१ नं. अभियान टोलीलाई ललितपुरको कुपन्डोलमा पार्टी कावा महासचिवव्दारा स्वागत
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियान टोलीमध्ये पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीस नेतृत्वको १ नं. अभियान टोलीले आज ललितपुरका चार स्थानमा कोणसभा सम्पन्न गरेको छ । ललितपुरको लेलेमा गरिएको कोणसभालाई पार्टीको पीवीएम चन्द्रहरि सुवेदी अटलले गर्नुभएको थियो भने सञ्चालन ललितपुरको सेक्रेटरी जगदिश्वर महर्जनले गर्नुभएको थियो ।
त्यसैगरी छम्पीमा गरिएको कोणसभालाई महिला नेतृ शारदा महत र भैसेपाटीको कोणसभालाई मजदुर नेता इश्वर तिमिल्सिनाले गर्नुभएको थियो भने सञ्चालन धर्म थापाले गर्नुभएको थियो ।
त्यसैगरी मंगलबजारको कोणसभालाई भने नेता रामसिंह श्रीसले सम्बोधन गर्नुभएको थियो । यहाँको कोणसभालाई निरन तुलाधरले सञ्चालन गर्नुभएको थियो ।
उल्लेखित चारवटै स्थानमा कोणसभा सम्पन्न गरी कुपण्डोल पार्टी कार्यालय पुगेको अभियान टोलीलाई पार्टीको ९ नं ब्यूरोले भव्य स्वागत गरेको थियो । स्वागत तथा धन्यवाद कार्यक्रमको प्रमुख आतिथ्यता पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले गर्नुभएको थियो भने सञ्चालन पार्टीका ९ नं ब्यूरोका सचिव चिन्तामणि पौडेलले गर्नुभएको थियो । कार्यक्रममा १ नं. अभियान टोलीको तर्फबाट नेता रामसिंह श्रीसले संक्षिप्तमा अनुभूतिसहितको रिपोर्टिङ राख्नुभएको थियो । अभियानले पार्टीको विचार तथा राजनीतिक एजेण्डालाई जनताको घर घरमा पु¥याउन र प्रचारात्मक हिसाबले उपलब्धिपूर्ण भएको बताउनु भयो ।
कार्यवाहक महासचिव गौरवले पनि अभियानले पार्टी र पार्टीका एजेण्डा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै सीमित स्रोत साधनका बिचबाट विभिन्न अभाव र प्रतिकूलताका बिच देशभर सञ्चालित अभियानले वैचारिक र राजनीतिक हिसाबले महत्वपूर्ण सन्देश प्रवाह गरेको बताउनु भयो । उहाँले अभियानले ‘जनगणतन्त्र’ विकल्पलाई पनि सार्वजनिक बहसको विषय बनाएको पनि बताउनु भयो । उहाँले १८ गतेको जनप्रदर्शनसहितको कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्ने गरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।









































