जोसेफ भिसारिनोभिच स्टालिनको जन्म १८, डिसेम्बर १८७९ र मृत्यु १९५३ मा भएको थियो । ७४ वर्ष सम्म उनी जीवित रहे । पार्टीमा उनको सक्रिय भूमिका थियो ।अक्टुबर क्रान्ति पछि स्थापित सोभियत सत्ता र कम्युनिष्ट पार्टीमाथि सम्पूर्ण प्रतिक्रियावादी शक्ति देशी विदेशी चारैतिरबाट यसलाई नष्ट गर्न समाप्त पार्न लागि रहेका थिए । ती मध्ये एउटा थियो श्वेत गार्ड यसले सम्पूर्ण उपलब्धि नष्ट गर्ने स्थिरता कायम हुन नदिन सक्दो चेष्टा गरिरहेको थियो । अर्कोतिर पार्टी भित्र घुसेका विभाजनकारीहरु सक्रिय थिए । यो स्थितिबाट लेनिनलाई सारै संकट र चुनौती सामना गर्न परिरहेको थियो ।एकपटक उनले गञ्जागोल अवस्था भन्दा पार्टी विभाजनलाई उचित ठानी सकेका थिए । तर तुरुन्त सचेत भएर सोच्न थाले । पार्टी फुट भन्दा यसभित्र रहेको मत भिन्नतालाई सुस्त सुस्त साम्य पार्नु उचित हुने देखे । जसबाट पार्टीको केन्द्रीय समितिमा स्टालिन र ट्राटस्कीबीच तीब्र मतभेद बढेको थियो । मतभेद साम्य पार्न लेनिनले एउटा सूत्र प्रस्ताव गरे जसमा सबैको सहमति बन्यो । त्यो थियो केन्द्रीय कमिटीमा ५० देखि १०० सम्मको सदस्य संख्या वृद्धि गर्ने काम ।
त्यसपछि स्टालिन पार्टीको महासचिवमा नियुक्त भए । यो १९२२ तिरको कुरा हो । स्टालिन र ट्राटस्की त्यसबेलाको केन्द्रीय समितिमा प्रतिभाशाली व्यक्ति मानिन्थे ।एउटाको क्षमता पार्टी सन्चालन गर्नमा, अर्काको प्रतिभा प्रशासनिक क्षेत्रमा । समय बित्दै जाँदा ट्राटस्की त्यसबेलाको केन्द्रीय समितिमा प्रतिभाशाली व्यक्ति मानिन्थे ।ट्राटस्कीको प्रतिभाले पार्टीमा फुट हुन सक्ने लेनिनले देख्न थाले र भन्दै गए यदि यो स्थिति रोकिएन भने पार्टी एकाएक विभाजनको शिकार हुनेछ । हुन पनि त्यस्तै भयो । अक्टुबर १७को क्रान्ति भन्दा पहिले केन्द्रीय समितिको बैठक १० अक्टुबर र १६ मा बसेको थियो । उक्त बैठकमा लेनिनले सर्वहारा वर्गको सत्ता हात पार्न सशस्त्र युद्धको आवश्यकता पर्न गएको प्रस्ताव पेश गरेका थिए । तर २ जना केन्द्रीय सदस्य संख्या वृद्धिबाट आएका अथवा पहिले देखि जमि बसेका जे हुन सदस्य एस वाइ जनोभिउ र आइ भि होमेन्यूले त्यस प्रस्तावको विरोध गरे । उनीहरुको तर्क थियो समय आएको छैन । उक्त बैठकले लेनिनको सशस्त्र युद्धको प्रस्ताव बहुमतले स्वीकार ग¥यो । केसको निर्णयको गोप्यतालाई भङ्ग गरी ती दुवैले मेन्सिेविक पत्रिकामा प्रकाशित गरिदिए । सबैलाई जानकारी गराए । यस्तो अवस्थामा एककाएक भएको होइन किनकि ट्राटस्की पहिले देखिनै बोल्सेविक नीति त्यागि सकेका रहेछन् ।
गोप्य रुपले काम गर्नेलाई झन् सकिदो रहेनछ भन्ने थाहा हुन गयो । लेनिनले अन्य धेरै सदस्यहरुको एक क्षमता भएकोमा प्रसंशा गरेका छन् । तर उनीहरुमा भएको एकपक्षीय धारणासँग सन्तुष्ट देखिदैनथे । केसको केही सदस्यहरु स्टालिनमा रहेको क्रुर स्वभाव, असैह्य व्यवहारका कारण महासचिव पदबाट हटाउन चाहन्थे । लेनिन पनि उनको व्यवहार उचित भएको मान्दथे तर स्टालिनको पक्षमा उभिए । त्यसैले प्रश्न गरे केसका सदस्यहरुलाई सैह्य हुने भन्दा नरम व्यक्ति आवश्यक छ कि पार्टीलाई बलियो बनाउने एकता कायम गर्न सक्ने दक्षिणपन्थी संशोधनकारी मेन्ेसेविकबाट पार्टीलाई हुने हानी नोक्सानी रोक्न सके ? आखिरमा स्टालिनको महासचिव पद डगमगाएन ।
