काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समितिका सल्लाहकार सदस्य बुद्धिमाया तामाङ् (माया तामाङ) तथा जिल्ला समिति सदस्य सुमित्रा तामाङकी ममतामयी आमाको ४९ वर्षको उमेरमा अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारको क्रममा काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा कार्त्तिक १ गते बेलुका भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी प्रशिद्धले जारी गरेको शोक वक्तव्यमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। शोक वक्तव्यमा भनिएको छ, “पार्टी, क्रान्ति र समुन्नत समाज निर्माणप्रति वहाँको महान लक्षको उच्च मुल्यांकन र अनुसरण गर्ने प्रतिबद्धता गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।”
वक्तव्यमा सोही दिन पार्टीका पीवीएम एवं पार्टीका ८ नं ब्यूरो इन्चार्ज सरोज र नुवाकोट जिल्ला सचिव प्रसिद्धले संयुक्त रुपमा पार्टीको झण्डा, फूलमाला र खादा ओडाएर मृतकप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको उल्लेख गरिएको छ ।































