असली बाजेको पेडा, बुडो बाजेको पेडा, पुरानो बाजेको पेडा यी सब पेडा बेच्ने माध्यम बने झै । पेडाको स्वाद ? पेडाको पौस्टिक गुण ? माक्र्सवादी ? ,लेनिनवादी?,माओवादी ?,पुस्पलालको पार्टी ?चौ.म.को नेता ? पुरानो असली क्रान्तिकारी नेता,पार्टी ? जनयुद्ध को पार्टी ? वाद छ विचार छैन –विचार छ व्यवहार छैन । कम्युनिस्ट क्रान्तिकारी पार्टी छ (नाममा )कम्युनिस्ट क्रान्तिकारीहरु छैनन् (व्यवहारमा ) । कथित सर्वहारावर्गको पार्टीमा सर्वहारा वर्ग मजदुर किसानको ओकालत गर्नेहरु र वास्तविक क्रान्तिकारी कम्युनिस्टहरु मर्नुपर्ने,कार्वाही हुनुपर्ने र उहीँ लुटेरा लुटिखाने वर्गको हालिमुहाली सक्ता पनि उहीँ प्रतिपक्ष पनि उहीँ बिद्रोही पनि उहि कम्युनिस्ट क्रान्तिकारी पनि उहीँ ? मालेमावादको सिद्धान्तमा अहिले जे भइरहेको छ, इतिहासको क्रममा, मुक्तिको लागि लडिरहेका क्रान्तिकारी विचारकहरू र उत्पीडित वर्गका नेताहरूको सिद्धान्तहरूमा बारम्बार आक्रमण भएको छ । महान क्रान्तिकारीहरूको जीवनकालमा, उत्पीडित वर्गहरूले उनीहरूलाई निरन्तर पिटे, उनीहरूका सिद्धान्तहरूलाई सबैभन्दा क्रूर द्वेष, सबैभन्दा उग्र घृणा र झूट र निन्दाको सबैभन्दा बेइमान अभियानका साथ स्वीकार गरे । उनीहरूको मृत्यु पछि, उनीहरूलाई हानिरहित आइकनमा रूपान्तरण गर्ने, उनीहरूलाई सन्त बनाउने, भन्नुपर्दा, र उत्पीडित वर्गहरूको “सान्त्वना“ को लागि र पछिल्लोलाई धोका दिने उद्देश्यले केही हदसम्म उनीहरूको नाम पवित्र पार्ने प्रयास गरिन्छ , जबकि एकै समयमा क्रान्तिकारी सिद्धान्तको सार लुट्ने , यसको क्रान्तिकारी धारलाई धमिलो पार्ने र यसलाई अश्लील बनाउने प्रयास गरिन्छ ।
आज, बुर्जुवा वर्ग र श्रम आन्दोलन भित्रका अवसरवादीहरू मालेमावादको यो छलछाममा सहमत छन् । तीनिहरूले यस सिद्धान्तको क्रान्तिकारी पक्ष, यसको क्रान्तिकारी मुख्य बिषयलाइ बेवास्ता गर्छन्, अस्पष्ट पार्छन् वा विकृत गर्छन् । तिनीहरू अग्रभूमिमा धकेल्छन् र पुँजीपति वर्गलाई स्वीकार्य वा लाग्ने कुराको प्रशंसा गर्छन् । माक्र्सका अनुसार, राज्य वर्ग शासनको एक निकाय हो, एक वर्गद्वारा अर्को वर्गको दमनको लागि एक निकाय; यो “व्यवस्था“ को सिर्जना हो, जसले वर्गहरू बीचको द्वन्द्वलाई मध्यस्थता गरेर यो उत्पीडनलाई वैधानिक र स्थायी बनाउँछ । तथापि, निम्न–पुँजीवादी राजनीतिज्ञहरूको विचारमा, व्यवस्था भनेको वर्गहरूको मेलमिलाप हो, एक वर्गद्वारा अर्को वर्गको दमन होइन; द्वन्द्व कम गर्नु भनेको वर्गहरूलाई मिलाउनु हो र उत्पीडित वर्गहरूलाई उत्पीडकहरूलाई परास्त गर्न संघर्षका निश्चित माध्यम र विधिहरूबाट वञ्चित गर्नु होइन।