“सहिद तथा वेपत्ता, घाइते योद्धाका सपना र संघीय जनगणतन्त्रको आवश्यकता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटोफिचर)

“सहिद तथा वेपत्ता, घाइते योद्धाका सपना र संघीय जनगणतन्त्रको आवश्यकता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटोफिचर)

काठमाडौं । सहिद तथा बेपत्ता योद्धा परिवार समाज, केन्द्रीय आयोजक समितिको आयोजनामा “सहिद तथा वेपत्ता, घाइते योद्धाका सपना र संघीय जनगणतन्त्रको आवश्यकता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका दिनेश शर्मा सागरले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

अवधारणामाथि कार्यवाहक महासचिव गौरव, हिरामणी दुखी, एकराज भण्डारी, खुमा सुवेदी, साबित्री दुरा र ढोग प्रसाद अधिकारीले टिप्पणीसहितको मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रमको सञ्चालन पुस्कर श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य ज्ञानु खतिवडाले राख्नुभएको थियो ।


इच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा सम्पन्न भएको कार्यक्रममा प्रायः सबै वक्ताहरुले जनगणतन्त्रको आवश्यकतामाथि चर्चा गर्नुभएको थियो र जनगणतन्त्रको स्थापनाका लागि क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्ध भएर अगाडि बढेमा मात्र सहिद, वेपत्ता योद्धा तथा घाइतेहरुको सपना पूरा हुने विचार व्यक्त गर्नुभएको थियो ।