काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ८ नं ब्यूरोले नुवाकोट जिल्लामा भ्रष्टाचार विरोधी अभियान उद्घाटन गरेको छ । ८ नंबर ब्युरोका सचिव रमेश पौडेलले उद्घाटन गर्नुभएको अभियान कार्यक्रमको संचालन नुवाकोट जिल्ला सचिव अर्जुनलाल श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा रसुवा जिल्ला सचिव बद्री चापागाईंको पनि उपस्थिति रहेको थियो। अभियान उद्घाटन कार्यक्रममा दर्जनौं संचारकर्मीहरु र नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।































