काठमाडौं । साउन १८ मा अन्य पार्टी परित्याग गरी ३४ जना कार्यकर्ताले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला कार्यसमिति दाङले आईतबार आयोजना गरेको भ्रष्टाचार विरोधी अभियान अन्तरगतको पत्रकार भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कार्यकर्ताहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन् ।
सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका चार नम्बर ब्युरो सेक्रेटरी तथा पोलिट व्युरो सदस्य समीर केसीले अहिलेको संसदीय व्यवस्थाको विकल्प नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद रहेको बताउनु भएको छ । देशमा लामो संघर्ष र बलिदानीबाट नयाँ व्यवस्था स्थापना भएपनि अहिले सिंगो व्यवस्था अरुको कब्जामा पर्दा नेपाली जनताको उत्पीडन अन्त्य हुन नसकेको र भ्रष्टाचार, बेथिति मौलाएको बताउनुभयो ।

अहिलेको संसदीय व्यवस्था अन्त्य गर्दै देशमा वैज्ञानिक समाजवाद लागू गर्न सबै जागरुक हुनुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहनु भएको केसीले नेतृत्व तहबाट नैतिक मुल्य चुक्दै गएको र जनताका आधारभूत आवश्यकतामा ध्यान नपुगेको भन्दै संसदीय व्यवस्थाको विकल्प नयाँ जनवाद , वैज्ञानिक समाजवाद स्थापना गर्ने बेला आएको जिकिर गर्नुभयो ।

पार्टीका जिल्ला सचिव ईश्वरी प्रसाद गैरेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उहाँले अपवाद बाहेक अधिकांश नेता, कार्यकर्ता भ्रष्टाचारबाट मुक्त हुन नसकेको अवस्थामा देशले निकास पाउन नसकेको, राज्य स्रोतको दोहनबाट विकासमा गम्भीर असर पुगेको बताउनुभयो ।

देशलाई सधैका लागि भ्रष्टाचारबाट मुक्त गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले थालनी गरेको देशव्यापी भ्रष्टाचार विरोधी अभियानले सञ्चालन गरिएको छ । नयाँ जनबादी क्रान्तिको खुड्किलो पार गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने संकल्पका साथ अघि बढेको बताउनुभयो । उहाँले वैज्ञानिक समाजवादले मात्रै भ्रष्टाचारको पूर्ण उन्मुलन गर्ने दावी पनि गर्नुभयो । यो ब्यबस्था नै भ्रष्टचार लिप्त भएकोले यहीँ ब्यबस्था भित्र नयाँ अनुहार पुगेपनि रुपरङ्गमा कुनै फरक नपर्ने भएकोले मिसन ८४ होइन मिसन प्रत्येक दिन भन्ने नारा लगेर गाउँ गाउँमा अभियान लगेकाछौ ।

कार्यक्रममा जिल्ला सचिव गैरेले दाङमा पछिल्लो समय भएका विकृति, बेथिति र र भ्रष्टाचारका घटना सार्वजनिक गर्दै घटना प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा समाहित भएका ३४ जनालाई अबिर लगाएर स्वागत गरिएको छ । पार्टी प्रबेशको औचित्य पुण्टी गर्दै गगन खडकाले नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रमा जीवन बिताएको लामो सङ्घर्ष बलिदान त्याग ब्यर्थ भएको देखेर उक्त पार्टीको पछि लाग्नु औचित्य नरहेको , माओबादी केन्द्र काङ्ग्रेस हो कि एमाले कुनै रङ्गरुप नछुट्टिएको बिदेशी प्रभुहरुको चाकरी गर्ने दलालि गर्ने जनयुद्धका समयमा देखाएको सपनामा हिलो छ्याप्ने काम भएको , स्थानीय नेताहरु कसरी कमाउन सकिन्छ भन्ने कुरातिर मात्र ध्यान गएकाले उक्त पार्टी मा बस्नु कुनै अर्थ नरहेको देखि हामीले मोहन बैध्दले नेतृत्व गर्नुभएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा समाहित भएको कुरा राख्नु भएको थियो ।

पार्टीका केन्द्रीय समिति सदस्य शशीराम बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार सम्मेलनको सहजीकरण जिल्ला सदस्य तिलक बिकले गर्नुभएको थियो ।






























