काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य एवम् ९ नम्बर ब्यूरो इन्चार्ज दिनेश शर्माकी ममतामयी आमा भद्रकुमारी चौलागाईंको निधन भएको १३ औ दिनमा उहाँको निबास पाँचखालमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका कार्यबाहक महासचिव सिपि गजुरेल गौरव को प्रमुख आतिथ्यता,स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलि , पोलिट्ब्युरो सदस्यहरु चिन्तामणि पौडेल, गङ्गा पौडेल , सुरेस श्रेष्ठको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव गजुरेलले जनयुद्धकालमा महान योद्धा जन्माउने आमा हामी सबैको आमा भद्रकुमारी चौलागाईंको हातबाट आफुले जनयुद्ध ताका खाना खएको र दिनेश शर्मा जस्तो महान योद्धा जन्माएर चौलागाईं परिवारले कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएको बताउनु भयो।
कार्यक्रममा पार्टीको स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले साँस्कृतिक रुपान्तरणका लागि समाज अझै पछाडि रहेकोले त्यो तोड्न कम्युनिस्टहरुले नै समाजको अगुवा भएकोले त्यसको नेतृत्व कम्युनिस्ट नेताहरूले गर्नुपर्ने बताउनु भयो।
कार्यक्रममा पोलिट्ब्युरो सदस्य तथा भद्रकुमारी चौलागाईंका छोरा दिनेश शर्माले आमाको सम्झनामा एक लाख रुपैयाको कोष खडा गरी असहाय र दुःखीहरुको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमा पार्टीको ९ नम्बर ब्यूरो सचिव चिन्तामणि पौडेलले ९ नम्बर व्युरोको तर्फबाट समबेदना पत्र ,जिल्ला समितिको तर्फबाट जिल्ला सचिब ढोक प्रसाद अधिकारीले समबेदना पत्र पढेर परिवारलाई हस्तान्तरण गर्नु भयो । भद्र कुमारी चौलागाईंको मिति २००४ साल जेस्ठ १२ गते जन्म भै मिति २०८२ बैशाख १४ गते उपचारका क्रममा मनमोहन हस्पिटल काठमाडौ निधन भएको थियो ।उहाँका ९ छोराहरु र ७ छोरीहरु नाति नातिनातिना गरी १२६ जति सदस्य रहेको परिवारले जनाएको छ। काभ्रे जिल्ला सचिव ढोग प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदिप अस्तानीले गर्नु भएको थियो । । कार्यक्रममा केन्द्र ब्युरो र जिल्ला र परिवारको तर्फबाट उल्लेख्य मात्रमा सहभागिता रहेको थिए ।कृतिशेष भद्रकुमारी चौलागाईं प्रति १ मिनेट मौन धारण गरिएको थियो ।