३ नं. अभियान टोलीलाई काठमान्डौमा स्वागत
नुवाकोट जिल्लाको विदुर नगरपालिका –५ को देवीघाट बजारमा अन्तरक्रियात्मक छलफल भयो । छलफलको सहजिकरण ८ नम्बर व्यूरो सचिव कमरेड सरोज शर्माले गर्नु भएको थियो । कार्यक्रममा अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले बिषयबस्तु राख्नु भएको थियो ।



नुवाकोट जिल्लाको सदरमुकाम विदुरमा ३ नम्बर अभियान टोली क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भयो । कार्यक्रममा अभियान टोली प्रमुख कृष्णराज पौडलले विषयवस्तु राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण नुवाकोट जिल्ला सचिव अर्जुनलाल श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम होटेल सान्दारमा भएको थियो ।
बिदुर नगरपालिका –१ को ढुङ्गे बजारमा कोणसभा सम्पन्न भयो । अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले कोणसभालाई सम्बोधन गर्नु भएको थियो । कोणसभाको सञ्चालन अभियान टोली सदस्य तथा पिबिएम कमरेड अम्बिका मुडभरीले गर्नु भएको थियो । बजार क्षेत्रमा ब्यापक पर्चा वितरण गरिएको थियो ।

बिदुर नगरपालिका – ७ को तुप्चेमा पर्चा वितरण गर्नुका साथै भेटघाट कार्यक्रम भयो । अभियान टोलीले त्रिशुली र फलाखु (बेत्रगंगा) को दोभानमा रहेको उत्तर गया र भोट तिब्बत र नेपालको बिचमा सन्धी भएको स्थान कालो ढुङ्गाको अध्ययन अवलोकन गरेको थियो ।



बिदुर नगरपालिका–२ को बट्टार बजारमा कोणसभा सम्पन्न भयो । कोणसभालाई अभियान टोली सदस्य तथा बैकल्पिक केन्द्रीय सदस्य दिपक बिष्टले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन अभियान टोली सदस्य अम्बिका मुडभरीले गर्नु भएको थियो । बजार क्षेत्रमा ब्यापक पर्चा वितरण भएको थियो । अभियान टोलीले विभिन्न स्थानहरूमा वाल पेन्टिङ पनि गरेको थियो ।
आजै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको अभियानको केन्द्रीय टिम नुवाकोट हुदै काठमाडौं प्रवेश गरेकोमा टिमलाई काठमान्डौ जिल्लाले झोरमा स्वागत गरयो ।


































