क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) का बीचमा पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निर्माण भएको हो । २०८० वैशाख १८ गते मई दिवसको दिन नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतका बीचमा पार्टी एकता भएको थियो भने २०८१ वैशाख १९ गते मई दिवसकै दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) का बीचमा पार्टी एकता भएको थियो ।
गत साल पार्टी एकता भएदेखि यता हामीले करिव एक वर्षको बीचमा निकै महत्वपूर्ण कामहरु ग¥यौं । सबैभन्दा महत्वपूर्ण काम हामीले गत मंसिरमा राष्ट्रिय एकता महाधिवेशन ऐतिहासिकरुपले भव्यताका साथ सम्पन्न ग¥यौं । महाधिवेशनको सबैभन्दा ठूलो उपलब्धि भनेको पार्टीको कार्यदिशा तय गर्न सफल हुनु हो । नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिकक समाजवादमा जाने गरी कार्यदिशा तय गरेका छौं । त्यो कार्यदिशालाई लागु गर्न जनसंघर्ष, प्रतिरोध संघर्ष र सशस्त्र जनविद्रोहको कार्यनीतिक श्रृंखला पनि हामीले तय गरेका छौं । अब क्रान्तिकारी आन्दोलनको भविष्य छैन भनेर प्रतिक्रियावादी र अवसरवादीहरुले हल्ला पिटिरहेका बेला हामीले क्रान्तिकारी शक्तिहरुलाई ध्रुवीकृत गर्ने गरी, क्रान्तिकारी आन्दोलनप्रति आशा जगाउने गरी राष्ट्रिय एकता महाधिवेशन सफल पारेका छौं ।
राष्ट्रिय एकता महाधिवेशनले तय गरेको कार्यदिशा, नीति, कार्यक्रमलाई लागु गर्न हाम्रो बलियो संगठन चाहिन्छ । हामीलाई समर्थन गर्ने जनताको शक्ति चाहिन्छ । हाम्रो पार्टी जनताबाट कटेको महशुुस हामीलाई थियो र छ । त्यसैले हामीले राष्ट्रिय एकता महाधिवेशनपछि जनतामा जाने कार्यक्रम बनायौं । चैत्र ४ गतेदेखि देशमा पूर्व र पश्चिम चार ठाउँबाट एकै चोटी जनसम्बन्ध विस्तार अभियान संचालन ग¥यौं । अभियानबाट हामीले महत्वपूर्ण उपलब्धिहरु हासिल गरेका छौं । पहिलो कुरा हामीले पार्टीलाई जनताका बीचमा स्थापित गर्न सफल भयौं । तीन वटा पार्टीका बीचमा एकता भई बनेको पार्टी भएकाले जनस्तरमा पार्टीलाई चिनाउनु पर्ने जरुरी थियो । यस अभियानले जनतामा पार्टीलाई चिनाउने काम भयो । हजारौं नारा लेखिए, सयौं कोणसभा भए । लाखौं पर्चा वितरण भए । दर्जनौं पत्रकार सम्मेलन भए । यी सबै हाम्रा गतिविधिबाट पार्टीलाई जनतामा परिचित गराउन मद्दत पुग्यो ।
दोस्रो कुरा, यो अभियानमा हाम्रा साथीहरुले पार्टीको परिचय मात्र गराउनु भएन । पार्टीको राजनीतिक कार्यदिशालाई पनि जनताका बीचमा लिएर जानुभयो । अवसरवादीहरुले कम्युनिस्ट सिद्धान्त र राजनीति छाडे पनि हामीले छाडेका छैनौं । अवसरवादीहरु र प्रतिक्रियावादीहरुले यही व्यवस्थाबाट जनताको समस्या समाधान हुन्छ भने पनि यो व्यवस्थाबाट जनताको समस्या समाधान हुँदैन भनेर कुरा राखे पछि जनताले विरोध गरेका छैनन् । हामीलाई हौसला मिलेको छ । तेस्रो कुरा, जनताको बीचमा गएर ग्राउण्ड रिअलिटी बुझ्न यस अभियानले मद्दत पुगेको छ । स्थिति बुझेपछि हामीलाई पार्टीको आगामी कार्यक्रम बनाउन सजिलो हुन्छ। पक्कै पनि यस अभियानले पार्टीको आगामी कार्यक्रम बनाउन फिडव्याक दिनेवाला छ । चौथो कुरा, हामीलाई विभिन्न पृष्ठभूमिबाट आएका साथीहरुका बीचमा अन्तरंग र घुलमिल गर्न यो अभियानले मद्दत पु¥यायो ।
नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था छ । यसले नेपाली समाजका अन्तर्विरोधहरुलाई हल गर्न सक्दैन । नेपालमा विद्यमान दलाल पुँजीवादी शोषण र बचेखुचेको सामन्ती शोषणलाई सैद्धान्तिक रुपले र व्यवहारिक रुपले यो संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट अन्त्य गर्न सम्भव छैन भन्ने कुरा पुष्टि भइसकेको छ । संसदीय व्यवस्था जनताको व्यवस्था हैन भन्ने कुरा विश्वस्तरमा र नेपालमा पनि प्रमाणित भइसकेको छ । यहाँका संसदवादी पार्टीहरुले यो व्यवस्था नै निर्विकल्प हो भनेर जवरजस्ती