लेनिनपछि, १९२४, पछि समाजवादी व्यवस्था रुसमा बलियो बनाउने राजनैतिक ,आर्थिक ,साँस्कृतिक भार स्टालिन र उनको नेतृत्व रहेको रसियन कम्युनिष्ट पार्टी माथि पर्ने नै भयो । स्टालिनले पनि दृढतापूर्वक यो भार सम्हाले । त्यसैले विश्वमा प्रतिक्रियावादी संशोधनवादी साम्राज्यवादी शक्तिले उनलाई आजसम्म पनि उग्र संशोधनवादी साम्राज्यवादी शक्तिले उनलाई आजसम्म पनि उग्र तानाशाह हत्यारा भन्दै भ्रम फैलाई रहेका छन् । आफ्नो शोषण दमन र आक्रमणकारी चरित्र छिपाउन उल्टो आरोप स्टालिनमाथि थोपरेको छन् । उनी तिनीहरुका न. १ शत्रु नै थिए । किनकिm अतिविकसित देश (अमेरिका ,युरोप ) एकातिर एउटा मात्र देश रुस समाजवादी बाटोतिर ती लुटाहाहरुलाई जरैबाट उखेल्ने निजी पुँजीको उन्मूलन गर्न तिनका काम नगरी खाने वर्गलाई काम गराउन शासक लाई शासित बनाउन सबै अपार सम्पत्ति मालिकबाट खोसी बहुसंख्यक सर्वहारा वर्गको विभिन्न प्रयोग गर्न सर्वहारा किसान समस्त शोषित पीडितको हातमा सौपन लागेको देख्दा किन छटपटी नहोस् । कसरी चित्त बुझोस ? भित्र बाहिरका सबै शक्ति रुसमा नव स्थापित राजनैतिक ,आर्थिक , सामाजिक व्यवस्था पल्टाउन र पुरानै व्यवस्था बहाल गर्न चाहन्थे ।
तर स्टालिन जस्तो लौह पुरुष र तिनको नेतृत्वमा संचालित रुसी कम्युनिष्ट पार्टीलाई कसैले विचलित गर्न सकेनन् । अवश्य पनि हो स्टालिन तानाशाह थिए । यसलाई ढाकछोप गर्न पर्ने आवश्यकता छैन । डराउन पर्ने जरुरत छैन । तर कसका लागि तानाशाह थिए । ९० प्रतिशत जनताका लागि कि १० प्रतिशत ? दुई दुई वटा नरसंहारकारी युद्ध स्टालिनले गराएको हो कि अमेरिकी ,जर्मन गुटले ? यो कसले हेरिदिने हो ? कसले फैसला गर्ने हो ? के तथ्य ,सत्य नबुझिकन बकबकाउन सुहाउँछ यो त पूर्वाग्रह मात्र भएनर ? स्टालिन त श्रमिक सर्वहारा गरिब थिए । समस्त शोषित पीडितकालागि प्रजातान्त्रिक व्यक्ति थिए । लेनिनले पेश गरेको केन्द्रीय कमिटीले अनुमोदन गरेको नयाँ आर्थिक नीति जुन समाजवादी व्यवस्था दरिलो बनाउन खुड्किलोको रुपमा थियो । त्यसको जिम्मेवारी स्टालिन कै काँधमा प¥यो ,उनी पनि बिना हिचकिचाहट घर समाज बाधा अवरोधलाई उछिन्दै अगाडि बढे । सबै औपनिवेशिक,साम्राज्यवादी शक्तिद्वारा घेरिएको मुलुक रुसमा उद्योग कृषि राष्ट्रिय व्यापार, शिक्षा ,स्वास्थ्य , विद्युतीकरण आर्थिक ,कारोबारको निम्ति सार्वजनिक बैंकिङ व्यवस्था रोजगारविहीन , जनतालाई विना भेदाभाव रोजगारी उपलब्ध गराउने काम र विश्वलाई अधिनस्थ राख्न निर्माण गरिएका विनासकारी हतियार र पारमाणविक हतियार विज्ञान र प्रविधिबारे आविस्कारले गर्दा धमाधम प्रभुत्ववादी शक्ति निर्माण गर्दै थिए । त्यसको टक्करमा छिट्टै नै रुस पनि आफ्नो देश र विश्वमा शक्ति विहीन राष्ट्रहरुलाई बचाउन,रक्षा गर्न तिनीहरुको एकाधिकार खोस्न समर्थवान भयो । शक्ति सन्तुलनमा ठूलो परिवर्तन देखा प¥यो । अब शक्ति विहीन राष्ट्रहरुले रुसलाई एउटा बलियो खम्बाको रुपमा हेर्न थाले । एकहोरो शक्ति प्रयोग अब कामयाव रहेन । जहाँ संख्या घट्छ त्यहाँ रुसको उपस्थिति हुनै पर्ने थियो । रुसमा यो अवस्था ल्याउने श्रेय स्टालिन र रुसी कम्युनिष्ट पार्टीलाई जान्छ ? अर्कोतिर विश्व कम्युनिष्ट आन्दोलन ,सर्वहारा वर्गको क्रान्ति विस्तार गर्न क.स्टालिन सदा सर्वदा व्यस्त रहन्थे । माक्र्सवादी साहित्य वितरण गर्न उनले ठूलो शक्ति लगाए ।
