काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य ,बारा जिल्लाको सिमरा बजार निवासी कर्ण थापाकी ममतामयी आमा प्रेम कुमारी क्षेत्रीको २०८२ साल जेठ ११ गते विहान २ बजेर २३ मिनेट जाँदा ९३ वर्षको उमेरमा असामयिक निधन भएको छ । वहाँको सिमरा नजिकै दुधौरा खोलामा आजै अन्त्यष्टि गरिएको छ । वहाँको जन्म वि.स. १९९० भाद्र २२ गते भएको थियो । वहाँको निधन प्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछ ।
वहाँका पति नरबहादुर थापाको २०७८ साल श्रावणमा मृत्युभएको थियो । मृतकका २ छोरा र ३ छोरी हुन् । जेठी छोरी कुन्तिको २०४१ साल मै मृत्यु भएको थियो । जेठा छोरा रामहरी थापाको २०५६ साल मै मृत्यु भएको थियो । छोरा थापा सहित २ छोरी सीता बस्नेत र राधा खड्का हुनुहुन्छ । छोरा र छोरीको तर्फबाट अहिले जम्मा १७ जना नाति, नातिना हुनुहुन्छ ।






























