीय र क्षेत्रीय सरकारका अंगहरूमा, र तिनीहरूको काम लिंक प्रदान गर्ने थियो जसमार्फत जनसमूहरूले देशको शासन चलाउनमा प्रत्यक्ष भागलिन सकुन ।
सत्ताको यो ‘तीन–मा–एक’ अंगले सर्वहारा राजनीतिक सत्तालाई जनसमूहरूबीच गहिरो जरासम्म पुग्न सक्षम बनायो । देशको शासन सञ्चालनमा क्रान्तिकारी जनसमूहहरूको प्रत्यक्ष सहभागिता र तलबाट विभिन्न स्तरमा राजनीतिक सत्ताको अंगहरूको क्रान्तिकारी सुपरभिजनको कानुनी दवावले निस्चित गर्नमा एउटा धेरै महत्वपूर्ण भूमिका खेल्यो कि सबै स्तरमा नेतृत्वदायी समूहहरू मास लाइन सित विचारमा दृढ भए । यसरी यो सर्वहाराको अधिनायकत्वको सुदृढिकरण, विश्वमा भरखरै प्राप्त गरिएको सर्वहारा जनवादमा ज्यादै र गहीरो अभ्यास पनि थियो ।
१९६६–६७मा सांस्कृतिक क्रान्तिको सुरूवाती झाडु लगाइ अन्तरगत, पार्टीभित्रको पुँजीवादी हेडक्वाटरहरू प्रभावकारी रूपले ध्वस्त गरिए,र लिउ शाओ–ची र देंग शियाओ–पिंगजस्ता नेतृत्वदायी पुँजीवादी पन्थीहरूको र तिनीहरूका समर्थकहरू उनीहरूको पार्टी पदहरूबाट हटाइए र जनसमूहहरूका अगाडि आत्मआलोचना गर्न वाध्य पारिए । यो एउटा माहन् विजय थियो, जसले केबल चीनीयाँ जनसमूहलाई मात्रै हौसियाउने गरेन्, बरू विश्वभरीका कम्युनिष्ट क्रान्तिकारीहरूबीच क्रान्तिकारी उत्साहको एउटा लहर निर्माण ग¥यो ।
माहान् बहसका दौरान घेरै क्रान्तिकारी शक्तिहरू माओले नेतृत्व गरेको क्रान्तिकारी लाइनका वोरीपरी जम्मा भए, तर यो मूलतः सांस्कृतिक क्रान्तिका दौरानमा थियो कि विश्वभरीका यी शक्तिहरूले स्विकार गरे कि माओवाद जसले विश्व समाजवादी क्रान्तिका समस्याहरूका उत्तरहरू प्रदान गर्न सक्दथे । माहान् सर्वहारा सांस्कृतिक क्रान्तिले देखाएको थियो कि माक्र्सवादसित पुँजीवाद पुनस्र्थापनाका शत्रुलाई दिने उत्तर थियो । माक्र्सवादमा भएको यो विकासले माक्र्सवाद–लेनिनवाद–माओवादको आधारमा विश्वभरका अनगिन्ति क्रान्तिकारी समूहहरू र पार्टीहरूको एकत्रितकरणलाई नेतृत्व ग¥यो, र उनीहरूको नेतृत्व अन्तरगत क्रान्तिकारी संघर्षको आरम्भ ग¥यो ।
यद्धपि माओले सचेत गराउु भयो, “वर्तमानको माहान् सर्वहारा सांस्कृतिक क्रान्ति केबल पहिलो हो; त्यहाँ निश्चयनै धेरै ज्यादा भविश्यमा हुने छन् । क्रान्तिमा कसले जित्ने छ भन्ने सवाल एउटा लामो ऐतिहासिक अवधि पार गरेपछि मात्रै समाधान हुने छ । यदि चीजहरूलाई राम्ररी सञ्चालन गरिएन भने, भविश्यमा कुनै पनि समयमा पुँजीवादको पुनःस्थापनाका लागि सम्भव छ ।”
अझ उहाँले १९६९को नवौ पार्टी कंग्रेसलाई सम्झना गराउदै भन्नु भयो, “हामीले महान विजय प्राप्त गरेका छौ । तर पराजित वर्गले संघर्षलाई जारी राख्ने छ । यसका सदस्यहरू अझै यथावत छन् र यो अझै जीवीत छ, त्यसकारण हामी अन्तिम विजयको वारेमा बोल्न सक्दैनौ, दशकका लागि त होइन नै । हामीले हाम्रो तत्परतालाई छाडन हुँदैन् । लेनिनवादी दृष्टिकोणबाट, एउटा समाजवादी देशमा अन्तिम विजयका लागि घरभित्रका सर्वहारा र विशाल जनताको प्रयासमात्रै आवश्यक पर्दैन, बरू यो पृथीवीमा मानिसद्धारा मानिसको शोषणको प्रणालीको अन्त्य र विश्व क्रान्तिको विजयमा निर्भर रहन्छ ताकि सबै मानवजाति मुक्त हुने छन् । साथसाथै, हल्का सोचाइले हाम्रो देशमा क्रान्तिको अन्तिम विजयवारे कुरा गर्नु गल्ती हो; यसले लेनिनवादको विरूद्ध लैजान्छ र तत्थ्यहरूलाई निश्चित गर्दैन ।”
माओका शब्दहरूले एउटा छोटो समयभित्र सत्य सिद्ध ग¥यो । पहिलो १९७१मा त्यसवेलाको उपाधक्ष्य लिन पियाओ, जो चीनीयाँ कम्युनिष्ट पार्टीको नवौ कंग्रेसमा माओको उत्तराधिकारीको रूपमा नियुक्त गरिएको थियो, माओको हत्या गरेर र सैनिक कूँ गरेर सत्ता खोस्ने षडयन्त्र ग¥यो । यसलाई पार्टीमा रहेका क्रान्तिकारीहरूको सचेतता मार्फत असफल बनाइयो ।
