फासिष्ट मोदी सरकारको विराटनगरमा चार पार्टीको संयुक्त विरोध

फासिष्ट मोदी सरकारको विराटनगरमा चार पार्टीको संयुक्त विरोध

विराटनगर । भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव केशवा राव कमरेड बसवराज लगायत २७ जना माओवादीलाई नरेन्द्र मोदीको फासिस्ट सरकारले गरेको हत्याको विराटनगरमा विरोध भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी १६ नम्बर ब्यूरो सहित विभिन्न चार पार्टीका नेता तथा कार्यकर्ताले विराटनगरमा विरोधसभा गरेका हुन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल , नेकपा (बहुमत) , नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले विराटनगरको जनआन्दोलन चौकमा फासिष्ट मोदी सरकार विरुद्ध भण्डाफोर सभा गर्दै कमरेड बसवराजको योगदान माथि विषेश चर्चा सहित श्रद्धाञ्जली अपर्ण गरेका छन् ।


भारतको छत्तिसगढ र तेलंगना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५ मा भारतको फासिष्ट नरेन्द्र मोदी नेतृत्वको सरकारले निर्मम हत्या गरेको थियो ।

त्यसैको विरोधमा विश्वभरीका कम्युनिष्टहरु आन्दोलित बनेका छन् । नेपालमा पनि सडक संघर्ष मार्फत उत्पीडित जनताको पक्षमा आवाज उठाइरहेका कम्युनिष्टहरुले हत्यारो मोदी सरकारको विरोधमा विभिन्न कार्यक्रमहरु चलाई रहेका छन् ।
विराटनगरमा सम्पन्न भण्डाफोर सभामा क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा १६ नम्बर ब्यूरो इन्चार्ज सुरेन्द्र भण्डारीले निरङ्कुशतावादी मोदी नेतृत्वको सरकारले कमरेड बसवराज जस्ता जनताका प्रिय नेतालाई गरेको हत्याको एक दिन अवस्य मुल्य चुकाउनु पर्ने बताउदै बसवराजको बलिदानले लाखौँ बसवराजहरु जन्माउने बताउनु भयो ।


कार्यक्रममा नेकपाका प्रदेश अध्यक्ष सतिलाल चौधरी , नेकपा बहुमतका मोरङ्ग जिल्ला सेक्रेटरी पूर्ण घिमिरे र वैज्ञानिक समाजवादी पार्टीका बुद्धि पाश्वानले बसवराज लगायतका नेताहरुको हत्याले भारतमा माओवादी सकिनु भन्दा अझ धेरै फैलिने बताउदै वर्गिय मुक्तिको झण्डा फराएको दिन बसवराजहरुको बलिदानले न्याय पाउने र फासिष्ट मोदी सरकारको अन्त्य हुने धारणा राख्नु भएको थियो ।


भण्डाफोर सभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य तथा १६ नम्बर ब्यूरो सेक्रेटरी विमल निरौला ,केन्द्रिय सदस्य सुमन पराजुली लगायत चारै पार्टीका नेता तथा कार्यक्रर्ताको उपस्थिती रहेको थियो भने भण्डाफोर सभाको सञ्चालन पार्टीका केन्द्रिय सदस्य अप्सरा बानियाँले गर्नु भएको थियो ।