पोखरा, जेष्ठ १७ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको ७ नम्बर क्षेत्रीय ब्युरोको बैठक र प्रशिक्षण सम्पन्न भएको छ । हिजो शनिबार पोखरामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले राजनीतिक प्रशिक्षण दिनुभएको हो ।
प्रशिक्षणका क्रममा नेता सुदर्शनले पार्टीको एकता महाधिवेशनले पारित गरेको कार्यदिशा र समग्र राजनीतिक आन्दोलनको बारेमा प्रशिक्षण दिनुभएको थियो । पार्टीले २०८१ चैत्र ४ गतेदेखि सञ्चालन गरेको ४५ दिने जनसम्बन्ध बिस्तार अभियानबारे केही दिन अगाडि बसेको पोलिटब्युरोको बैठकले गरेको समीक्षा र स्थायी समितिको बैठकले लिएका निर्णयहरुको जानकारी गराइएको थियो ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टीको बिहङ्गम समीक्षा गर्दै आगामी कार्यक्रमको बारेमा व्यापक छलफल भएको र प्रशिक्षणको कार्यक्रममा पनि उत्साहपूर्ण उपस्थिति रहेको थियो । गण्डकीमा सार्बजनिक यातायातको बन्दले आवतजावतमा पार्टी कार्यकर्तालाई केही असर परे पनि प्रशिक्षणले आफ्नो उद्धेश्य हासिल गरेको एक सहभागीले बताएका छन् । राजनीतिक प्रशिक्षण ब्यूरो इन्चार्ज गतिको अध्यक्षता र ब्यूरो सचिब निस्चलको सञ्चालनमा भएको थियो । ब्यूरो सचिवालय सदस्य रबिको स्वागतमा सम्पन्न भएको कार्यक्रमको जन्जिरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
































