इटहरी । क्रान्तिकारी ट्रेडयूनियन महासँघ सुनसरीको भेलाले १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गर्दै सम्पन्न गरेको छ ।जसको संयोजक गोपी भण्डारी रहनु भएको छ । बरुण चौधरीको प्रमुख आतिथ्यमा गोपी भण्डारीको संचालन र ईस्वरी बहादुर सुबेदीको स्वागत मनतब्यबाट अघि बढेको उक्त भेलामा शुभकाना दिनेहरुमा अखिल क्रान्तिकारीका जिल्ला संयोजक अमृता राई , अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य निरु पोख्रेल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला सचिव पारस लिम्बू , सोही पार्टीका केन्द्रिय सदस्य बालकृष्ण सुवेदी र पार्टीका केन्द्रिय सदस्य तथा १५ नं. ब्युरो सचिव डिल्लीराम बोहरा हुनुहुन्थ्यो ।

केन्द्रीय वक्ताहरूले ट्रेडयुनियन अधिकारका बारेमा प्रशिक्षणात्मक मनतब्य दिनु भएको थियो ।































