अबिछिन्नरुपमा बिश्व साम्राज्यबादलाई त्यसको नाकै मुनि अर्थात् ९० किलोमिटरको दूरीमा रहेर ललकार्ने क्यूवाली क्रान्तिका महानायक हुन् फिडेल क्याष्ट्रो । यथार्थतः २०औ शताब्दीका एक उच्चकोटीका आदर्श क्रान्तिकारी नेता फिडेल क्याष्ट्रोले आफ्नो ५५ बर्षको राजनीतिक जीवन यात्रामा असाधारण क्रान्तिकारी संघर्षको अनुकरणीय प्रतिमान कायम गर्दै र अनेक उतार चढाव ब्यहोर्दै सफलतकासाथ समस्याहरुको सामना र समाधान गरे । त्यस क्रममा उनले केवल क्यूवाको सत्ता–संरचनाको स्वरुप मात्र बदलेका होइनन् आफ्नो देशमा अभाव र गरीबसँग जुधिरहेका क्यूबाली जनताका समस्यालाई अत्यन्तै गम्भीरतापूर्वक र जिम्मेवारीपूर्ण किसिमले लिदै जन पक्षीय मूल्य मान्यतामा सदा सर्बदा आफुलाई अडिग तुल्याएर राखे । जनता, देश र क्रान्तिप्रतिको उनको यो अखण्ड निष्ठा र साहसिलो आस्था तथा समर्पणले गर्दा नै उनलाई बिश्वका केही छानिएका नेताको पंक्तिमा ल्याएर खडा गरेको पनि हो र अद्यापि गरिरहेको छ । वास्तवमा फिडेल क्याष्ट्रोले गहिरो खोज अनुसन्धान र ब्यबहारिक अनुभवको आधारमा के कुराको स्थापना र सर्ब स्वीकार्यता बिश्वका सबै बिकासशील देशहरुमा ल्याउन सके भने जबसम्म बिपन्न र सम्पन्न, गरीब र धनी देश आपसमा ब्यापार गर्दछन् त्यो कुनै ब्यापार नभए सम्पन्न देशद्वारा बिपन्न देशको लुट मात्र हुन्छ । यो क्याष्ट्रोको अनुसन्धानको अत्यन्तै महत्वपूर्ण र ब्यवहारिक निष्कर्श आज पनि बिश्व ब्यापार संरचनामा सर्बत्र चरितार्थ र प्रमाणित भइरहेको हामी सुन्न, देख्न र अनुभव गर्न सक्तछौं ।
वास्वतमा ‘फिडेल’ को शाब्दिक अर्थ नै ‘आस्थावान’ हुन्छ । नाम अनुसार नै देश र जनताप्रतिको क्याष्ट्रोको जीवन मूल्य–मान्यता र निष्ठामा अबिछिन्नरुपमा अबिचलित र अटल रहन सक्यो । बस्तुतः उनी एक मात्र यस्ता एक दीर्घकालीक जनप्रेमी शासक रहेका थिए जसले मूल्यप्रतिको आस्थामा कुनै कमी र कमजोरी आउन पटक्कै दिएनन् । यथार्थत फिडेल क्याष्ट्रोको यही जन समर्पित परम्पराले गर्दा उनलाई बिश्व समुदायका अगाडि बडो स्वाभीमानकासाथ शीर उच्च पारेर अबिचलरुपमा सही बाटोमा यात्रा गर्ने र अन्तिम बेलामा पनि त्यसरी नै बिदा हुने शुभ अवसर पनि मिल्यो । यही उनको मूल्य–मान्यताप्रतिको अबिछिन्न र प्रगाढ इमानदारीकै कारण क्यूवामा उनका बिरोधीहरुले समेत उनलाई आज गर्बकासाथ सम्झना गर्न थालेको देखिन्छ ।
हिजो बिश्व शीत युद्धको चपेटाबाट गुज्रिरहेको बेलामा र खाशगरी सोभियत संघको बिघटन पछि पनि जस्तो प्रकारले क्यूबा बिश्वमा एक्लिएको अबस्था थियो, त्यसले क्यूबाली समाजको एउटा निकै ठूलो तप्का निकै ठूलो अप्रसन्नता र निराशाको शिकार पनि बन्यो तर फिडेल क्याष्ट्रो कै जीवन्तता र धैर्यशील दूरदृष्टि नै थियो जसले गर्दा जनतामा उत्पन्न त्यो निराशा र अप्रसन्नताको नराम्रो अबस्थालाई चिर्न र क्यूबालाई सही बाटोमा फेरि पनि डो¥याउन सम्भव तुल्यायो र निकै हदसम्म सफलता पनि प्राप्त भयो । क्याष्ट्रोकै सफल नेतृत्व र प्रयत्नका कारण आज क्यूबाको स्वास्थ्य सेवा पूरै बिश्वमा सबैभन्दा राम्रो मानिन्छ । यसका अतिरिक्त त्यहाँको एक एक नागरिकलाई शिक्षित र दीक्षित तथा क्षमतावान तुल्याउने शैक्षिक मूल्य पद्धतिका लागि पनि क्यूबाले अपूर्व प्रगति गरेको देख्न