हमास–इजरायल युद्ध र गाजा पट्टीमा नरसंहार

हमास–इजरायल युद्ध र गाजा पट्टीमा नरसंहार

 

 

 

ऐतिहासिक पृष्ठभूमि
प्यालेस्टिन भूमिमा हुने द्वन्द्वको ऐतिहासिक पृष्ठभूमि निकै लामो रहेको छ र त्यसको केन्द्रमा प्रसिद्ध ऐतिहासिक एवम् धार्मिक महत्वको शहर जेरुसलेम रहंदै आएको छ । त्यो द्वन्द्वको शुरुवात धर्मयुद्ध ९क्रूसेड० को रुपमा सन १०९५ देखि शुरु भएको थियो र सन १२४९ सम्म करिब १५० वर्षसम्म निरन्तर रुपमा चलेको थियो । त्यसक्रममा यूरोप ९खास गरेर पश्चिम यूरोप० का इसाइहरुद्वारा जेरुसलेममाथि बारम्बार आक्रमण गर्ने र कब्जा जमाउने कार्य भएको थियो । सो द्वन्द्वको मुख्य कारण अब्राहमिक धर्मका तीनवटा फरक हाँगाहरुका रुपमा रहेका इसाई, इस्लाम र यहूदी तीनवटै धर्मावलम्बीहरुले पवित्र स्थलको रुपमा मानेको जेरुसलम शहरमाथि कब्जा जमाउनु रहेको थियो । यी तीन धर्मावलम्बीहरु मध्ये इसाई र यहूदीका बीचमा सामिप्यता रहेको छ, किनभने उनीहरुको धर्मग्रन्थ बाईबलको पूराना तथ्यहरु ९ओल्ड टेस्टामेन्ट० नामक पुस्तक लगभग मिल्दाजुल्दा रहेका छन् । त्यसकारण धर्मयुद्धमा मूलतः इसाई र इस्लाम दुई पक्षका बीचमा नै युद्ध भएको थियो । अहिले जनसंख्याको हिसाबले जेरुसलम शहरको पूर्वी भागमा इस्लाम अथवा प्यालेस्टिनी र पश्चिमी भागमा इजरायली तथा यहूदी बाहुल्यता कायम रहेको छ र दुवै पक्षले आ–आफ्नो राजधानी बनाउने दाबी गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अघिल्लो कार्यकालमा जेरुसलेमल इजरायलको राजधानी भएको विवादास्पद घोषणा गरेका थिए र त्यसको विरुद्धमा संयुक्त राष्ट्र संघका अत्यधिक बहुसंख्यक सदस्य राष्ट्रहरुले मतदान ९९ को विरुद्ध १२८० गरेका थिए ।

