मे दिवस

मे दिवस

कविता

सारा वर्ष घुमेर मे दिवसको आयो नयाँ पर्व यो
पोखौं पोख्न सकिन्न कति मनको खै वेदना मर्म यो
मै स्पार्टाकस बन्छु यो मुलुकमा भन्छौं तिमीले कति
बाकी नै छ हिसाब हेर्न पनि त्यो खाता र पाता जति ।

भोकै पेट छ कामदार कसरी बाचेर खाने तर
ठेकेदार बुझी विटो नगदको बोकेर जान्छन् घर
गर्दा काम समाजमा गरिबले खोज्दैछ सास्ती अझै
हाम्रो यो पसिना पिएर घरमा भन्छन् दशै ती सधै ।

बाँधा बस्न छ बाध्यता मुलुकमा हामी कमैया बनी
हाम्रै यो पसिना लुटेर त तिमी गर्छौ रबैया पनि
गोठाला हरुवा हली र चरुवा भोकै रहने भए
ठेकेदार सुटुक्क भाग्छ घरमा कुल्ली बिचल्ली भए ।

छानो छाउन जानु पर्छ घरको के मोह माया हुनु
कोरोना उपहार आउछ भनी टाढै बसी के रुनु
छानो छाउन जानु पर्छ परको के मोह माया हुनी
कोरोना उपहार आउछ भनी टाढै बसे है भनी ।