क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम भेला सम्पन्न, संयाेजकमा भीम चापागाई चयन 

क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम भेला सम्पन्न, संयाेजकमा भीम चापागाई चयन 

 

कास्की । क्रान्तिकारी सुकुम्बासी संघ नेपालको २०८२ श्रावण १५ र १६ गते कास्कीको पोखरामा प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्व्यूरो सदस्य तथा क्रान्तिकारी सुकुम्बासी संघ नेपालका फ्राक्सन इन्चार्ज सिताराम तामाङले राष्ट्रिय भेलाको उद्घाटन गर्नुभयो ।


कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ६ नं. व्यूरो इन्चार्ज केशर परियार, पार्टीका केन्द्रीय सल्लाहकार रामजी थापा, सम्पूर्ण जनवर्गीय संगठनहरुको तर्फबाट बाबुराम सुवेदी, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीका सचिव विक्रम थापाले भेला सफलताको शुभकामना दिनु भएको थियो । जनकवि अग्निराज पाण्डेयले व्यंग्य कविता वाचन गर्नु भएको थियो । भेला संचालन क्रा.क.पा.ने का ७ नं. व्यूरो सेक्रेटरी नारायण अधिकारी, स्वागत सुकुम्बासी नेता सन्ध्या प्रधानले गर्नु भएको थियो ।
भीम चापागाईको संयोजकत्वमा २१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । जसमा सचिवालय सदस्यहरु हिमलाल वाग्ले, गंगा गुरुङ, तिलक वि.क., सन्ध्या प्रधान, युवराज न्यौपाने, देवी थापा, सदस्यहरु पवन गुरुङ, चक्रबहादुर खत्री, सिर्जना शाक्य, रामप्रसाद कंडेल र उदय पराजुली लगायत रहनु भएको छ ।