बनेपा ,काभ्रे। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर क्षेत्रीय ब्युरोको आयोजनामा पार्टीका सक्रिय सदस्यहरूलाई लक्षित गरी आधारभूत वैचारिक प्रशिक्षण कार्यक्रम शुरु भएको छ। २० भदौसम्म चल्ने उक्त प्रशिक्षणमा केन्द्रिय नेताहरुले विभिन्न विषयमा प्रशिक्षण दिने भएका छन्।
स्थायी समिती सदस्य राजबिरले प्रशिक्षणमा लेनिनवादी संगठनात्मक सिद्धान्त, पार्टी सदस्यताको आधार, संगठनात्मक सिद्धान्त, जबस र पार्टीको सम्बन्ध, विधान, नियमावली तथा आचारसंहितासम्बन्धी विषयमा प्रशिक्षण दिने छन ।
त्यसैगरी, स्थायी समिति सदस्य सुदर्शनले दर्शन, नेपाल कम्युनिस्ट आन्दोलन इतिहास, राजनीति कार्यदिशा र सामरिक कार्यदिशासम्बन्धी प्रशिक्षण दिनेछन्। स्थायी समिति सदस्य बसन्तले राजनीतिक अर्थशास्त्र, शब्दपरिचय, उपनिवेश–अर्धउपनिवेश, उदारवाद–नवउदारवादबारे प्रशिक्षण दिनेछन्।
पोलिट्ब्युरो सदस्य प्रीतमले विश्व कम्युनिस्ट आन्दोलन, धर्म र संस्कृति, पोलिट्ब्युरो सदस्य एस।टी।ले अतिरिक्त मूल्यको सिद्धान्त, ऐतिहासिक भौतिकवाद र अर्थ–राजनीतिको विषयमा प्रशिक्षण दिनेछन्। त्यस्तै पोलिट्ब्युरो सदस्य दर्पणले संशोधनवाद र नेपालको संशोधनवादबारे प्रशिक्षण दिने कार्यक्रम छ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन स्थायी समिति सदस्य तथा स्कुल विभाग प्रमुख राजवीरले गरेका थिए। उद्घाटन सत्रमा स्थायी समिति सदस्य सुदर्शन र १० नम्बर ब्युरो इन्चार्ज प्रवेशले प्रशिक्षणको महत्वबारे मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन ब्युरो सचिव विकासले गरेका थिए भने प्रशिक्षणमा १० नम्बर ब्युरोअन्तर्गत ४० जना प्रशिक्षार्थी सहभागी भएका छन।
