इजरायली राज्य को स्थापना
जर्मनका तानाशाह एडोल्फ हिटलर ९सन १९८९–१९४५० को नेतृत्वमा रहेको तत्कालिन नाजी सत्ताले दोस्रो विश्व युद्ध शुरु हुन अगाडि सन् १९३३ देखि नै यहुदीहरुलाई असामाजिक तत्व भनेर देश निकाला गर्ने अभियानको शुरुवात गरिसकेको थिए । तर उनीहरुलाई व्यापकरुपमा देश निकाला गर्ने मात्र नभएर कत्लेआम ९होलोकस्ट० गर्ने कार्य दोस्रो विश्व युद्ध शुरु भएको केही वर्ष पछि सन १९४१–१९४५ को दौरानमा चरमोत्कर्षमा पुगेको थियो । ब्रिटेनले भने सन १९१७ देखि नै यहुदीहरुका लागि प्यालेस्टीन भूमिको सिमाना भित्रै “राष्ट्रीय घर ९नेशनल होम०” स्थापना गराउन सहजीकरण गर्ने वचनवद्धता जाहेर गर्दै प्रारम्भिक कामको शुरुवात गरेको थियो । यहूदीहरुका लागि अलग राज्यको स्थापना गर्ने प्रकृया अगाडि बढ्दै जाँदा अन्ततः सन् १९४८ मे १४ तारिखमा इजरायल ९औपचारिक नाम इजरायली राज्य० को स्थापना भएको थियो । र इजरायली राज्यको स्थापना भएको एक वर्ष पछि सन १९४९ मे ११ तारिखमा संयुक्त राष्ट्र संघको सदस्यको रुपमा मान्यता प्राप्त गरेको थियो । इजरायलको स्थापना भए पश्चात् विश्वका विभिन्न देशहरुमा प्रवासी ९डायसपोरा० भएर बसेका यहुदी धर्मावलम्विहरु इजरायल आएर बसोबास गरेका थिए । वर्तमान इजरायली प्रधानमन्त्रीका बेन्जामिन नेतान्याहुका बाबु नै पोल्याण्डबाट इजरायल आएका थिए ।
इजरायलको स्थापना गर्नमा पश्चिमी राष्ट्रहरु खासगरी संयुक्त राज्य अमेरिकाको महत्वपूर्ण हात रहेको छ । दोस्रो विश्व युद्धको समाप्ति पछि त्यस अघि प्रमुख औपनिवेशिक शक्तिका रुपमा स्थापित भएका संयुक्त अधिराज्य ९वेलायत०, फ्रान्स, स्पेन लगायतका पश्चिम यूरोपीय देशहरुको शक्ति र प्रभाव कमजोर हुन गयो । संयुक्त राज्य अमेरिका र तत्कालिन सोभियत संघ विश्व महाशक्ति राष्ट्रका रुपमा अगाडि आए किनभने जर्मनी र जापान जस्ता दोस्रो विश्व युद्धको नेतृत्वकर्ता देशहरुलाई पराजित गरेर युद्ध अन्त्य गर्नमा उनीहरुको अग्रणी भूमिका रहेको थियो । दोस्रो विश्व युद्धमा मित्र शक्तिका रुपमा रहेको भए तापनि तत्पश्चात संयुक्त राज्य अमेरिका र सोभियत संघका बीचमा विश्व प्रभूत्वका लागि नवउपनिवेश बनाउने आपसी प्रतिस्पर्धा शुरु भएको थियो । त्यसप्रकारको परिस्थितिमा संयुक्त राज्य अमेरिकाले पेट्रोलियम पदार्थको प्रचुरता रहेको क्षेत्र पश्चिम एशिया ९मध्यपूर्व० लाई आफ्नो प्रभाव क्षेत्रको रुपमा राखेर स्वार्थपूर्ति गर्न चाहन्थ्यो । सो प्रयोजनका लागि अमेरिकालाई एउटा सहायक भूमिका खेल्ने राज्य ९स्याटेलाइट स्टेट० को नितान्त आवश्यकता रहेको थियो र उक्त आवश्यकताको पूर्ति इरायल मार्फत हुन सक्दथ्यो ।

