क्रान्तिकारी कम्युनिस्ट पार्टी पाँच नम्बर व्यूरोको प्रशिक्षण उदघाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाँच नम्बर व्यूरोको प्रशिक्षण उदघाटन

काठमाडौ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँच नम्बर व्यूरोद्वारा आयोजित प्रशिक्षण नवलपरासीको बर्दघाटमा उदघाटन भएको छ । पार्टी स्थायी समिति सदस्य एवं स्कुल विभाग प्रमुख राम सिंं श्रीसले ब्यानर वाचन र पार्टीको झन्डा फहराएर उदघाटन गर्नुभयो ।

कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुदर्शन कृष्ण राज पौडेल , पोलिटब्युरो सदस्य परी थापा , सिताराम तामाङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा ब्युरो इन्चार्ज प्रेम सुबेदी, केन्द्रीय सल्लाहकार युवराज न्यौपानेको आतिथ्यता रहेको थियो । दुई दिने प्रशिक्षणमा दर्शनशास्त्र,ऐतिहासिक भौतिकवाद, नेपालको कम्युनिस्ट आन्दोलन, तात्कालिक राजनैनिक परिस्थिति लगायतका विषय समावेश छन् । उदघाटन कार्यक्रम पार्टीका पार्टी नम्बर ब्युरो सचिव जितामित्र सुनारको अध्यक्षता, पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाको संचालन बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयको स्वागतमा भएको थियो । प्रशिक्षणमा ब्यूरो अन्तरगतका ६ जिल्लाका नेता कार्यकर्ता सहभागी छन्।