लाद्न खोजेका छन् । त्यसरी जवरजस्ती लाद्न खोजेर यो व्यवस्था लामो समयसम्म चल्ने वाला छैन । व्यवस्थामा समस्या आएकाले संविधान संशोधन गर्नुपर्छ भनेर संसदवादी पार्टीहरुले एजेण्डा अगाडि सारेका हुन् । संविधान संशोधनका सन्दर्भमा यही लोकतान्त्रिक संसदीय व्यवस्थामा सुधार गर्ने संसदवादी पार्टीहरुको भनाई छ । राजावादीहरुले राजतन्त्र पुनस्र्थापनाको एजेण्डा अगाडि सारेका छन् । संसदवादीहरुले व्यवस्थामा अस्थिरता भएकाले संविधान संशोधनको कुरा गरेका छन् । तर संविधान संशोधनका कुरा गर्दा क्रान्तिकारी धारको विचार ओझेलमा परेको छ । न त राजतन्त्रको पुनस्र्थापनाले देशको अहिलेको संकट समाधान हुनेवाला छ, न त वर्तमान संसदीय व्यवस्थाले संकटको समाधान हुनेवाला छ । वर्तमान संकटको समाधान केवल संघीय जनणतन्त्रको स्थापनाले मात्र हुन्छ । यो देशमा राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र बाहेक तेस्रो धार जनगणतन्त्रको धार नै छैन जस्तो गरी उनीहरुले बेवास्ता गरेका छन् । संविधान संशोधनको कुरा आउँदा हामी रमिते जस्तो बन्नु हुन्न । उनीहरुले संविधान संशोधनको एजेण्डा अगाडि सार्दा हामीले जनगणतन्त्रको एजेण्डालाई व्यापक प्रचारमा ल्याउनु पर्दछ । जनसम्बन्ध विस्तार अभियानको सन्दर्भमा हाम्रा साथीहरुले देशभरी जनगणतन्त्रको नारा प्रचार गर्नु भएको छ । अब पनि हामीले जनगणतन्त्रको नारालाई अझ व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्दछ ।
संसदीय व्यवस्थामा उनीहरुकै परम्परा र प्रचलन अनुसार पनि मुख्य दल सरकारमा रहने र प्रमुख प्रतिपक्षले सरकारको कामको मूल्यांकन गर्ने, गलत कुराको विरोध गर्ने भनेर भूमिका दिइएको हुन्छ । शासनमा चेक एण्ड व्यालेन्सको लागि पनि सरकार पक्ष र प्रतिपक्ष भनी व्यवस्था गरिएको हुन्छ । आफ्नै चलन र परम्परालाई समेत बेवास्ता गरेर प्रमुख दल र प्रतिपक्ष दल सरकारमा बसेर देश र जनता लुट्ने काममा उनीहरु लागेका छन् । उनीहरुको भ्रष्टाचार र कुशासनले यो व्यवस्था झनपछि झन बदनामित हुँदै गएको छ । यो व्यवस्था जनताको नजरमा बदनाम हुँदै गएको छ । देशलाई आज यो हरिकंगाल बनाउनमा संसदीय व्यवस्था नै जिम्मेवार छ भनेर हामीले जनतालाई बुझाउँदै जानुपर्दछ ।
विश्व परिस्थितिमा साम्राज्यवादी संकट चुलिंदै गएको छ । रुस–युक्रेन यद्ध, इजरायल हमास युद्ध र पछिल्लो समयमा भारत–पाकिस्तानको युद्धले अमेरिका–चीन व्यापार द्वन्द्वले गर्दा तेस्रो विश्वयुद्ध हुने खतरा बढेर गएको थियो । तर पछिल्लो ससमयमा फेरि वार्ता र सहमतिका प्रक्रिया पनि अगाडि बढेकाले तत्काल तेस्रो विश्वयुद्ध नहुने देखिन्छ । जे भए पनि साम्राज्यवादी संकट समाधान हुनेवाला छैन । यो संकट गहिरिंदै जाने नै हो । यस्तो बेलामा कम्युनिस्टहरुको क्रान्तिकारी धार बलियो हुनुपर्ने थियो । तर कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धार कमजोर छ । हामीले विश्वस्तरमा पनि क्रान्तिकारी धारलाई समन्वय गर्ने कोशिश गरिरहेका छौं । विश्वका १४ वटा माओवादी पार्टीहरुले गत मई दिवसमा संयुक्त वक्तव्य प्रकाशित गरेका छन् । क्रान्तिकारी शक्तिहरुलाई जुटाउने प्रयास भइरहेको छ । हामीले त्यसतर्फ पनि ध्यान दिंदै छौं ।
तत्कालै अब हाम्रो पार्टीको पोलिटव्यूरोको बैठक बस्दैछ । जन सम्बन्ध विस्तार अभियानमा गएर साथीहरुले देशभरिको स्थिति बुझेर आउनु भएको छ । समग्र देशको राजनीतिक परिस्थिति, हाम्रो संगठनको अवस्था, हाम्रा कार्यकर्ताहरुको स्थिति, ग्राउण्डको अध्ययन यी सबै कुरालाई विचार गरेर पुनः बैठकबाट नयाँ कार्यक्रम बनाउँदै छौं । हामीले फेरि पनि जनतामा नै जाने कार्यक्रम बनाउँदै छौं । तलबाट हाम्रा साथी र जनताको पनि संगठन निर्माण र संघर्षमा जाने माग आएको छ । पार्टीलार्ई व्यवस्थित गर्ने र जनवर्गीय संगठनहरुलाई क्रियाशील पार्ने तर्फ हाम्रो ध्यान जानेछ ।