संयुक्त राज्य अमेरिकाको संलग्नता

संयुक्त राज्य अमेरिकाबाट इजरायलले व्यापक मात्रामा सैन्य एवम् कुटनीतिक सहयोग प्राप्त गर्दै आएको छ । त्यसैगरी अमेरिकाले हमास–इजरायल युद्ध विराम सम्बन्धमा संयुक्त राष्ट्र संघमा प्रस्तुत भएका प्रस्तावहरुमाथि पटक–पटक निषेधाज्ञा ९भिटो० लगाएर असफल तुल्याएको छ । अमेरिकाले इजरायललाई व्यापक रुपमा सैन्य, आर्थिक र कुटनीतिक सहयोग गर्नुका साथसाथै युद्धमा प्रतक्ष्य रुपमा हस्तक्षेप गरेको छ । त्यसक्रममा हवाई आक्रमण प्रतिरोधि उच्च स्तरीय प्रविधि टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स ९थाड० प्रणालीको सन्चालन गर्न १०० जना अमेरिकी सैनिकहरु परिचालन गरेको थियो । त्यसको अतिरिक्त इजरायललाई सूचना उपलब्ध गराउन अमेरिकी पाइलट मार्फत गाजा माथि ड्रोन उडाउने कार्य गरेको थियो । यो कार्य गाजामा प्यालेस्टिन लडाकू नेताहरु र शरिर बन्धकहरु रहेको ठेगाना पत्ता लगाउने उदेश्यले गरिएको थियो । इजरायल सरकारका प्रवक्ता डेभिड मेन्सरले इजरायल द्वारा सन २०२५ को मार्च १८ तारिखमा गाजा माथि गरिएको हमला “पूर्ण रुपमा वासिंटन संग समन्वय” गरेर भएको थियो भनेर भनेका थिए र “उनीहरुले इजरायललाई दिएको दृढ समर्थन” का लागि ट्रम्प प्रशासनलाई धन्यवाद दिएका थिए ।
उत्तर एट्लान्टिक सन्धि संगठन ९नेटो० जस्को स्थापना विशेष गरेर उत्तर एट्लान्टिक क्षेत्रका अमेरिकी तथा पश्चिम यूरोपीय देशहरुको सुरक्षा स्वार्थलाई केन्द्रमा राखेर गठन गरिएको सैन्य गठबन्धन थियो । औपचारिकरुपमा इजरायल उक्त सैन्य गठबन्धनको सदस्य नभए तापनि त्यसका अधिकांश सदस्यहरु विशेष गरेर अमेरिका संग अति महत्वपूर्ण सहयोगी मित्र राष्ट्रका रुपमा घनिष्ठ सम्बन्ध कायम गरेकोछ । प्रकारान्तरले इजरायललाई अमेरिकी साम्राज्यवादको प्रति छाया वा विस्तार हो भन्दा पनि अत्युक्ति हँुदैन । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वयं उत्तर एट्लान्टिक सन्धि संगठन ९नेटो० मा आवद्ध रहेका पश्चिम यूरोपेली देशहरुलाई उनीहरुको सुरक्षाको खातिर अमेरिकाले खर्च बहन गर्न नसक्ने चेतावनी दिइरहेको अवस्था रहेको छ । तर इजरायलको हकमा भने भरपूर आर्थिक एवम् सैन्य सहयोग प्रदान गर्नमा कुनै कसर बांकी राखेका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा निवासीहरुलाई विस्थापित गरेर छिमेकी अरब देशहरुमा स्नान्नतरण गर्नुपर्ने मात्र नभएर गाजालाई अमेरिकाले लिनुपर्ने कुरा समेत भनेका छन् । यसरी अमेरिकाले जुन हदसम्म इजरायलाई सहयोग गरेको छ, त्यसअर्थमा यस युद्धलाई अमेरिका र इजरायल द्वारा चलाइएको प्रथम संयुक्त युद्धको नामाकरण गर्नुपर्ने अवस्था आएको छ ।
इरानको भूमिका
प्यालेस्टिन र इजरायल बीचको द्वन्द्वको सन्दर्भमा इरानको भूमिकालाई पनि नजरअन्दाज गर्न सकिदैन । इरानले आफूलाई जबरदस्त पहिलो क्षेत्रीय शक्तिको रुपमा स्थापित गर्न चाहन्छ र त्यसअनुरुप रणनीति तय गर्दै आएको छ । अमेरिकाले आफ्नो पहलकदमीमा इजरायलको र साउदी अरब लगायत अन्य अरब देशहरुसँग रहेको शत्रुतापूर्ण सम्बन्धलाई अन्त्य गराएर उनीहरुका बिचमा मित्रता कायम गराउन सफलता प्राप्त गरेको छ । तर इरान र इजरायलले एकअर्कालाई शत्रु देश मान्दछन्, त्यसको मूख्य कारणमा इरानले इजरायललाई देश वा राष्ट्रको रुपमा मान्यता नदिनु रहेकोछ । इरानको इजरायलको अस्तित्वलाई अन्त्य गरेर स्वाधिन प्यालेस्टिन राज्य कायम गर्नु घोषित नीति रहेको छ ।
इरान र इजरायलका बीचमा सीमा नजोडिएकाले उनीहरु निकटतम् छिमेकी देश होइनन्, तसर्थ तिनीहरुका बीचमा प्रत्यक्ष युद्ध हुंँदैन । इरान प्रत्यक्ष युद्धमा संलग्न हुन पनि चाहँदैन किनभने त्यस्तो अवस्थामा इजरायलको सुरक्षाको पक्षमा अमेरिका सम्पूर्ण शक्ति सहित अगाडि आउँछ । त्यसैले इरानले इजरायल विरुद्ध आफ्ना सहयोगी संगठनहरु मार्फत् छद्म युद्ध ९प्रोक्सी वार० सन्चालन गर्न चाहन्छ । त्यसका लागि इरानले लेबनानको हेजबोल्लाह, यमनको हुथी, प्यालेस्टिनको हमास लगायतका लडाकू समुहहरुलाई सहयोग गरेर इजरायल विरुद्ध युद्धमा संलग्न गराउँदै आएको छ । सीरियाली तानाशाह असद सत्ताच्युत भएर रुस पलायन हुनु अगाडिको भूमिका पनि इरानको पक्षमा रहेको थियो । यसरी प्यालेस्टिन र इजरायल बीचको युद्धमा विश्व साम्राज्यवादी शक्ति अमेरिका र क्षेत्रीय शक्ति इरान बीचको अप्रत्यक्ष युद्ध भैरहेको छ भन्दा पनि फरक पर्दैन ।