“सैद्धान्तिक रूपमा“, राज्य वर्ग शासनको एक अंग हो, । “सर्वहारा वर्गले राज्यशक्तिबाट कब्जा गर्छ र उत्पादनका साधनहरूलाई सुरुमा राज्यको सम्पत्तिमा परिणत गर्छ । तर यसरी यसले सर्वहारा वर्गको रूपमा आफूलाई समाप्त पार्छ, सबै वर्ग भेदभाव र वर्ग विरोधलाई समाप्त पार्छ, र राज्यको रूपमा राज्यलाई पनि समाप्त पार्छ। अहिलेसम्म वर्ग विरोधाभासहरूको बीचमा सञ्चालन भइरहेको समाजलाई उत्पादनको बाह्य अवस्थाहरू कायम राख्नको लागि राज्यको आवश्यकता थियो, अर्थात् विशेष शोषक वर्गको संगठन, र त्यसैले, विशेष गरी, दिइएको उत्पादन विधि (दासत्व, दासत्व वा बन्धन, ज्याला–श्रम) द्वारा निर्धारित उत्पीडनको अवस्थामा शोषित वर्गलाई जबरजस्ती राख्ने उद्देश्यका लागि। राज्य समग्रमा समाजको आधिकारिक प्रतिनिधि थियो, दृश्य निगममा यसको केन्द्रीकरण। तर यो केवल त्यतिन्जेलसम्म मात्र थियो जबसम्म यो त्यो वर्गको अवस्था थियो जसले आफैंले आफ्नो समयको लागि, समग्रमा समाजको प्रतिनिधित्व गथ्र्योः प्राचीन समयमा, दास–मालिक नागरिकहरूको अवस्था; मध्य युगमा, सामन्ती कुलीन वर्गको; हाम्रो आफ्नै समयमा, पूँजीपति वर्गको। जब अन्ततः यो सम्पूर्ण समाजको वास्तविक प्रतिनिधि बन्छ, यो आफूलाई अनावश्यक बनाउँछ। जब अब कुनै सामाजिक वर्गलाई अधीनमा राख्न सकिँदैन, तब वर्ग शासन र उत्पादनमा वर्तमान अराजकतामा आधारित अस्तित्वको लागि व्यक्तिगत संघर्ष, यस संघर्षबाट उत्पन्न हुने टक्कर र अतिक्रमणहरू हटाइन्छ, तब अधीनमा राख्नको लागि अब केहि पनि बाँकी रहँदैन – विशेष जबरजस्ती शक्ति, राज्य आवश्यक पर्ने केहि पनि छैन। राज्य वास्तवमा सम्पूर्ण समाजको प्रतिनिधिको रूपमा अगाडि आउने पहिलो कार्य – समाजको नाममा उत्पादनका साधनहरूको कब्जा – राज्यको रूपमा यसको अन्तिम स्वतन्त्र कार्य पनि हो । सामाजिक सम्बन्धहरूमा राज्यको हस्तक्षेप, एक पछि अर्को क्षेत्रमा, अनावश्यक हुन्छ, र त्यसपछि आफैं समाप्त हुन्छ। व्यक्तिहरूको सरकारलाई चीजहरूको प्रशासन र उत्पादन प्रक्रियाहरूको सञ्चालनद्वारा प्रतिस्थापन गरिन्छ । तथाकथित अराजकतावादीहरूको मागको रूपमा पनि कि राज्य रातारात समाप्त गरिनुपर्छ।राज्य सुक्छ जुन राज्यको “उन्मूलन“ को अराजकतावादी सिद्धान्तबाट फरक छ । तथापि, यस्तो “व्याख्या“ माक्र्सवादको सबैभन्दा क्रूर विकृति हो, जुन केवल पुँजीपति वर्गको लागि फाइदाजनक छ । राज्यसत्ता कब्जा गर्दा, सर्वहारा वर्गले “राज्यको रूपमा राज्यलाई समाप्त पार्छ“।
