सर्वहारावर्गीय क्रान्तिकारी पार्टीको निर्माणवारे लेनिनको योजना

सर्वहारावर्गीय क्रान्तिकारी पार्टीको निर्माणवारे लेनिनको योजना

हुकुमबहादुर सिंह

भूमिका
लेनिन निर्वासनबाट आएपछि उहाँका अगाडि अति जरूरी र जल्दोबल्दो कार्य क्रान्तिकारी सर्वहारा पार्टीको निर्माण थियो । द रसियन सामाजिक प्रजातान्त्रिक लेबर पार्टी(आरएसडिएलपी) १८९८मा गरिएको कांग्रेसव्दारा औपचारिक रूपले स्थापना गरिएको थियो, जसमा केबल ९ जना प्रतिनिधिहरू थिए । तै पनि कांग्रेसले निर्वाचित गरेको केन्द्रीय समिति धेरै छिटो गिरफ्तार गरियो । यद्धपि पार्टीको झण्डा यो कांग्रेसले घोषणा गरेको थियो कि यसले सबै समूहहरूलाई एकतावद्ध गर्न वास्तवमा असफल भयो र एउटा पार्टी संगठनात्मक संरचना निर्माण गर्न सकेन् । यसरी १९००का लागि यो कार्य बाकी रहन गयो ।
जब लेनिन निर्वासनमा हुनुहुन्थ्यो, त्यही समयमा पार्टी निर्माणको लागि विस्तृत खाका बनाइएको थियो । यसका लागि लेनिनले महसुस गरेको कुरा के थयो भने अखिल रसियन राजनीतिक समाचार पत्रको स्थापनाको आवश्यकता थियो । लेनिनले प्रस्ताव राख्नु भएको थियो कि राजनैतिक रूपले र संगठनात्मक रूपको एउटा मात्रै मार्ग जसले त्यसवेलामा छरिएर रहेका माक्र्सवादी अध्ययन सर्कलहरू, माक्र्सवादी समूहहरू र माक्र्सवादी संगठनहरूलाई एकतावद्ध गर्न एउटा राजनीतिक समाचारपत्रमार्फत सम्भव छ । यो समाचारपत्रले तत्कालै सबै अवसरवादी भड्कावहरूका विरूद्ध लड्दै र सही लाइनलाई प्रस्तुत गरेर रसियाभरका सबै विभिन्न सेलहरूलाई एक आपसमा राजनीतिक सम्वन्ध स्थापित गर्न सक्षम हुने छ । त्यसैगरी एउटा अवैधानिक पत्रिकालाई गोप्य तरिकाले वितरणको कठिन कार्यले रसियन गुप्तचर पुलिसको दमन सामना गर्नमा तालिम प्राप्त आफै एउटा भूमिगत संगठन निर्माण गर्न सक्षम हुने छ । लेनिनले पार्टी कंग्रेसको आव्हान गर्नुभन्दा अगाडि नै यो कार्यक्रमलाई पहिलो कार्य बनाउन चाहानु हुन्थ्यो किनभने संशोधनवादी र अवसरवादी प्रवृतिहरू जसले वितेका वर्षहरूमा भएका आन्दोलनहरूमा उनीहरूका टाउकाहरू उठाइसकेका थिए, तिनलाई पराजित गर्नु पहिलो आवश्यकता थियो ।
लेनिनको योजना ः
सर्वहारावर्गीय क्रान्तिकारी पार्टीको निर्माण वारे लेनिनको योजना निम्न रुपमा प्रस्तुत गरेको पाइन्छ ः
प्रथम रसियाका विभिन्न शहरहरूमा रहेका संघर्षका लिगहरूद्धारा र समाजवादी लोकतान्त्रिकहरूको कन्फरेन्स जसमा उहाँले माथि उल्लेखित आफ्नो योजनालाई बहसका लागि व्यवस्था गर्नु भएको थिया,े त्यसमा बहसगरेर स्विकृत गर्नु थियो । यो योजनामा उहाँका प्रमुख सहयोगीहरू सेन्ट पिटसवर्गको केन्द्रीय समूहका सदस्यहरू मार्तोभ र पोट्रेसोभ जसलाई गिरफ्तार गरेर साइवेरियामा सोही समयमा जुन समयमा लेनिन त्यहाँ हुनुहुन्थ्यो पठाइएको थियो । योजना अनुसार पत्रिकालाई देश बाहिरबाट प्रकाशित गर्ने