प्यालेस्टिनी जनताहरुको दुःख

प्यालेस्टिनी जनताहरुको सबैभन्दा ठूलो दुःख र पीडा भनेको आफ्नै मातृभूमिमा भौगोलिक अखण्डता सहितको एक सार्वभौमसत्ता सम्पन्न, स्वाधिन प्यालेस्टिनी राष्ट्र÷राज्यको मान्यता हासिल गर्न सफल हुन नसक्नु नै रहेकोछ । इजरायल र प्यालेस्टिन मुक्ति संगठन ९पीएलओ० को बीचमा सन १९९३ को सेप्टेम्बर १३ तारिखमा नर्वेको राजधानी ओस्लोमा सम्पन्न भएको सम्झौता अनुसार सन् १९९४ को मे १३ तारिखमा इजरायली प्रशासनबाट आंशिक गैर सैनिक ९सिभिल० अधिकार प्रत्यायोजन हुनेगरी प्यालेस्टिन राष्ट्रिय प्राधिकार ९प्यालस्टिन नेशनल अथरिटी० को स्थापना भएको थियो । सन् २०१२ नोभेम्बर १९ तारिखमा संयुक्त राष्ट्र संघले प्यालेस्टिन राष्ट्रिय प्राधिकारलाई गैर–सदस्य पर्यवेक्षक राज्य ९नन–मेम्बर अब्जर्भर स्टेट० को हैसियत प्रदान गरेको थियो । संयुक्त राष्ट्र संघका बहुसंख्यक सदस्यहरुले प्यालेस्टिन राज्यलाई पूर्ण सदस्यता प्रदान गर्ने पक्षमा मतदान गरिसकेको भएता पनि अमेरिकाले विरोधमा निषेधाज्ञा ९भिटो० प्रयोग गरेकाले सम्भव हुन सकेको छैन ।
प्यालेस्टिनको अहिलेको अवस्था एक राष्ट्र दुई भौगोलिक क्षेत्र ९टेरिटोरिज० जस्तो अवस्थामा रहेको छ किनभने ती दुई भौगोलिक क्षेत्रको बीचमा २१,९३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इरायली राज्य रहेको छ । पूर्वमा जोर्डन नदीको पश्चिमा अवस्थित करिब ५,६४० वर्ग किलोमिटर क्षेत्रफल भएको र २,७४७,९४३ जनसंख्या सहितको पश्चिम किनार ९वेस्ट बैंक० रहेको छ भने पश्चिममा भूमध्य सागरको पूर्व किनारमा अवस्थित जम्मा ३६५ वर्ग किलोमिटर क्षेत्रफल भएको र २,३५१,००० जनसंख्या सहितको गीजा पट्टी ९गाजा स्ट्रिप० रहेको छ । शुरुवातमा गाजा पट्टीको नियन्त्रण पनि प्यालेस्टिन राष्ट्रिय प्राधिकार ९स्टेट अफ प्यालेस्टिन० को हातमा रहेको थियो भने सन २००६ मा सम्पन्न भएको निर्वाचन पश्चात हमासको नियनत्रणमा रहेको छ । तर ती दुवै प्यालेस्टिन भौगोलिक क्षेत्रहरु इजरायलको अधिनस्थ नै रहेका छन् ।

