मोरङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६ नम्बर ब्यूरोले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका स्थायी समिति सदस्य सन्त बहादुर नेपालीको प्रमुख आथित्यमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा ब्यूरोमा आवद्ध पार्टीका जिल्ला सदस्यहरुलाई माहाधिवेशनबाट पारित विधान र दस्तावेजहरुमाथि प्रशिक्षण दिएको थियो ।
स्थायी समिति सदस्य सन्त बहादुर नेपालीले राजनीतिक दस्तावेज , नीति तथा कार्यक्रम र नियमावली सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणमा पार्टीका पोलिटब्यूरो सदस्य तथा ब्यूरो इन्चार्ज सुरेन्द्र भण्डारीले पार्टी विधान र पार्टीका केन्द्रिय सदस्य एवम् ब्यूरो सेक्रेटरी विमल निरौलाले संगठनात्मक प्रतिवेदनबारे प्रशिक्षण दिनु भएको थियो ।

पार्टीका सेक्रेटरी विमल निरौलाको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा पार्टीका केन्द्रिय सदस्य पुष्प सुवेदीले संचालन गर्नु भएको थियो भने प्रशिक्षणमा सहभागीहरुलाई पार्टीका केन्द्रिय सदस्य तथा झापा सेक्रेटरी जय आचार्यले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो ।
ब्यूरो सम्बन्ध जिल्लाहरु ताप्लेजुङ्ग, पाँचथर , इलाम , झापा र मोरङ्गबाट पार्टीका जिल्ला सदस्यहरु र ब्यूरोमा कार्यक्षेत्र भएका केन्द्रिय सदस्यहरुको उपस्थिीति रहेको थियो । प्रशिक्षणमा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ प्रमुख अतिथी तथा स्थायी समिति सदस्य नेपालीले दिनु भएको थियो ।