थियो, किनभने रसियाभित्रबाट यसलाई प्रकाशित गर्ने काम ज्यादै कठिन थियो । लेनिनले यो अभिप्रायका लागि प्लेखानोवको लेवर समूहको मुक्ति नामक संगठन, जो पहिले देखि नै रुस बाहिर अस्तित्वमा थियो, सित एकतागर्ने योजना पनि थियो । सम्पादकीय बोर्ड सदस्यहरूमा ६जना सदस्यहरू थिए जसमा तीन जना रुस बाहिर रहेको लेवर समूहको मुक्तिबाट र तीन जना रसियाभित्रबाट जसमा लेनिन, मार्तोव र पोट्रेसोव थिए । सबै व्यवस्थापनहरू गरिसकेपछि पत्रिकाको पहिलो अंक डिसेम्वर १९००मा बाहिर आयो ।
यसलाई इष्क्रा (माने नेपालीमा झिल्को) भनियो । यसको टाइटल पेजमा १८२५को पहिलो रसियन पुँजीवादी क्रान्तिकारहिरूका शब्दहरू– इष्क्रा (झिल्को) एउटा ज्वाला बाल्ने छ भन्नेलाई राखियो । इष्क्रा विभिन्न समयमा विभिन्न देशहरू–जर्मनी, इगलैण्ड र स्टिजरलैण्डमा छाप्ने काम भयो । यसलाई सिधै रसियामा कहिल्यै पठाइएन् बरू जवसम्म रसियाभित्र रहेको गोप्य इष्क्रा समितिमा तिनीहरू पुग्ने अवस्थामा हुँदैनन्थे, त्यसलाई एकदमै घुमाउरो बाटोहरू हुँदै पठाउने गरियो । पत्रिका वितरकहरूका लागि गुप्त पुलिसलाई छल्नु एउटा एकदमै कठिन काम थियो र यदि इष्क्राका गुप्तरूपले निकाशी पैठारी गर्नेहरू समातिए भने तिनीहरूलाई सिधै साइवेरियाको निर्वासनमा पठाइन्थ्यो । इष्क्रा मजदुर वर्ग प्रशिक्षण गर्नका लागि एउटा प्रमुख औजार थियो, किनभने पत्रिकामा प्रकाशित लेखहरू पढेर विभिन्न अध्ययन सर्कलहरूमा स्कूलिंग (लेकचर सहित कक्षा लिने ) चलाइने गरिन्थ्यो । इष्क्रा वितरकहरूले गोप्य रुपले इष्क्रा लिफलेटसका रूपमा पनि वितरण गर्ने प्रत्येक अवसरहरूको उपयोग गर्ने गर्दथे । तिनीहरूलाइ केबल कारखानाहरूमा मात्रै वितरण गरिएन बरू गल्लीहरू, नाचघरहरू, फौजी व्यारेकहरू र हुलाकहरूमार्फत पनि वितरण गरिए । ठूला शहरहरूमा तिनीहरूलाई गल्लीहरूमा छरिए अथवा बाल्कोनीबाट तल नाचघरहरूमा छरिए । स्थानीय स्तरमा तिनीहरूलाई राती अवेरा र विहानै कारखानाका चोकचोकहरू र पानी थाप्ने ठाउँहरूमा जहाँ तिनलाई मानिसले विहानै देख्न सक्दथे, राखियो । प्रत्येक यस्ता अपरेशनपछि जसलाई सोयिंग(कयधष्लन) भन्ने गरिन्थ्यो, एउटा निस्चित चिन्ह नजिकका पर्खालमा लगाउने गरिन्थ्यो ताकि रातीको कामको असर, प्रभावको पुरा प्रतिवेदन विहानमा पाउन सकिन्थ्यो । ससाना नगरहरू र गाउँहरूमा, इष्क्रा पर्चाहरूलाई बजार लाग्ने दिनहरूमा किसानका हलोहरू र पर्खालहरूमा टाँसिएका हुन्थे । यी सबै खतरापूर्ण काम थिए किनभने पत्ता लाग्दा वित्तिकै गिरफ्ता र साइवेरियाका लागि निर्वाशनको सम्भावना थियो । यो काममा संलग्न कमरेडहरूले सुस्त–सुस्त लेनिनको सर्वहारा पार्टी निर्माणको योजना मुताविक त्यसको आधारमा प्रोफेशनल क्रान्तिकारीहरूको टिम निर्माण गर्न सुरू गरे ।