पहिचान सहितको संघीयता आजको आवश्यकता हो । सयौं बर्ष देखि राज्य सत्ताद्वारा नियोजित पिछडाइएको ,पिल्साइएका ,अधिकारबाट बन्चित गरिएका । (असमानता ,अन्याय ,उत्पीडित , विभेद,दलित ,अल्पसंख्यक ,सिमान्तकृत,आदिवासी ,जनजाति ,मधेसी ,महिला ,क्षेत्रीय उत्पीडन,मजदुर ,किसान )उत्पीडित समुदायको वृद्धि बिकासको निम्ति,वर्ग उन्नतिका निम्ति,समान वर्गियताको निम्ति पहिचान सहितको संघीयता हो। तर यो सर्वहारा वर्गको व्यवस्थामा मात्रै लागू गर्न सकिन्छ र यो सर्वहारा वर्गको नितिगत बिषय हो । यहि अर्ध सामन्ती,अर्ध उपनिवेशिक,नोकरशाही दलाल पुजीवादी संसदिय व्यवस्थामा बदनाम गर्ने हेतुले र यहीँ व्यवस्था टिकाउका निम्ति कथित संघीयता लादिएको थियो।अर्थात यो व्यवस्थामा पहिचान सहितको संघीयता लाई बदनाम र भ्रष्टिकरण गर्न योजनाबद्ध सफल भयो।यो व्यवस्थामा कथित संघीयताको प्रत्येक्ष फाइदा यहि व्यवस्थाको मालिकले लिगेका छन । (उत्पीडित ,पिछडिएको ,जातिय,क्षेत्रीय )अधिकारको नाममा जस्तै ः– दलितको कोटामा (धनी ,पिडक दलितको) हाली मुहाली ,आदिवासी जनजातिको कोटामा (धनि,पिडक आदिवासी जनजातिको)हालीमुहाली ,महिलाको कोटामा (धनी,पिडक महिलाको) हालीमुहाली,मधेसीको कोटामा (धनी,पिडक मधेसीको)हालिमुहालि,प्रत्येक कोटामा अमुख अभिजात वर्गको हालीमुहाली भयो र भइरहेको छ वास्तविक पीडित ,उत्पीडितले न न्याय पाय न अधिकार पाय न समानता ।केबल बदनाम र भ्रष्टिकरण भयो ।अमुख ,कुलीन ,अभिजात,वर्ग र नोकरशाही सामन्तवादका अवशेष र दारवाद,संसोधनवादी,मिलेराँवाद,सार सङ्ग्रहवादी,दक्षिणपन्थी अवसरवाद,निम्नपुजिवाद,साम्राज्यवाद का टट्टुहरु। ,यहि व्यवस्थाका मसिह्याहरु बदनाम र भ्रष्टिकरण गर्न तलिन छन।कथित संघीय लोकतान्त्रिक गणतन्त्र त आयो तर बिडम्बना सर्वहारा वर्गको एजेन्डालाई (समाजवाद ,संघीयता ,सहकारी )बिकृत,भ्रष्टिकरण ,बदनाम गर्ने हेतु द्वारा सर्वहारा वर्ग मजदुर ,किसानको व्यवस्था आउन नपाइ घाँटी निमोठ्ने काम भयो ।
त्यसैले सर्वहारा वर्गको जनवादी व्यवस्था र जातिय पहिचान सहितको संघीयता आजको आवस्यकता हो । एउटा यस्तो कुलीन वर्ग छ जसले वर्गीय विभेद,उत्पीडन ,जातिय अधिकार र जातीय समस्या लाई थाती राख्न खोज्छ ।आफ्नो लुट ब्रम्हलुटको खेती गरिरहेको छ । बिकृत ,बदनाम,भ्रष्टिकरण गरिरहेको छ।जातीय प्रश्न वर्गीय प्रश्न हो ।हजारौं वर्ष देखि प्रताडित ,उत्पीडित जनसमुदाय लाई अधिकार बिहिन बनाउने सोचिरहेका छन।