प्यालेस्टिन मुक्ति संगठन ९पिएलओ० र हमास बीचको अन्तर्विरोध
प्यालेस्टिन मुक्ति संगठन ९पीएलओ० को स्थापना सन १९६४ को मे महिना २८ तारिखमा भएको थियो र यस्को प्रमुख घटक फतेह हो र अन्य नौ वटा समुहहरु सामेल रहेका छन् । हमास ९इस्लामिक रेजिस्टेन्स मुभमेन्ट० को स्थापना मुस्लिम ब्रदरहुड बाट अलग भएपछि सन् १९८७ को डिसेम्बर महिना १० तारिखमा भएको थियो । यो संग २० देखि २५ हजारसम्मको संख्यामा लडाकुहरु भएको सैन्य बल समेत रहेको सूचना छ । यी दुई संगठनहरुको बीचको आधारभूत अन्तर्विरोध के रहेको छ भने पिएलओले इजरायली राज्यको अस्तित्वलाई स्वीकार गर्दछ र इजरायल सित शान्तिपूर्ण सम्बन्ध कायम गर्ने पक्षमा रहेको छ ।
त्यसैगरी दुई राज्य समाधान ९टु स्टेट सोलुशन० को प्रकृया मार्फत् स्वाधिन तथा सार्वभौमसत्ता सम्पन्न प्यलेस्टिन राज्य स्थापना गर्न चाहन्छ । यसका साथै पिएलओले इरानको शक्तिको रुपमा रहन अस्कार गर्दछ । यसका विपरीत हमासले इजरायलको अस्तित्वलाई अस्वीकार गर्दछ र इरानको सहयोगी शक्तिको रुपमा रहेर काम गर्दछ । औपचारिक अन्तर्राष्ट्रिय मान्यताको हिसाबले पनि हमास भन्दा पिएलओ स्थापित भैसकेको छ । सन् २००७ देखि यी दुई पक्षका बीचमा तिक्तता शुरु भएको थियो र उनीहरुका बीचमा विद्यमान असहिष्णुता र वैमनस्यता कारण एकको प्रभाव रहेको क्षेत्रमा अर्को रहन नसक्ने अवस्था रहेको छ । त्यसको परिणामस्वरूप इजरायल विरुद्धको संघर्षमा कार्यगत एकता र सहकार्य गर्न समेत नसक्ने अवस्थामा रहेका छन् । उनीहरुका बीचमा गम्भीर अमेलको अवस्था रहनु भनेको इजरायलको लागि फाइदाजनक विषय हो ।

हमास र इजरायल बिचको युद्ध
हमासले सन् २०२३ को अक्टोबर ७ तारिखमा अकस्मात इजरायल विरुद्ध आक्रमण गरेपछि इजरायलको तर्फबाट प्रत्याक्रमण शुरु भएको थियो । यो गाजा र इजरायल बीच भएको १५औं युद्ध श्रृंखला हो । इजरायलको कब्जामा रहेका प्यालेस्टिन बन्दिहरुलाई मुक्त गराउने उद्देश्यले इजरायल माथि दबाब दिन गरिएको उक्त आक्रमणमा ८१५ जना गैर सैनिक नागरिक समेत गरी इजरायली र विदेशी नागरिक सहित १,१९५ जना मारिएका थिए भने २५१ जनालाई शरिर बन्धक बनाइएको थियो । इजरायलले आफ्नो क्षेत्रमा आएका हमास लडाकूहरुलाई सफाया गरिसके पछि सन् २०२३ को अक्टोबर २७ तारिखमा हमासलाई सिध्याउने र इजरायली र विदेशी बन्धकहरुलाई मुक्त गराउने उदेश्य लिएर भिषण बमबारी सहित गाजामाथि आक्रमण गरेको थियो । इजरायलले प्रत्याक्रमण शुरु गरे देखि अहिलेसम्म ५०,००० हजार गाजा निवासी प्याल्टिनहरु मारिएका छन् भन्ने समाचार आएको छ । ती मध्ये आधा संख्या महिला र बालबालिकाको रहेको छ भने ११०, ००० प्यालेस्टिनहरु घाइते तथा अपांग भएका छन् । इजरायलले यस अघि हमास र लेबनानस्थित हेजबाल्लाह संगठनको शीर्ष नेतृत्मा रहेका व्यक्तिहरुको गाजा भित्र र बाहिर हत्या समेत गरिसकेको छ ।