पार्टीको संरचना र वनावटलाई, लेनिनले विचार गर्नु भयो कि यसका दुई भागहरू— एउटा नेतृत्वदायी पार्टि कार्यकर्ताहरूको नियमित क्याडरहरूको एउटा नजिकको सर्कल । खासत प्रोफेशनल क्रान्तिकारीहरू, त्यो भनेको, पार्टी काम देखि वाहेक अन्य सबै पेशाहरूबाट स्वतन्त्र र कम्तिमा पनि न्यूनतम सैद्धान्तिक ज्ञान भएका, राजनीतिक अनुभव भएका, संगठनात्मक व्यावहार भएका र जारशाही पुलिससित लडने र सामना गर्ने कला भएका पार्टी कार्यकर्ताहरू ।
दोस्रो स्थानीय पार्टी संगठनहरूको एउटा चौतर्फि सञ्जाल भएको र मजदुर र जनताको सयौ–हजारौको समर्थन भएको । जब यस्तो पार्टी निर्माणको प्रक्रिया इष्क्राको मद्तमार्फत अगाडि बढिरहेको थियो, लेनिनले उहाँका लेखहरू र किताबहरूमार्फत यो प्रक्रियालाई दिशा निर्देसन गर्नु भयो । खासगरी लेनिका महत्वपर्ण लेखहरु कहाँबाट सुरू गर्ने ?, के गर्ने ? र संगठनात्मक प्रश्नहरूमाथि कमरेडलाई लेखएका चीठी थिए । यी कामहरूमा लेनिनले सर्वहाराको वैचारिक र संगठनात्मक आधार बसाल्ने काम गर्नु भयो ।
संगठनात्मक प्रश्नहरू बाहेक लेनिनले गरेको एउटा अर्को प्रमुख लडाई अर्थशास्त्रीहरू, जसले मजदुरहरूको आर्थिक संघर्षलाई मात्रै काम गर्ने सामाजिक प्रजातान्त्रिक पार्टी बन्देज गर्न चाहन्थे, तिनका विरूद्धको लडाई थियो । तिनीहरू रसियामा लेनिनको निर्वासनको दौरानमा शक्तिमा बढेका थिए र लेनिनले महसुस गर्नु भएको थियो कि पार्टी कंग्रेस सुरूहुनुभन्दा पहिले आर्थिकवाद (अर्थवाद)लाई वैचारिक रूपले पराजित गरिनु पर्दछ । उहाँले तिनीहरूमाथि सिधै आक्रमण सुरू गर्नु भयो खासगरी उहाँको अति महत्वपूर्ण के गरिनु पर्दछ ? भन्ने किताब मार्फत उक्त काम गरियो । लेनिनले उक्त कितावमार्फत पर्दाफास गनर्् भयो कि कसरी अर्थशास्त्रीहरूका विचारहरूको अर्थ मजदुर वर्गका निरन्तरतालाई नमस्कार गर्ने गर्दछन् र पार्टीको नेतृत्वदायी भूमिका र सचेतताको भूमिकालाई इन्कार गर्ने गर्दछन् । उहाँले देखाउनु भयो कसरी पुँजीवादलाई मजदुर वर्गको दासता तर्फ यसले लैजाने गर्दछ । जब माक्र्सवाद प्रशिक्षीत गरिरहदा, क्रान्तिकारी पार्टीलाइ अर्थशास्त्रिहरूले सामाजिक सुधारको एउटा पार्टीभित्र्र बदल्न चाहन्थे । लेनिनले यसरी देखाउनु भयो कि कसरी अर्थशास्त्रिहरू बर्नस्टिन शंसोधनवादका अवसरवादी प्रवृतिका पक्षका रसियन प्रतिनिधि थिए । लेनिनको उक्त किताब, रसियामा व्यापक वितरण गरिएको थियो, अर्थवादलाई कडारूपले पराजित गर्न सफल भयो । यसले यसप्रकार सिद्धान्तहरूलाई स्थापित ग¥या,े जुन पछि गएर बोल्सेविक पार्टीको वैचारिक जग बन्यो ।
