अभियानको त्रीचालिसौं दिन अर्थात् बैशाख १५ गते २ नं. टोली काभ्रे जिल्ला बनेपाको कार्यक्रममा

अभियानको त्रीचालिसौं दिन अर्थात् बैशाख १५ गते २ नं. टोली काभ्रे जिल्ला बनेपाको कार्यक्रममा

शोभा सेन्चुरी

बैशाख १५ बनेपा । अभियानको त्रीचालिसौं दिन अर्थात् बैशाख १५ गते काभ्रे जिल्ला बनेपा नगरपालिका, बनेपा पार्टी कार्यालयदेखिी चारदोबाटो चोकमा कोणसभा गरिएको छ । सभाको संचालन मजदुर नेता पार्टीको वैकल्पिक केन्द्रिय सदस्य रंगवीर दोङले गर्नुभएको हो । अभियानबारे जिल्ला सचिव तथा पार्टीको वैकल्पिक केन्द्रिय सदस्य ढोग प्रसाद अधिकारीले गर्नुभएको हो ।

जनसम्बन्ध बिस्तार अभियानबारे र पार्टीको निति तथा कार्यक्रमबारे पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले प्रष्ट पार्नुभएको हो ।
सास्कृतिक प्रस्तुति रक्तिमका अध्यक्ष तथा पार्टीको केन्द्रिय सदस्य नारायण शर्माले प्रस्तुत गर्नुभएको हो ।


दोस्रो कार्यक्रम बनेपा बसपार्कमा कोणसभा गरिएको छ । सभाको संचालन जिल्ला कमिटी सदस्य श्याम बिश्वकर्माले गर्नुभएको हो । सभाको सम्बोधन किसान नेता एवम् पार्टीको केन्द्रिय सदस्य क्षेत्रबहादुर थापाले गर्नुभएको हो ।


वर्तमान राजनीतिक संकट र निकासको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला सचीव ढोगप्रसाद अधिकारीले अध्यक्षता गर्नुभएको हो । प्रमुख अतिथी पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले पार्टीको नीति तथा आगामी कार्यक्रम र पार्टीको अवधारणा राख्नुभएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, समाजवादी पार्टी लगाएत पार्टीको प्रतिनिधित्व रहेको थियोे ।