सन् २०२५ को शुरुवातसम्म आइपुग्दा इजरायली हमलाका कारण गाजाको अधिकांश कृषीयोग्य भूमि, धार्मिक तथा सांस्कृतिक धरोहरहरु, शैक्षिक तथा स्वास्थ्य संस्थाहरु र स्मसान घाटहरु लगायत अधिकांश क्षेत्र ध्वस्त भैसकेको छ र बस्न लायक रहेको छैन । गाजाका करिब २ लाख ३० हजार प्यालेस्टिन जनताहरु बलपूर्वक विस्थापित हुन पुगेका छन् भने १ लाख इजरायलीहरु आन्तरिकरुपमा स्थापित भएका छन् । इजरायली सेना र प्यालेस्टिन लडाकू समुहहरुका तर्फबाट यातना र यौन हिंसाको अपराध भएका छन् । विज्ञ तथा मानव अधिकारवादी संगठनहरुले इजरायल र हमास दुबैले युद्ध अपराध गरेका छन् भने इजरायलले गाजामा नरसंहार ९जेनोसाइड० गरेको छ भनेका छन् । इजरायलले नरसंहार गरेको छ भन्ने विषयक मुद्दा अन्तर्राष्ट्रिय अदालतमा पुनरावलोकन हुँदैछ भने अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुवरावसोकन गरि सकेर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, इजरायली राजनीतिज्ञ तथा पूर्व सैनिक अधिकारी योव ग्लान्त र प्यालिस्टिन लडाकू समुह इज अल–दिन अल–कसामका प्रमुख मोहम्मद देइफलाई पक्राउ आदेश समेत जारी गरेको सकेको छ । मोहम्मद देइफको हत्या भैसकेकाले पक्राउ आदेश फिर्ता भएको थियो । अरब राष्ट्र कतारद्वारा गरिएको सहजीकरण र मध्यस्तता मार्फत् हमास र इजरायलको बीचमा प्रथम युद्ध विराम सन २०२३ को नोभेम्बर २४ तारिखमा र दोस्रो युद्ध विराम सन् २०२५ को जनवरी १८ तिरिखमा भएको थियो । तर ती दुबै युद्ध विरामहरुको इमान्दारिताका साथ कार्यान्वयन हुन सकेन र अहिलेसम्म युद्ध जारी रहेको छ र जनधनको क्षति भैरहेको छ । अन्य विश्व शक्ति तथा क्षेत्रीय शक्तिहरुको पक्षधरता र संलग्नताका कारणले गर्दा युद्धको असर त्यस क्षेत्रका अन्य देशहरुमा समेत परेको छ ।