रसियन समाजवादी प्रजातान्त्रिक मजदुर दल(आरएसडिएल्पी) भित्र बेल्सेविक प्रवृितको वास्तविक जन्म जुलाई–अगस्त १९०३मा भएको दोस्रो पार्टी कंग्रेसमा भयो । कग्रेसमा प्रमुख बहस पार्टीको प्रकृति कस्तो हुनु पर्दछ र यसरी पार्टीमा कसलाई सदस्यता दिइनु पर्दछ भन्ने सम्वन्धमा थियो । लेनिन जसको दिमागमा एउटा कसिलो,प्रभावकारी प्रोफेशनल क्रान्तिकारी आधारित पार्टीको प्रस्ताव रहेको थियो ताकि सबै सदस्यहरूले पार्टी संगठनहरूको कुनै एकमा काम गर्नु पर्दछ । मार्तोभले, अर्कोतीर, उसको मोडल खुकुलो काम गर्ने कानुनी पार्टीहरू, जुन त्यो समयमा दोस्रो अन्तराष्ट्रियमा सामान्य भएको थियो । उसले यसरी सदस्यका लागि खुकुलो क्राइटेरिया प्रस्ताव ग¥यो, जसले कुनै पनि व्यक्ति पार्टी कार्यक्रम स्विकार ग¥यो र आर्थिक रूपले सहयोग ग¥यो भने पार्टी सदस्यका लागि योग्य हुन्थ्यो । उ यसरी कुनै पनि पार्टी शुभेच्छुकलाई पार्टी सदस्यता दिनलाई तयार थियो । यो प्वाइन्टमाथिको भोटमा बहुमत पार्टी सदस्य मार्तोभसित थिए । यद्धपि पछि जब केही अवसरवादी पक्षहरूले कंग्रेस बहिष्कार गदै कंग्रेसाट बाहिरीए, बहुमत लेनिनको पक्षमा आयो । यो केन्द्रीय समितिको निर्वाचनहरूमा परावर्तित भयो र इष्क्राको सम्पादक मण्डलमा, जुन लेनिनको प्रस्तावहरू अनुसार गयो । दुई समूहहरू बीचको फरक यद्धपि बलियो रहयो र कंग्रेसपछि समेत निरन्तर रहयो । त्यससमय देखि लेनिनका अनुयायीहरू, जसले कंग्रेसमा निर्वाचनहरूमा भोटहरूको बहुमत प्राप्त ग¥यो , बोल्सेविकहरू(जसको अर्थ रसियन भाषामा बहुमत हो) भन्न थालियो । लेनिनका विरोधीहरू, जसले भोटहरूको अल्पमत प्राप्त गरे, मेन्सेविकहरू( जसको अर्थ रसियन भाषामा अल्पमत हो) भन्न थालियो ।
कंग्रेसपछि लगत्तै मेन्सेविकहरूले तोडमरोडहरू र विभाजनका कृयाकलापहरू सुरू गर्न थाले । यसले पार्टी भित्र र बाहिर प्रसस्त भ्रमहरू सृजना ग¥यो । भ्रमहरूलाई स्पष्ट पार्नका लागि, लेनिनले, मे १९०४मा उहाँको प्रशिद्ध किताब, एक पाइला अगाडि, दुई पाइलाहरू पछाडि प्रकाशित गर्नु भयो । यसले दुवै कंग्रेसको दौरान र कंग्रेसपछि अन्तर–पार्टी संघर्षको एउटा विस्तृत विश्लेषण दियो र त्यो आधारमा सर्वहारा पार्टीको प्रमुख संगठनात्मक सिद्धान्तहरू, जुन पछि बोल्सेविक पार्टीको संगठनात्मक जगहरू बन्यो । यो किताबको सर्कुलेसनले पार्टीको स्थानीय संगठनहरूको बहुमत बोल्सेविकहरूको पक्षमा ल्यायो । यद्धपि केन्द्रीय संस्थाहरू, पार्टीको मुखपत्र र केन्द्रीय समिति मेन्सेविकहरूको हातमा गया,े जो कंग्रेसका निर्णयहरूलाइ हराउन ह्दयदेखिनै प्रतिवद्ध थिए । बोल्सेविकहरूलाई यसरी उनीहरूको आफ्नै समिति गठन गर्न र उनीहरूको आफ्नै मुखपत्रका लागि वाध्य पारियो । दुवै समूहहरूले उनीहरूका आफ्ना कंग्रेस र कन्फरेन्स आयोजनाका लागि वेग्ला वग्लै तैयारीहरू गर्न सुरू गरे । यी कंग्रेस र कन्फरेन्सहरु १९०५मा आयोजना गरिए । पार्टीमा विभाजन पुरा भयो । यद्धपि पार्टीको लत्तो स्तरका समितिहरु जसलाई पार्टीको आधार(जगहरू भनिन्छ) सांचो क्रान्तिकारी पार्टी–एउटा नयाँ प्रकारको सर्वहारा पार्टीको निर्माणका लागि बसाली सकिएको थियो ।
singhhukum683@gmail.com