यसपछि तै पनि, देंगजस्ता कट्टर संशोधनवादीलाई पार्टीभित्र र राज्य संयन्त्रणका उच्च पदहरूमा फिर्ता पुनःस्थापित गरियो । सांस्कृतिक क्रान्तिको अन्तिम अवधिका दौरान, त्यहाँ यस्ता पुँजीवादीपन्थीहरूका विरूद्ध फेरी संघर्ष भए र देंगलाई फेरी आलोचना गरियो र ९सेप्टेम्वर १९७६, माओको मृत्युको केही महिना पहिले उसलाई सबै पदहरूबाट हटाइयो । उसित तै पनि सत्ताको पदहरूमा उसका दलालहरूको संख्या घेरै थियो । यीनै धोखेबाजहरू जसले पार्टीमाथि कब्जा लिन कूँको योजना गरे र यसलाई माओको मृत्युपछि घेरै छिटै पुँजीवादी पुनस्थापनाको मार्गमा लगे । तिनीहरू नै थिए जसले सांस्कृतिक क्रान्तिलाई धोका दिए र अनि १९७६मा औपचारिक रूपले यसको अन्त्यको घोषणा गरे ।
यो कूँ र पुँजीवादको पुनस्थापनाले यद्धपि सांस्कृतिक क्रान्तिको सत्यताको मापनलाई खण्डन गर्नै सक्दैन् । यसको अलवा, यसको मार्गले, समाजवादी समाजको प्रकृतिमा माओका शिकाइहरूलाई सुनिश्चित गर्दछ र सर्वहाराको अधिनायकत्व अन्तरगत क्रान्तिको निरन्तरतालाई आवश्यक ठान्दछ । सांस्कृतिक क्रान्ति पुँजीवादको पुनस्थापना विरूद्ध संघर्षमा र माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्नलाई सैद्धान्तीक संघर्षमा विकसित एउटा वैज्ञानिक हतियार हो । यसको वैज्ञानिक मापन चीनीयाँ क्रान्तिको व्यवहारको परिक्षणमा स्थापित भइसकेको छ । यसको प्रभावकारीता एउटा समाजवादी देशमा पुँजीवादको पुनःस्थापनाको खतरा विरूद्ध संघर्षमा विशाल मासलाई परिचालन गर्नलाई एउटा हतियारको रूपमा प्रमाणित भएको पनि छ । यद्धपि, माओले आफै देखाएझै, अन्तिम विजयको सुनिश्चितता हतियारले दिन सक्दैन् । यसरी वास्तविकता हो कि पुँजीवादी पन्थीहरूले एउटा अस्थाई विजय प्राप्त गरेका छन्, यसको अर्थ समाजवादको रक्षा र समाजवादी निर्माणका लागि लडाइमा यो हतियारको आवश्यकता र प्रभावकारीताको आत्मगत सत्य कुनै पनि हालतमा खतम हुँदैन् ।
महान् सर्वहारा सांस्कृतिक क्रान्ति अन्तराष्ट्रिय सर्वहाराको शस्त्रागारलाई माक्र्सवाद–लेनिनवाद–माओवादको योगदानहरूको सवैभन्दा एउटा महत्वपूर्ण योगदान हो । यसले माक्र्सवादमा माओको महान् योगदानको व्यवहारमा कार्यान्वयनलाई प्रतिनिधित्व गर्दछ । माक्र्सवादमा माओको महान् योगदान भन्नाले पुँजीवादको पुनस्र्थापना रोक्न र नव संशोधनवादसंग लडन, सर्वहाराको अधिनायकतन्व अन्तरगत समाजवादलाई मजबुत गर्न निरँतर क्रान्तिको सिद्धान्त हो । यसको अन्तराष्ट्रिय सर्वहाराका निम्ति यसको महत्व वर्तमान विश्वमा नाप्न नसकिने छ जहाँ सबै समाजवादी आधारहरू कम्युनिष्ट पार्टी आफैभित्र पुँजीपतिको चालबाजीपूर्ण योजनाले गर्दा हराइ सकेका छन् । त्यसकारण माक्र्सवादको लेनिनको परिभाषा दोहो¥याउने समय आएको छ । लेनिनले एउटा माक्र्सवादीको परिभाषा गर्दै भन्नु भएको थियो कि एउटा माक्र्सवादी भनिनका लागि वर्गसङ्र्घलाई स्विकार गर्नु काफी थिएन् । उहाँले भन्नु भएको थियो कि माक्र्सवादी त्यसलाई भनिन्छ जसले वर्गसङ्र्घ र सर्वहाराको अधिनायकत्व दुवैलाई मान्नेता दिन्छ । आजकल माक्र्सवादी हुनका लागि वर्ग सङ्र्घ र सर्वहाराको अधिनायकत्वलाई स्विकारनु मात्रै काफी हुँदैन्, एउटा माक्र्सवादी भनिन उसले महान् सर्वहारा सांस्कृतिक क्रान्तिका आधारभूत बुझाइ स्विकार गर्नु पर्दछ ।
यसरी, केबल त्यो मात्रै एउटा माक्र्सवादी हो जसले वर्ग संघर्षको स्किारोक्तिलाई बढवा दिन्छ र यसरी जतिसक्दो छिटो विश्व क्रान्ति र कम्युनिष्ट समाज निर्माणको लक्ष्यसित उच्च संरचनामा निरन्तर क्रान्तिको मान्यतालाई वर्ग संघर्ष र सर्वहाराको अधिनायकत्वको मान्यतालाई जसले विस्तार गर्दछ ।






