विभिन्न देशमा कम्युनिष्ट पार्टीको संगठन निर्माण गर्न प्रेरित गरे। सम्बन्धित देशका कम्युनिष्ट नेतृत्वलाई आफ्नै देशमा आमन्त्रण गरेर मालेमावादी शिक्षा , तालिम व्यवस्थाको प्रबन्ध मिलाए दोस्रो इन्टरनेश्नल संशोधनवादीको आक्रमणमा परी सेलाएको थियो । १९२१ मा फेरि लेनिनको सक्रियतामा तेस्रो इन्टरनेश्नल गठन गरियो । स्टालिनले त्यसलाई पनि १९४३ सम्म हाँक्दै लगे र विश्व परिस्थितिमा केही संकट आउँदा त्यो संगठन त्यही समाप्त भयो । उता अर्कोतिर चीनमा घरेलु प्रतिक्रियावाद सामन्तवाद बाह्य रुपमा जापानी साम्राज्यवादको आक्रमणले गर्दा १९२४ देखि ती तत्वबाट मुक्ति पाउन सशस्त्र संघर्ष तीव्र गतिमा बढ्दै थियो । चिनी कम्युनिष्ट पार्टी र माओत्सेतुङको नेतृत्वले पनि जापानलाई समर्पण गर्न बाध्य तुल्याएको थियो । त्यसमा रुसी सेना धन सबै सहयोगको प्रमुख भूमिमा रहेको छ । सायद रुसी सहयोग समयमै पुग्न नसकेको भए जापानी साम्राज्यवादले त्यति चाँडै हार स्वीकार गर्ने थिएन । चिनी जनता र कम्युनिष्ट पार्टीलाई अलि समय लाग्थ्यो । होला धेरै देशमा कम्युनिष्ट सत्ता स्थापित भएको थियो तर तलैदेखि सर्वसाधारण वर्ग संघर्षको अभावले गर्दा चीन मात्र हाल यस्तो देश भयो । जहाँ जनसंघर्ष र सशस्त्र संघर्षको निरन्तर जोडले गर्दा संयन्त्र जनताको हातमा फेला प¥यो ।
एकाधिकार पुँजीवादी शक्तिमा आपसी अन्तरविरोधका कारण १९३९ देखि दोस्रो विश्व युद्ध थालनी भएको थियो । एकातिर जर्मनी गुट हिटलरको नेतृत्व अर्कोतरि अमेरिकी नेतृत्वको गुट युरोप युद्धको गति विषण रुपमा थियो जनधनको क्षतिको तथ्याङक पेश गर्न सकिँदैन। साथै दुवै गुट हार खाइसकेका थिए । थाकी सकेका थिए । रुसी नेता स्टालिनले पनि यो स्थितिको गहिरो अध्ययन गरिरहेका थिए । उनले युद्ध समाप्त गर्न पर्छ कि भन्ने केही संकेत थाहा दिएका थिए । अमेरिकी गठबन्धन स्टालिनसँग अतिछिटो सम्बन्ध राख्न थाल्यो । यसरी वार्ताहरु हुन थाले । जर्मन गठबन्धन यो स्थितिबाट धेरै सशंकित हुन गयो । उसलाई कमजोरी महसुस भयो । वार्ताको प्रस्ताव ल्याइयो । हिटलरसँग लड्ने वा आत्मसमर्पण गर्ने बाहेकको उपाय रहेन । उसले युद्ध समाप्त गर्ने प्रस्ताव स्वीकृत ग¥यो । आत्म समर्पण ग¥यो । वार्ताहरु हुँदै गए । शान्ति सम्झौतामा हस्ताक्षर गरियो । यसरी दोस्रो विश्वयुद्ध समाप्त भयो । जसरी लेनिनले प्रथम महायुद्ध समाप्त गर्न प्रमुख भूमिका खेलेका थिए । त्यसरी लेनिनले प्रथम महायुद्ध समाप्त गर्न प्रमुख भूमिका खेलेका थिए । त्यसरी स्टालिन दोस्रो युद्धका मध्यस्थकर्ता भए । चीनबाट जापानी साम्राज्यवादले आत्मसमर्पण गर्न यो भूमिकाको महत्वपूर्ण माग विश्व सामु स्पष्ट छ ।





























