काठमाडौं । अखिल (क्रान्तिकारी)ले असार १५ देखि ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षिक संघर्षको अभियान’को घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले अघोषितरुपमा शिक्षालाई निजीकरण तथा व्यापारीकरण गर्न लागेकोले आफूहरुले सघर्ष गर्नु परेकोसमेत जनाएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निककट दुई अखिल(क्रान्तिकारी) र नेकपा(मसाल) निकट अखिल(छैटौं) सहित ३ वटा विद्यार्थी संगठनले जेठ २८ र २९ गते एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले संघर्षको घोषणा गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अखिल(क्रान्तिकारी)का संयोजक महेश श्रेष्ठले सरकारले अघोषितरुपमा शिक्षालाई निजिकरण गर्न लागेकोले आफूहरुले संघर्षको घोषणा गर्नु परेको बताए । संविधान र कानुन विपरित शिक्षालाई व्यापारिकरण गरिएको बताउँदै श्रेष्ठले भने,“सरकारमा रहने मान्छेहरुकै निजी कलेज र विद्यालयहरु भएकाले त्यसलाई आमजनताको पहुँच बाहिर महाँगो र लुटी खाने धन्दा बनाएका छन्, अब त्यसविरुद्ध हामी निर्णायक लडाईँ लड्छौं ।”
संगठनका कार्यालय सदस्य नविन खड्काले सरकारी शिक्षालयहरुलाई आफ्ना कार्यकर्ता भर्ति केन्द्र बनाउने र निजीलाई आफ्नो कमाई खाने भाँडो बनाएको आरोप लगाए । खड्काले एनओसी प्लस्टुमा नदिई स्नातक तहपछि मात्रै दिनुपर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखे । कार्यालय सदस्य दिपक विष्टले सरकारी तथा सामुदायीक क्याम्पसमा विद्यार्थीहरु सुकाउने र निजी तथा विदशी सम्बन्धनका कलेजहरुलाई मोटाउने वातावरणको अन्त्य गरिनु पर्ने बताए ।
कार्यालय सदस्य नेत्र शाहीले देशमा शिक्षा क्षेत्रमा भ्रष्ट र दलालहरुको विगविगी बढेकाले त्यसको अन्त्य गर्न आफूहरुले उनिहरुविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिए । कार्यालय सदस्य सोभा सेन्चुरीले प्रेस विज्ञप्ति वाचन गर्दै १० बुँदे ‘विद्यार्थी जागरण तथा शैक्षीक संघर्षको अभियान’को बारेमा जानकारी दिइन् ।
यसैबिच, सो अवसरमा संगठनका संयोजक महेश श्रेष्ठद्वारा जारी वक्तव्यमा भनिएको छ, “ हामी दुई अखिल (क्रान्तिकारी) र अखिल छैठौं गरि तीन विद्यार्थी संगठन बिच एकता गरि बनेको अखिल (क्रान्तिकारी) विद्यार्थी एकताको सुत्राधार संगठन हो भन्ने कुरा सर्वदिविदै छ इतिहास देखि नै हाम्रो संगठन निरन्तर विद्यार्थीहरुको हक, हित र अधिकारको पक्षमा र शैक्षिक बिकृती बिसङ्गतिका विरुद्धमा निर्मम तथा न्यायपूर्ण संघर्ष गर्दै सडक बाघको रुपमा स्थापित छ आज पनि शिक्षामा निजीकरण, व्यापारिकरण, माफियाकरण, दलालिकरण, भ्रष्टीकरण लगायत अनियमितताको चरम अखडा बनेको छ । पढ्नको लागी बिदेशीने विद्यार्थीहरुको संख्या लाखौंमा छ, भने पुजी अरबौमा बिदेशिएको छ । देश भित्र आफ्नो भविष्य नदेख्ने बरु बिदेशमा जस्तो पनि दुख गर्न तयार रहने बुझाइका कारण माध्यामिक तह अध्ययन गर्दैका विद्यार्थी बिदेशको सपना बुन्न थाल्छन भने अर्कोतिर, यो दलाल राज्यले शिक्षामा लगानी गर्ने ।
देशप्रेमी, नैतिकवान, कर्तव्यनिष्ट, प्राबिधिक तथा व्यवसायिक शिक्षाको पाठ्यक्रम निर्माण बिश्वबिद्धालय, क्याम्पस र विद्यालयका सार्वजनिक सम्पतिको सदुपयोग तथा रक्षागर्ने लगायत तमाम समस्याहरुलाई नजरअन्दाज गरिरहेको छ। यी समस्याहरुको समाधान तथा शिक्षामा आमूल परिवर्तनको लागि निरन्तर संघर्षरत हाम्रो संगठन अखिल (क्रान्तिकारी) यही जेष्ठ २८ र २९ गते काठमाडौमा एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठक सम्पन्न गरेको छ।