जातीय प्रश्न मूलतः वर्ग प्रश्न हो। हाम्रो एकता जातीय होइन; यो साथीहरू र साथीहरूको एकता हो। हा मीले हाम्रो एकतालाई बलियो बनाउनुपर्छ र पूर्ण र पूर्ण राष्ट्रिय स्वतन्त्रता र मुक्ति प्राप्त गर्न साम्राज्यवाद, उपनिवेशवाद र दौडने कुकुरहरू विरुद्ध साझा संघर्ष गर्नुपर्छ।“साम्राज्यवादको मुख्यालय त्रास र गुन्डागर्दीको नाइके अमेरिका स्वघोषित मानवता,बिकसित,शिक्षित ।जाहा अहिले पनि कुलीन अभिजात सेताहरु द्वारा कालाहरुमा बरबर दमन उत्पीडन छ।काला र मजदुरहरु – मान्छे बन्न सकिरहेका छैनन् ।
नेपालमा पनि साम्राज्यवादका कुकुरहरु सामन्तका अवस्यसहरु मुन्टो निमुठ्न लागि परेका छन।सक्ता र बन्दुकको आडमा नियोजित पिछडिएका ,उत्पीडनमा पारिएका आदिवासी जनजाति ,दलित ,महिला,मधेसी,अल्पसंख्यक,सिमान्तकृत,मुस्लिम ,सुकुम्बासी ,मजदुर ,किसान लाई अधिकार सम्पन्न हुन नदिने अभियानमा छन।सक्ता र बन्दुकको आडमा पहिचान सहितको संघीयतालाई देश टुक्राउने भाष्य सिर्जना गरिएको छ।र अधिकार बाट बञ्चित गरिएको छ।जातबिहिन ,वर्ग बिहिन समाजको निर्माणको प्रश्न ?जातीय प्रश्न वर्गीय प्रश्न हो भन्ने कुरालाइ तिलान्जली दिइएको छ।जातीय पहिचान सहितको संघीयतालाई जातीय प्रश्न मात्रै बनाउन खोजिएको छ । राणा शासन ,शाही शासन जस्तो अभिजात वर्ग निर्माण गर्न खोजिएको आरोप छ । के राणा शासन ,शही शासनमा नेपालका सम्पुर्ण ठकुरी ,राणाहरु,शाहिहरु मालिक शासक भय ? भोकभोकै गरिब भएर कोहि मरेनन ? त्यो शासन प्रणाली वर्गीय थियन ? के त्यो जात ठकुरी ,शाही ,राणा सबै सम्पन्न थिए ? सबै ब्राह्मण छेत्री धनी थिय ? गरिब नै भएपनी राणा ,ठकुरी ,शाही, ब्राह्मण ,छेत्री सानो भएन । के राणा,शाही,ठकुरीको सक्ताको नाममा प्रत्येक जातजाति भित्रका मालिक एकहात अभिजात,कुलीन वर्गले पितृसत्तात्मक व्यवस्था चलाएको होइन ? के त्यो जाहानिया राणा शासन थियन ?के त्यो समन्ती तानाशाही निरंकुश शाही राजतन्त्र थियन ?के त्यसको कुनै वर्ग थियन ? अहिलेको प्रतिक्रियावादी यथास्थितिवादी व्यवस्थाको कुनै वर्ग छैन ? यिनिहरुको उत्पादन सम्बन्ध छैनन् ? जात भित्र रहेको उत्पिडन जुगौ जुगको होइन ? उत्पीडित जाती समुदायले न्याय पाउनु पर्दैन ?त्यसैले जातिय प्रस्न वर्गीय प्रस्न हो । कम्युनिस्टको नाममा कथित कम्युनिस्ट साम्राज्यवादको दलाल सडक संघर्ष भन्दै भ्रम सिर्जना गरिरहेको छ।धमिलो पानीमा माछा मार्ने र दक्षिणपन्थी अवसरवाद र साम्राज्यवादलाई खुशी पारिरहेको छ ।