गाजालाई भौतिक रुपमा ध्वस्त पार्न र त्यहाँ नरसंहार गर्नमा मुख्यरुपमा इजरायल नै जिम्मेवार रहेको छ । तर गैरसैनिक जनता र खास गरेर ठूलो संख्यामा महिला र बालबच्चाहरु युद्धको सिकार हुनुमा हमासले अपनाएको कार्यनीति पनि दोषी रहेको आरोप लाग्दै आएको छ । हमासले इजरायल विरुद्धको युद्धमा जुन कार्यनीति अपनाएको छ त्यसलाई भिक्टिम कार्ड नीति ९ख्ष्अतष्m ऋबचम एयष्अिथ० भन्ने गरेको पाइन्छ । त्यस नीति अनुसार उनीहरुले इजरायलको विरुद्धमा गर्ने आक्रमण आवासीय क्षेत्रमा केन्द्रित भएर गर्दछन् र इजरायलले पनि तेहिनेर निसाना बनाएर जवाफी कारवाही गर्ने गर्दछ । त्यसको परिणामस्वरुर ठूलो मात्रामा गैरसैनिक नागरिकहरु र महिला तथा बालबालिकाहरुले अनपेक्षित रुपमा हताहति हुन पुग्दछ । हमासले त्यसो गर्नुको उद्देश्य इजरायललाई बदनाम गरेर आफ्नो पक्षमा सहानुभूति बटुल्ने रहेको भनाई रहेको छ । त्यसैगरी अर्को अनौठो पक्षपनि देखिएको छ, त्यो के भने गाजामा इजरायली आक्रमणबाट त्यो हदसम्म विध्वंश र नरसंहार भएर लगभग खुला चिहानको रुपमा परिणत हुँदासम्म पनि कुनै पनि छिमेकी अरब राष्ट्रहरुले त्यहाँका युद्ध पीडित प्यालेस्टिन नागरिकहरुलाई शरणार्थीको रुपमा ग्रहण गर्न तयार भएको देखिदैन । त्यसो हुनुमा हमासको गाजाका युद्ध पीडित जनताहरुललाई शरणार्थीका रुपमा छिमेकी देशमा जान अनुमति नदिने नीति अवलम्बन गरेको र युद्ध पीडितहरु पनि गाजा छोडेर जान नचाहने मनोविज्ञान राखेका हुन् कि भन्ने अनुमान पनि गर्न सकिन्छ तर यसबारे यथार्थ के हो भनेर भन्न सकिने अवस्था रहेको छैन । इजरायलको तर्फबाट भैरहेको जघन्य आक्रमण र दमनका वाबजूद अदम्य साहसका साथ आफ्नो भूमिको रक्षाको लागि जुधिरहने गाजा निवासी प्यालेस्टिन जनताहरुको जुझारुपन प्रशंसनीय रहेको छ ।

अहिले चलिरहेको हमास र इजरायल बीचको साढे दुई वर्ष भन्दा लामो युद्ध र त्यसले गाजा पट्टीमा निम्त्याएको विध्वंस र नरसंहारलाई उपर्युक्त ऐतिहासिक एवम् राजनीतिक परिघटनाहरुको समग्र सन्दर्भमा हेर्नु र बुझ्नु पर्दछ । विश्वका सम्पूर्ण न्यायप्रेमी जनसमुदायले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा इजरायलद्वारा प्यालेस्टिन भूभाग गाजामाथि गरिएको आक्रमण, अत्याचार र नरसंहारको सम्भव भएसम्मको कडा भन्दा कडा शब्दमा विरोध तथा भत्र्सना गर्नु पर्दछ । गाजामा चलिरहेको युद्धको अन्त्य गरि शान्ति कायम गर्ने मात्र होइन समग्र प्यालेस्टिन जनताहरुको आफ्नो राष्ट्रिय स्वाधीनता सहित सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राज्य स्थापना गर्न पाउने नैसर्गिक अधिकारको पक्षमा दृढ समर्थन जनाउनु पर्दछ । प्यालेस्टिन जनताहरुले चलाएको संघर्ष आफ्नो न्यायिक हक अधिकार प्रप्तिका लागि भएकोले त्यो संघर्ष न्यायपूर्ण रहेको छ । तसर्थ उनीहरुको न्यायपूर्ण संघर्षको विजय अवश्यम्भावी रहेको छ । उक्त न्यायपूर्ण विजयको बाटोमा यथाशिघ्र सफलता प्राप्त होस् भनेर सम्पूर्ण प्यालेस्टिन जनताहरु प्रति शुभकामना व्यक्त गर्नु बान्छनीय हुनेछ ।