भष्ट्रचार बिरुद्ध सशक्त संर्घष गर्ने आरसीपी नेपालको चेतावनी

भष्ट्रचार बिरुद्ध सशक्त संर्घष गर्ने आरसीपी नेपालको चेतावनी

भष्ट्रचार बिरुद्धको अभियानको पूर्व तयारी

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संस्थागत भष्ट्रचार बिरुद्ध सशक्त संर्घष गर्ने चेतावनी दिएको छ । उक्त पार्टीको सुनवल नगर संगठन समितिले विहीवार आयोजना गरेको एक प्रशिक्षणमा पार्टीका युवा नेता समेत रहेका केन्द्रीय सदस्य एंव जिल्ला सेक्रेटरी रवि पाण्डेयले भष्ट्रचार देशको पहिलो समस्या रहेको चर्चा गर्दै भष्ट्रचार बिरुद्ध निर्मम ढंगले संर्घष गर्ने चेतावनी दिए । ‘भष्ट्रचारले देश खोक्रो पारेको छ । दलाल संसदीय ब्यवस्थाले भष्ट्रहरुलाई कारवाही गर्ने ल्याकत राख्दैन । अनेकौ काण्डहरुका नाइकेहरुले कानुनको छिद्रलाई दुरुपयोग गरेर लुट मच्चाइरहेका छन् । अब जनतालाई सैह्य हुने अवस्था नै छैन’– उनको भनाई उदृत गर्दै एक सदस्यले भने – ‘त्यसैले संस्थागत भष्ट्रचारका बिरुद्ध जनताले नै जनकारवाही संचालन गर्ने समय आएको छ । त्यसमा हाम्रो सशक्त उपस्थिति हुन्छ ।’
पार्टीका सुनवल नगर संयोजक प्रेमलाल रिमालले भष्ट्रचार बिरुद्धको अभियान यही असार पाँच गते उद्घाटन गर्ने तयारी रहेको जानकारी गराए । अभियानको पूर्व तयारी स्वरुप पार्टीका आन्तरिक कामहरु जारी रहेको रिमालको भनाई छ । भष्ट्रचार बिरुद्धको अभियानको तीन चरणमा विभाजन गरेर संचालन गर्ने पार्टीले जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुनवलको फाइल तस्बिर हेर्नुहोस्…………