काठमाडौं । भारतिय कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव लगाएत २८ जना भारतिय कम्युनिस्ट पार्टी माओवादी नेता तथा कार्यकर्ताहरुको गिरफ्तारी र त्यसपछि सामुहिक हत्याको बिरोधमा सुनसरीको गढिगाँउ पालिकाको राम जानकी चोकमा प्रर्दशन सम्पन्न भएको छ ।
सभाको संचालन क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यीय क बालकृष्ण सुबेदीले गर्नु भयो भने उक्त बिरोध सभामा सम्बोधन मजदुर नेता बरुण चौधरी पार्टीका जिल्ला सेक्रेटेरी क पारष लिम्बू र प्रमुख वक्ता पोलिटब्युरो सदस्य एवं १५ नं ब्युरो ईनचार्ज क शिताराम बुढाथोकीले गर्नु भएको थियो वक्ताहरूले मनतब्य राख्ने क्रममा भारतिय जनताका असमानता अन्याय अत्याचार बिरुद्ध जल जमिन र जंगलको जनताको उपभोग अधिकारको आवाज उठाउदै गर्दा फाषीबादी मोदी सरकारले हत्या गरि मानव अधिकारको समेत धज्जी उडाएकोमा आपति जनाएका थिए भने महासचिव वसबराज लगाएत सम्पूर्ण सहादत प्राप्त गर्नेहरुमा हार्दिक श्रद्धान्जली ब्यक्त गर्नु का साथै वहाहरुका सोकसन्तब्ध परिवारजन समवेदना प्रकट गर्नुभएको थियो ।