उक्त बैठकद्वारा पारित गरिएको “विद्यार्थी जागरण तथा शैक्षिक संघर्ष अभियान“ लगायत योजना तथा कार्यक्रमहरु यस प्रेस वक्तव्य मार्फत सर्वजनिक गर्न चाहान्छौ। असार १५ गते देखि भाद्र ३० गते सम्म पहिलो चरणमा देश व्यापी रुपमा “विद्यार्थी जागरण तथा शैक्षिक संघर्ष अभियान“ संचालन हुनेछ ।
–अभियानमार्फत नेपालका सम्पूर्ण विद्यार्थीहरुलाई आफ्नो हक, हित, अधिकार, कर्तव्य तथा दायित्वको साथै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनजिविका लगायत राजनितिक, आर्थिक, सामाजिक, साँस्कृतिक विषयहरुबाट जागरण पैदा गर्ने ।
– विद्यार्थीहरुले भोग्दै आएका समस्याहरु छात्रवृत्ति, खेलकुद सामग्री तथा खेलमैदान, खानेपानी, सफा, सुरक्षित तथा छात्रा मैत्री शौचालय, भवन तथा भौतिक संरचना, नियमित पठनपाठन, अतिरिक्त क्रियाकलाप, विज्ञान प्रयोगशाला, स्तरिय पुस्तकालय, प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था, लागुऔषध दुव्र्यसनको अन्त्य लगायत समस्याहरुको निराकरण तथा अन्त्यको लागि संबंधित निकायसंग संघर्ष एवं सहकार्य गर्ने।
–अवैधानिक तथा मापदण्ड विपरीत चलाइरहेका शैक्षिक संस्था, चर्को शुल्क असुली, शैक्षिक क्षेत्रमा भ्रष्टाचार, अतभखतभ लगायत प्रतिष्ठानहरुको भ्रष्टाचार, अनियमितता तथा बेतिथी, विश्वविद्यालय क्याम्पस विद्यालयहरुको जमिन लगायत सार्वजनिक सम्पतिको हिनामिना, प्रकाशन बदल्दै पाठ्यपुस्तक बर्षेनि लाद्ने प्रवृत्ति, विद्यालय क्याम्पस लगायतका शैक्षिक क्षेत्रभित्र छात्राहरुमा हुने दुर्ववहार, हिंसा र यौनजन्य अपराध लगायतका विकृतिहरुको विरुद्धमा निसर्त र निर्णायक संघर्ष तथा कार्वाही गर्ने।
– मनसुनको सिजन भएकाले वृक्षारोपण गर्ने, सम्भावित बाढीपहिरो हुनसक्ने हुँदा उद्धार तथा राहतका कार्य गर्ने, विभिन्न शैक्षिक प्रतियोगितात्मक कार्यक्रम गर्ने।
– विश्वविद्यालय, क्याम्पस, विद्यालयमा हुने राजनितिक भागबन्डा र नियुक्तिको भण्डाफोर सहित संघर्ष गर्ने। विश्वविद्यालयहरुमा वार्षिक शैक्षिक क्यालेन्डर व्यवस्थित गरी कार्यान्वयन गर्न। शिक्षक सरुवाबढुवामा हुने भ्रष्टाचार, अनियमितता, लगायत बेतिथिहरुको अन्त्यको लागि संघर्ष गर्ने।
– संविधानको धारा ३१ अनुसार माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने संवैधानिक व्यवस्थाको पुर्नरुपमा कार्यान्वयन गरि शिक्षाको सम्पुर्ण दायित्व राज्यलाई बहन गर्न दवाव दिने।
– मेडिकल शिक्षाको नाममा भइरहेको पूजी पलायन सबै मेडिकल माफियाहरुको दादागिरी विरुद्ध संघर्ष गर्ने।
– राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनजिविकाको पक्षमा र राष्ट्रघात, जनघात, भ्रष्टाचार, लगाय बिकृतीका विरुद्ध संघर्ष गर्दै नयाँ जनवाद – वैज्ञानिक समाजवादको पक्षमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने।
– अवैधानिक रुपमा संचालित स्वदेशी तथा विदेशी लगानीका विदेशी पाठ्यक्रम पढाइ हुने शैक्षिक संस्थाहरु विरुद्ध निर्मम संघर्ष गर्ने।
क्रान्तिकारी अभिवादन सहित ।”
































