बन्द उद्योग सरकारको स्वामित्वमा खुलाउन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल उदयपुरको माग

बन्द उद्योग सरकारको स्वामित्वमा खुलाउन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल उदयपुरको माग

 

 

उदयपुर । बन्द उद्योगसरकारको पूर्ण स्वामित्वमा चलाउन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जोडदार माग गरेको छ । पार्टीका जिल्ला सचिव शंकर बहादुर पौडेलले २०८२जेठ ७ गते एक वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । सरकारले उद्योग प्रष्तिठानहरुलाई निजीकरण गर्दै गइरहेको अवस्थामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल उदयपुरले उदयपुर सिमेण्ट उद्योग बन्द गरिएकोमा सो उद्योग खुलाउन माग गरेको हो । उद्योगबाट उत्पादित सिमेन्ट सबैको रोजाइमा परेको सिमेण्टभित्र पर्ने भएकाले उद्योग बन्द नगर्न माग गरिएको छ । उद्योगहरुलाई सरकारले निजीकरण गर्ने नीति अन्तर्गत उदयपुर सिमेण्ट उद्योगलाई पनि निजीकरण गर्न खोजेको भन्दै सरकारको सो कार्यको विरोध गरेको हो ।

सरकारले सरकारी लगानी व्यवस्थापन भनेर बन्द उद्योगहरुलाई बेच्ने नीति लिएको छ । सरकारले पहिले उद्योगहरु रहेको जग्गा भाडामा लगाउने र पछि निजीकरण गर्दै लैजाने गरेको छ । यसरी निजीकरण गरिएका उद्योगका जग्गाहरुमा चिया विकास निगम ,सुगर मिल, भृकुटी कागज कारखानाका जग्गाहरु रहेको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा उदयपुर सिमेण्ट उद्योगलाई बन्द नगर्न ,जग्गालाई निजीकरण नगर्न आग्रह गरिएको छ । यो आग्रहलाई बेवास्ता गरेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्ष स्वयम् नै जिम्मेवारी हुनु पर्ने बताईएको छ ।
वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ।

नेपालमा अहिले राजनैतिक ,आर्थिक रुपमा संकट पैदा हुँदै गइरहेको छ । सरकार सञ्चालन गर्ने पार्टीहरु र संसदवादी राजनैतिक दलहरुको रुपमा एउटा कुरा गर्ने व्यवहारमा अर्थात सारमा अर्को कुरा गरिरहेको देखिन्छ । नेपालको वर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । उहाँ आफूलाई कम्युनिष्ट भने पनि सोझा सिधा मजदुर किसान जनतालाई झुक्याइ रहेका छन् । यस्ता झुक्याउने काम बन्द गरी जे हो त्यही स्पष्ट रुपमा जनतालाई भन्न र गर्न आग्रह गर्दछौं ।

अहिले सरकाले सरकारी उद्योग प्रतिष्ठानलाई निजीकरण गरिरहेको छ ।२०८२ सालमा जारी गरेको अर्थमन्त्रालयको प्रस्तावमा बैशाख २१५ गते मन्त्री पपरिषदको बैठकले ७ वटा उद्योगहरुलाई निजीकरण गर्ने निर्णय गरेको छ यस कार्य विधिमा सरकारी जग्गा बिक्री गर्नै नपाईने उल्लेख भएता पनि उद्योग बन्द पछि जग्गा पनि बिक्री गर्ने योजना सहित यो सरकार लागेको छ ,जग्गा भाडामा लगाएपछि निजीकरण भएका उद्योगहरु चिया विकास निगम ,सुगर मिल ,भृकुटी कागज कारखाना को जग्गा अहिले निजीकरण भै सकेको छ ।

सरकारी संस्थान निजीकरण गर्ने निर्णय लिँदा सार्वजनिक रुपमा विरोध हुने डरले निजीकरण भन्ने शब्द हटाई सरकारी लगानी व्यवस्थापन भन्ने शब्द प्रयोग गरेको छ । त्यसैले यो सरकारले जनतालाई झुक्याइ आफू र आफ्नो स्वार्थ पूरा गर्ने र सरकारी उद्योगबन्द गरी निजीकरण र बिचौलियाको जिम्मा दिने र पोष्ने काम गरेको छ । नेपालका ७ वटा उद्योगहरु मध्ये उदयपुर जिल्लामा सञ्चालित उदयपुर सिमेण्ट उद्योग बन्द गरिएको छ । यो गैंडा छाप सिमेण्ट भित्र पर्दछ । चलिरहेको उद्योग चलाउनुको सट्टा उद्योग बन्द गरी निजीकरण र बिचौलियालाई जिम्मा लगाई सरकारको यस्तो कामप्रति हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल उदयपुर जिल्ला समिति खेदव्यक्त गर्दछौं ।

बन्द उद्योग नेपाल सरकारको पूणृ स्वामित्वमा सञ्चालन गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गर्दछौं ,यो आग्रहलाई बेवास्ता गरेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्ष आफू स्वयम नै हुनु पर्ने छ ।