राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको भेला भदौमा हुने

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको भेला भदौमा हुने

 

काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको भेला आगामी भाद्र २१ गते हुने भएको छ । मोर्चाका संयोजक लोकनतनारायण सुवेदीले २०८२ साउन २७ गते एक वक्तव्य प्रकाशित गर्दै सो कुराको जानकारी गराउनु भएको हो ।

मोर्चाको आगामी साउन ३० गतेको बैठकले भेलाबारे अन्तिम निर्णय लिने पनि वक्तव्यमा जनाइएको छ । संयोजक सुवेदीद्वारा जारी वक्तव्यमा भनिएको छ–“राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको कार्य सम्पादन समितिको बैठक मोर्चाका संयोजक क।लोकनारायण सुबेदीको संयोजकत्वमा ललितपुर कुपण्डोलमा बस्यो । बैठकमा कार्य सम्पादन समितिका सदस्यहरु क।सन्तबहादुर नेपाली, क। दिनेश शर्मा, क। लक्ष्मण उप्रेती, क। पुष्कर गौतम र क। शैलज पौडलको उपस्थिति रहेको थियो । बैठकले केन्द्रिय समितिको बैठकमा लान निम्न निर्णयहरु गरेको छ ः

१।बैठकले मोर्चाको आगामी केन्द्रिय भेलाका लागि केन्द्रिय समितिमा प्रस्ताव लान र छलफल गरी अन्तिम निर्णय लिन केन्द्रिय समितिको भर्चुअल बैठक यही २०८२ साउन ३० गते बोलाउने निर्णय गर्दै बैठकमा मोर्चामा सहभागी हरेक घटकबाट दुइ दुइ जनाको प्रतिनिधित्व गराउने निर्णय लिइएको छ ।
२। बैठकले केन्द्रिय समितिको भर्चुअल बैठकमा भेलाका लागि आगामी भाद्र २१ गतेको दिन प्रस्ताबित गर्ने निर्णय लिएको छ ।
३।राष्ट्रिय भेलामा प्रत्येक घटकबाट बढीमा ५ जना सहभागी गराउने र प्रत्येक घटकले भेलाका लागि तोकिएको रकम अग्रिम भुक्तानी गर्नुपर्ने प्रस्ताव केन्द्रिय समितिको भर्चुअल बैठकमा पेश गर्ने कुरा पनि पारित गरिएको छ ।

४।कार्य सम्पादन समितिमा बर्तमान अन्तर्राष्ट्रिय परिस्थिति अत्यन्तै तरल, अनिश्चित र जटील बनेको र यस स्थितिले बिश्वका नेपाल लगायत उत्पीडित राष्ट्र र शोषित पीडित जनतालाई गम्भीर नकारात्मक असर पारिरहेको बिषयमा गम्भीर छलफल भएको छ ।
५। त्यसैगरी राष्ट्रिय परिस्थिति पनि बाह्य हस्तक्षेप र आत्म समर्पणबादी सत्ताधारीहरुको प्रबृत्तिले गर्दा देश र जनताको स्थिति गम्भीर खतराको दिशामा धकेलिदै गएको मूल्यांकन बैठकले गरेको छ ।

यस प्रकारको गम्भीरतम र जटील बन्दै गएको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा बैदेशिक हस्तक्षेप र प्रतिकृयावादका बिरुद्ध रहेका सच्चा क्रान्तिकारी कम्युनिष्ट तथा सच्चा लोकतन्त्रबादी एबं देशभक्त शक्तिहरु पहिले भन्दा बढी सजग, संगठित र एकताबद्ध हुनुको कुनै बिकल्प छैन भन्ने बैठकले निष्कर्श निकालेको छ ।”