सकिन्छ । यसरी स्वास्थ्य र शिक्षामा क्यूबाले बिश्वमै एउटा महत्वपूर्ण र अनुकरणीय अग्रता हासिल गरेर ठूलो उदाहरण कायम गरेको छ । यति हुँदा हुदै पनि अझै अत्याधुनिक सूचना प्रबिधिको क्षेत्रमा यसले पर्याप्त पहुँच बढाउन सकिरहेको छैन । त्यसले गर्दा त्यहाँ इण्टरनेट निक्कै महँगो रहेको छ । यद्यपि फेसबुक र गुगलको पहुच भने त्यहाँ पनि बिस्तार भएको र अझ बढी सहज बन्दै गएको छ । बिगत ६० बर्षदेखिको निरन्तर अमेरिकी नाकबन्दी र कोभिड महामारीले अर्थतन्त्रमा खाशगरी क्यूबाको मूख्य अर्थतन्त्रको जीबन्त क्षेत्र पर्यटन क्षेत्रमा ठूलो नकारात्मक स्थिति देखा परेको छ । तर पनि क्यूबाले त्यहाँका जनताको एकताबघ्द संघर्षको मूलबाटो नछोडिकन समस्या समाधान गरेर छाड्न सक्ने बिश्वास बिश्वले लिएको थियो त्यही बाटोमा क्यूबा अहिले पनि लागेको छ र लडिरहेको छ ।
यो यस कारणले पनि बिश्वसनीय छ कि बिगतका यस्ता सफलताका असल परम्परालाई आजको क्याष्ट्रो पछिको क्यूवाको नेतृत्व र त्यहाँका जनताले क्यूवालाई समाजवादी आधुनिकीकरणको बाटोमा दृढताकासाथ हिडाउन अथक मेहनत गर्नु बाहेक अर्काे कुनै बाटो छैन । ‘समाजबाद कि मृत्यु’ एक मात्र बिकल्पको बाटो रोज्ने र बिगतमा ठूल्ठूला समस्याहरु पार गरेर समाजवादको बाटोबाट अबिचलितरुपमा अभिमुख र अग्रसर रहेको क्यूवाले आफ्ना नेता क्याष्ट्रोको बिचार बिश्व साम्राज्यबादलाई अबिच्छिन्नरूपमा ललकार्ने क्यूवाली क्रान्तिका महानायक २०औ शताब्दीका एक उच्चकोटीका आदर्श नेता फिडेल क्याष्ट्रोले आफ्नो ५५ बर्षको राजनीतिक जीवन यात्रामा असाधारण क्रान्तिकारी संघर्षको प्रतिमान कायम गर्दै र अनेक उतार चढाव ब्यहोर्दै सफलतकासाथ समस्याहरुको सामना र समाधान गरे । त्यस क्रममा उनले केवल क्यूवाको सत्ता–संरचनाको स्वरुप मात्र बदलेका होइनन् आफ्नो देशमा अभाव र गरीबसँग जुधिरहेका क्यूबाली जनताका समस्यालाई अत्यन्तै गम्भीरतापूर्वक र जिम्मेवारीपूर्ण किसिमले लिदै जन पक्षीय मूल्य मान्यतामा सदा सर्बदा आफुलाई अडिग तुल्याएर राखे । जनता, देश र क्रान्तिप्रतिको उनको यो अखण्ड निष्ठा र साहसिलो आस्था तथा समर्पणले गर्दा नै उनलाई बिश्वका केही छानिएका नेताको पंक्तिमा ल्याएर खडा गरेको पनि हो र अद्यापि गरिरहेको छ । वास्तवमा फिडेल क्याष्ट्रोले गहिरो खोज अनुसन्धान र ब्यबहारिक अनुभवको आधारमा के कुराको स्थापान र सर्ब स्वीकार्यता बिश्वका सबै बिकासशील देशहरुमा ल्याउन सके भने जबसम्म बिपन्न र सम्पन्न, गरीब र धनी देश आपसमा ब्यापार गर्दछन् त्यो कुनै ब्यापार नभए सम्पन्न देशद्वारा बिपन्न देशको लुट मात्र हुन्छ । यो क्याष्ट्रोको अनुसन्धानको अत्यन्तै महत्वपूर्ण र ब्यवहारिक निष्कर्श आज पनि बिश्व ब्यापार संरचनामा सर्बत्र चरितार्थ र प्रमाणित भइरहेको हामी सुन्न, देख्न र अनुभव गर्न सक्तछौं ।
महान क्याष्ट्रोको कठोर संघर्षशील राजनीतिक जीवन यात्राले जुन अदम्य क्रान्तिकारी शिक्षा दिएकोछ त्यसले अहिले पनि बिश्वभरीका अग्रगामी परिबर्तनमा क्रियाशील क्रान्तिकारीहरुलाई ठूलो उत्साह र ऊर्जा पैदा गर्दछ । त्यस्ता अदम्य तथा महान क्रान्तिकारी बिश्व ब्यक्तित्वको ९९औं जन्म जयन्तिको स्मरणीय अबसरमा उनीप्रति उच्च सम्मानकासाथ अभिबादन !































