त्रिवि घटनाप्रति नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको विरोध
त्रिवि घटनाप्रति नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको विरोध
२०८२ जेठ १६ शुक्रवार १३:०३
2K
shares
काठमाडौं/१६ जेठ
यही जेठ १४ गते त्रिभुवन विश्वविद्यालयको पदाधिकारी परिसरमा गरिएको हुलहुज्जत र तोडफोड गरिएको घटनाप्रति नेपाल राष्ट्रिय प्रध्यापक सङ्गठनले कडा शब्दमा निन्दा र भत्र्सना गर्दै विरोध जनाएको छ ।
आजै सो सङ्गठनका केन्द्रीय समिति अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारीले एक विज्ञप्ति जारी गर्दै विरोध जनाउनुभएको हो । विज्ञप्तिमा सत्ता संरक्षित र पालित पोषित अराजक, उच्छृङ्खल तत्वहरूले त्रिवि जस्तो स्वायत्त संस्थाको पदाधिकारी कार्यालयहरूमा गरिएको गुडागर्दी शैलीको व्यवहार गैरप्रजातान्त्रिक र गैरप्राज्ञिक भएको जनाइएको छ । प्रस्तुत छ विज्ञप्तिको पूर्ण पाठ–
प्रेसविज्ञप्ति
गत जेठ १४ गते त्रिवि पदाधिकारी तथा त्यस मातहत रहेका त्रिवि परिसरभित्रका कार्यालयहरूमा सत्ता संरक्षित, पालित, पोषित अराजक, उच्छृङ्खल, उद्दण्ड तथा पाखन्डी तत्वहरूबाट भएको गैरप्रजातान्त्रिक, गैरप्राज्ञिक र गुन्डागर्दी शैलीका गतिविधिप्रति हाम्रो नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको ध्यानाकर्षण भएको छ । हाम्रो सङ्गठन कुनै पनि विश्वविद्यालयमा गरिने त्यस प्रकारका क्रियाकलापको तीव्र विरोध र भत्र्सना गर्दछ ।
त्रिवि लगायतका देशैभरिका विश्वविद्यालयमा बहुराष्ट्रिय दक्षिणपन्थी बुर्जुवा विचारको प्रभुत्वमा शासनकै आङ्गिक तत्वहरूबाट जनताको करले सञ्चालित विश्वविद्यालयहरूको स्वायत्तता निमोठ्ने र विस्तारै विश्वविद्यालयहरूलाई समाप्त पार्ने दुर्नियतको जबाफदेहिता शासकवृत्त र त्यसका अङ्हरूमा रहनेछ । विश्वविद्यालयहरूलाई मौजा र मैदान बनाउने तत्वका विरूद्ध लाग्न सरोकारवाला सबैलाई आह्वान समेत गर्दछौं ।
प्रा. डा. जगदीश चन्द्र भण्डारी अध्यक्ष नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन केन्द्रीय समिति मिति : १६/२/२०८२