तिमी मेरो सम्बन्ध
न्यायी चेत भए तिम्रो साँच्चै झुक्न म जान्दछु
मैले गल्ती गरे आई झक्झक्याऊ म मान्दछु
निर्विवेकी भए श्रध्दा स्वाङ पार्न म जान्दिन
हिँडौला सत्यका निम्ति भन्ने विश्वास मान्दिन
मैले युगसँगै नौला भाखा कैयन फेर्दछु
बोल्यौ के, के ग¥यौ काम, त्यत्ति केवल हेर्दछु
नीदमा बर्बराएको भए सद्दे म भन्दिन
चेतना नभए तिम्रो, पिछलग्गू म बन्दिन
तिमी वसन्त भै आए हरियाली म आउँछु
सिर्जनाको कथा सिङ्गै धर्तीलाई सुनाउँछु
तिमी धुलो भए पानी बनी दर्किन सक्छु म
लासलाई जलाएर घरै फर्किन सक्छु म
प्रतिभा
त्यो ठाउँमा जाने प्रयत्न नगर
जहाँ तिमी चाहिएका छैनौ
यत्रो धर्तीमा नअटाउनु पर्दैन
तिम्रो खाँचो परेका थुप्रै कुनाहरू छन्
विलासमा सुरक्षित नठान
त्यहाँ आफै हराउने छौ
अँध्यारोमा लुक्न नजाऊ
अँध्यारैसित डराउने छौ
भय पालेर नबाँच
भयले भय जन्माउँछ
डाँडाकाँडा कुल्चँदै हिँड निर्भय
तिमी जता लागे पनि उकालै छ ।
सपनाको नेता
थिएँ म डुल्दै रसस्वप्न देश
झिलिक्क देखेँ घटनाविशेष
यौटा अनौठो जन फुत्त आयो
पुलुक्क हे¥यो अनि मुस्कुरायो
काँडा समात्यो उखलेर फाल्यो
छेकीरहेको परखाल ढाल्यो
कुद्यो अगाडितिर बेलगाम
दौड््यो उदाएतिर जूनघाम
चरित्र देखेँ गुण छन् विजेता
ऊ मात्र मेरो हुनसक्छ नेता
यै धर्तीमा त्यो हुनुपर्छ एेले
खोज्दैरहेछु उसलाई मैले
कोही भनौला ‘अब सिद्धियो त्यो
नखोज झूटो सपना थियो त्यो’
संसारमा त्यो कुन चिज छैन
जो चिज खोजेपछि भेटिँदैन
संसारबाटै बीजदान जन्म
संसारकै अन्तरमा विलोप
छ स्वप्नको अर्थ महत्वपूर्ण
संसारभन्दा पर छैन स्वप्न